~क्षेत्र प्रताप अधिकारी~
बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ
यो मन त्यसै परेलीमा अल्झे जस्तो छ
रोदीघरको कुनातिर भुलेछ कि कुन्नि
चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि
बहकिने मनको व्याथा साह्रो हुँदो रैछ
उमेरसँगै नहिंड्दिंदा गहारो हुँदो रैछ
बिछोड हुने मोहनीले तर्काइदिए हुन्थ्यो
यो मन मेरो गामबेंसीमा फर्काइदिए हुन्थ्यो
मन छोपेर ल्याइदिनेको गुन मान्ने थिएँ
माया दिने थिएँ धेरै माया दिने थिएँ
शब्द – क्षेत्रप्रताप अधिकारी
स्वर – किरण प्रधान
संगीत – दिव्य खालिङ्
(स्रोत : क्षेत्रप्रताप अधिकारीको कविता सङ्ग्रह ‘नफुलेका फूलहरु’ बाट सभार )