~वामदेव पण्डित~
गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु
राजाले पद छोडेर, कसरी कन भन्दछु
गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई
खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।।
उमेर नपुगेसम्म प्रतिनिधि बनाउने
हिमानी एक आमा र जनता तीन ल्याउने
ती तीन जनतालाई सात दल मिलेर नै
तोक्नेछ मख्ख भई, बस्ला थुक मात्र निलेर नै ।।२।।
सुजाता दि काङ्गे्रस भट्टराई कृष्णमा तक
हर्षको मूल फुट्नेछ अरूमा हुन्न घातक
चर्चा यो देशमा धेरै, फैलिएको छँदै थियो
ती माओवादी डाँकोले बिचरा हंस ब्युँझियो ।।३।।
स्वप्नमा देखिने बात विपनामा हुने पूरा
आंशिक रूपमा छुन्छ, पक्कापक्की कुनै कुरा
पूर्वराष्ट्रपति श्रेष्ठ श्रीअब्राहम लिङ्कन
गोली लागेर खुस्केथ्यो, उनीको प्राण धड्कन ।।४।।
त्यो अन्धकार ठाउँको, अमेरिकी कुनै जन
उसैले स्वप्न यो देख्यो, थाल्यो ब्युँझेर गर्जन
जम्मा गरेर गाउँले भन्न थाल्यो रुँदै कठै
नपत्याई सबै भन्थे यो भयो अब लठ्ठकै ।।५।।
तीन दिन पछि आयो घटनाको कुरा तब
स्वप्न देख्ने भयो हिरो, पायो इज्जत वास्तव
हुन्छ कि सपना त्यस्तै, पस्केको सपना लहै
नारायणहिटी हेर्दै, पाठक राख ख्याल है ।।६।।
स्वप्न पूरा भए मेरो, डा. सुन्दरले सदा
बूढाको स्वास्थ्य फोस्सामा जाँच्ने थिए कि सर्वदा ।।७।।
पौराणिक विद्वान् वामदेव पण्डित (वि.सं.१९८४-२०४७)
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)