~स्लिम जिवन~
दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय सँगै उमेर पनि त ढल्किएको छ उनको। अस्ति भर्खरै मात्र उनले आफ्नै निजी आश्रममा आफ्नो त्रीसठ्ठी अौ जन्मदिन ह्याप्पी बर्थ डे टु मी भनेर दुई चार पटक थप्पडी बजाएर एक्लै मनाए। अब त उनको साहारा बचेको छ त एउटा लौँरो अनि विश्वका विभिन्न शहरहरुमा बनेका ब्राण्डेड रक्शीहरु। लौँरो पनि उसलाई एकजाना उनको मिल्ने जापनीज साथी हाकुराले स्वयम् जापान बाट आफ्नै हातले बनाएर ल्याईदीएको हो। उनी दारु जिउन लाई पिउछन। उनी पिउनलाई जिउछन। अन्य सामन्य मानीसहरुको जम्मा सात वटा बार हुन्छन। आईतबार… सोमबार… मंगलबार बगेरा! बगेरा! तर, मार्टीन रामका आठ वटा बार छन। त्यो आठौँ बार हो दारुको बार। उनले आँठौँ बार आफ्नै आश्रमको कुनामा चिटीक्क मिलाएर बनाएका छन। जहाँ उनका शुभेच्छेकहरुले ल्याईदीएका विश्वका ब्राण्डेड दारुहरु सजीएर बसेका छन। उनको दारु मोह देखेरै त उनलाई शहर बजारमा मानीसहरुले दारुवाज सहित्यकार भनेर चिन्दछन। उनी आफ्नो आश्रममा सृजना गरेका रचनाहरु बोकेर कहिले काही जंगलको एकान्त कुनामा भएको सानो आश्रमबाट शहर तिर उदाउँछन। झुल्कीन्छन।
अं साँच्ची उनको परिचय दिन त मैँले झण्डै विर्षेको। उनको पूरा नाम: मार्टीन राम उपाध्याय। माार्टीन चाहिँ उनले हलीउड डाईरेक्टर मार्टीन स्कोरसेसी को नाम बाट एडप्ट गर्या रे! किनकी उनी मार्टीन स्कोरसेसीका ठुला प्रशंसक हुन। त्यसैले उनले मार्टीन स्कोरसेसी को नाम बाट टपक्क मार्टीन टिपेर आफ्नो नामको अगाडि झुण्डयाएका हुन। उनलाई शहर बजार तिर त पागल, मेण्टल, हरी लठ्ठक, नटस, मोरन, फ्रिकी आधी आधी उपमा दिएर उनको कुरा काटनेहरुको जमात थुप्रै छ। तर, मार्टीन रामले उनीहरुलाई बाल दिन छोडेको वर्षौ भईसक्यो। उनको एउटै धारणा छ। माई लाईफ, माई रुल्स।
०००
बाहिर झ्याँउकीरीहरु कराई रहेका छन। टाढा टाढा बाट स्यालहरु कराएको आवाज मार्टीन रामका कानले श्रवण गरीरहेका छन। आश्रममा पुरानो भोडकाको बोतल भित्र एक अँजुली समुन्द्रको पानी झैँ देखिने मट्टीतेल छ। मट्टीतेलमा चुर्लुम्मै डुबेको सलेदोको टुप्पो आर्यघाटमा जलीरहेको लास झैँ धिमा धिमा भएर जलीरहेको छ। बलीरहेको छ। उक्त कुप्पीको प्रकाश मार्टीनरामको अनुवारमा परीरहेको छ। उनी केही हतास देखिरहेका छन। तर, आज उनको अनुवार सधैँ झै दारुको नशाा लठ्ठ भए जस्तो देखीएको छैन। यो त बडो अचम्मको कुरा भएको छ आज। मार्टीन रामले हातमा बाँधेको रोलेक्स घडी तिर नजर लगाउँछन। घडीमा रातको एघार सत्ताईस भएको हुन्छ। उनको यो रोलेक्स घडी पनि महिना दिन अगाडि मात्र उनको लंगौटीया साथी देव प्रसादले अमेरीका बाट पठाईदिएको हो। खासमा त उनी घडी नाडीमा बाँध्न नचाहाने मान्छे। उनलाई नाडीमा घडी बाँध्दा समय सँगै बाँधीएको महसुस हुन्छ। सेकेण्ड, मिनेट र घण्टाका सुँईहरुको तालमा आफू पनि घुमे जस्तो महसुस हुन्छ। तर, थाहा छैन आज किन उनले घडी बाँधे? किन उनले घडीमा भएका सुँईहरु तिर नजर लगाए? किन आज उनले दारु पिएनन? अक्सर एघार बजे सम्ममा त दुई चार वटा दारुका बोतलहरु भित्र रहेका नशीला तरल पदार्थहरु उनको शरीरको तन्तु, कोष र रक्त केषीकामा गएर अन्तर घुलीत भईसकेका हुन्थे। तर किन मार्टीन रामले आज दारु पिएनन?
