बाल कथा : कल्पनाको भविष्य

~खिमानन्द पोखरेल~khimananda-pokharel_1

कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो विद्यालयमा राखिदिएका थिए ।

कल्पना सानै भए पनि बुद्धिमान थिई । उ सानै भए पनि अन्य बालबालिकाको स्वभावसाग उसको स्वभाव मिल्दैनथ्यो । “हुने बिरुवाको चिल्लोपात भनेझैा” उ मिहिनेती र परिश्रमी छात्राको रूपमा देखिादै जान थाली । उसको मिहिनेतबाट गुरुहरूले पनि कल्पनालाई धेरै माया गर्न थाले । यसरी एकदिन ऊ आˆनो विद्यालयमध्येकी प्रथम उत्कृष्ट छात्रा बन्न पुगी । उसको यो तीक्ष्ण प्रतिभाले कक्षा १० सम्म नै साथ दियो । यसैगरी उ मिहिनेत गर्दै जाादा एस.एल.सी. बोर्डमा समेत प्रथम हुन पुगी र आफूले पढ्ने विद्यालयको समेत उसले इज्जत राखिदिएकी थिई । यसरी राष्ट्रले सम्मान गर्नुपर्ने इज्जत उसको बनेको थियो ।

उ आˆनो लक्ष्यलाई निरन्तरता दिएर अगाडि बढ्नसक्ने जेहेन्दार छात्रा थिई । फलस्वरूप उसका लक्ष्यहरू पनि उसको अथक मिहिनेतबाट नै पूरा भएका थिए । बालबालिकाहरूको पढाइसम्बन्धी वातावरण सहज बनाइदिन सक्नुमा अभिभावकको ठूलो हात रहेको हुन्छ यदि यसो नभएको खण्डमा उनीहरूले हौसला पाउन सक्तैनन् । आˆना गुरुहरूबाट पनि कल्पनाले त्यत्तिकै सहयोग पाएकी थिई । गुरुहरूको सहयोगले उ कृत्यकृत्य बनेकी थिई ।

एकदिन विद्यालयले कल्पनालाई बिदाइ समारोहको आयोजना गरेको थियो । सो आयोजना सभामा कल्पनाले आˆना मनका कुरा व्यक्त गरेकी थिई । विद्यालयको तर्फबाट पनि उसलाई सम्मान साथ विदाई गर्ने मामलामा कुनै पनि कसर बााकी राखिएको थिएन ।

तसर्थ जो लगनशील र मिहिनती छ उ अवश्य पनि कल्पना जस्तै छात्रा बन्नसक्छ । हरेक छात्रछात्रा पनि कल्पना जस्तै परिश्रमी बनेर देखाई दिनुपर्छ । यसैमा नै समस्त विद्यार्थीको भविष्य अडिएको हुन्छ ।

(स्रोत : मुना मासिक)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.