कविता : माघ आठ पन गैग्यो

~लक्ष्मण अधिकारी~laxman-adhikari

गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो
आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो
जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो
संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो

चमर पन हल्लायाका घोगा पसायाका
माघ आठ मा संबिधान आउन्या सबै आशायाका
संबिधान सभा तीरै नजर बसायाका
नेताले ता रैछन उसाईं जनता फसायाका

संबिधान सभाको खाली तोड़ फोड़ मात्र धेकक्यो
कुर्सी भाच्यो टेबल भाच्यो माइकै पन फेक्क्यो
न सभाको बैठक बस्यो न संबिधान लेक्ख्यो
यो कसो न हुनु भयो क्याले बाटो छेक्क्यो

गोठालो छाल लाइ उब्ब्यो गोरु तर्न लाग्या
संबिधान सभानि पुगि झगड़ा अर्न लाग्या
नेता नेता आफु आफु केइकि डर्न लाग्या
छ सय एक काम न अरी लणी मर्न लाग्या

बेद पड़न्या वामन का चेला सोलोक मात्र घोक्ता
सहमति अददाईछु भनी छ साल भैग्या खोक्ता
एक अक्खा पाटिकि धेकी रिस ले दात टोक्ता
त्यों फुच्चो हो मैं निको हु भन्दाई छाती ठोक्ता

बुणा बल्ल बेचिदियाउ बण्या बल्ल बायाउ
संबिधान लेखन्ना भनी भोट हालेर लायाउ
दुइ चोटी नेताका हात ठुलो धोका खायाउ
नेता जात को बिस्वास छैन अब भन्या रायाउ

कुवा रसी बाटन्या बेला उल्टो पण्यो पयो
माघ आठ आयो आउनाकि लाइ आयो उसै गयो
संबिधान लखन्या काम उसै थाती रयो
केइ था छकि भत्ता दिदाई कति खर्च भयो

एकै हैगो हररयो रैछ उई हागो भाग्याको
आरबौ अरब रुप्प्या लगानी लाग्याको
क्यान दीदा एति अरी संबिधान माग्याको
की ता अब फिर्ता अर त्यों खर्च लाग्याको

रूखा खेत खनी कुटी कोदया मार्स्या लाउला
संबिधान न लेखी गाउंमा कसो अरी आउला
जनता अब क्या अरन्ना उई पछाणि राउला
कप्पाल नी कटाम कटाम जब डंडा खाउला

हुनातान छाई उमाळी आउदैनप तर
तम्राइ हात डाणु पन्नीउ ज्या अददा छौ अर
लाज मान सरम मान थोक्काइ बीचार अर
सब्बईको एक चिहान होइझाउ छ सय एक मर

लक्ष्मण अधिकारी
बाझांग.हाल अबुधाबी यू ए ई

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.