०००
मार्टीन राम जुरुक्क उठेर भित्तामा झुन्डिएको ऐनामा आफ्नो आकृती हेर्दै मन मनै सोच्न थाल्छन, “यो दारुको लतमा मैँले गाईको दूध नपीएको पनि बत्तीश वर्ष भै सकेछ। गाईको दुधको स्वाद कस्तो हुन्छ? भन्ने पनि मैँले त भुली सकेछु। आज त म जसरी भए पनि एक ग्लाश गाईको दूध पिउँछु, पिउँछु। तर, यत्तीका राती गाईको दूध कहाँ पाईएला त?”
मार्टीन रामले यसरी आँफैलाई प्रश्न गर्दै गर्दा ऐनामा ठिंग उभिएको उसको आकृती बोल्छ, “मान्छेले मंगल ग्रहमा पानी भेटीसके, तैँले पृथ्वी लोकमा गाईको दूध नभेटलास र? जा मार्टीन राम जा खोज। भेटछस।”
मार्टीन राम झसंग हुन्छन। ऐनाको छेउको काँटीमा झुण्डीएको कालो गोलो ह्याट झिकेर लगाउछन। दराज बाट ओभरकोट निकालेर टकटकाए जस्तो गर्छन।र, वृदध शरीरमा ओभरकोट नामक खोस्टो हाल्छन। ओभरकोटको खल्ती बाट एकजोर गज्जब बाक्ला पंजा झिकेर लगाउछन। तुना नभएको जुत्ता लगाएर, ढोकाको पछील्ल तिर भएको जापनीज कलात्मक लौँरो समाएर आश्रम बाट बाहिर निक्लिन्छन। रातको एघार चालीश भएको हुन्छ। मार्टीन रामले पुलुक्क घडी तिर नजर लगाउछन। बाहिर जुनेली रातमा हुस्सुहरु एक आपसमा लुकामारी खेली रहेका हुन्छन। मार्टीन रामले ओभरकोटको खल्ती बाट चुरोटको बट्टा झिकेर चुरोट सल्काउँछन। र, फोक्सोकै सामुन्ने भएको ओभरकोटको गोजीमा चुरोटको बट्टा हालेर, चुरोट तान्दै आफ्ना पाईलाहरु एक ग्लाश गाईको दुधको खोजीमा अघि बढाउछन।
०००
केही छीनको यात्रा पछी घनघोर जंगल छिचोल्दै शहर नामकरण गरिएको अव्यवस्थित घना बस्तीमा मार्टीन राम आईपुग्छन। एउटा रक्शीको भट्टीमा गएर उनको नजर टक्क अडीन्छ। भट्टीकै छेउमा सटेको दूध डेरीको सर्टर भने बन्द हुन्छ। मार्टीन रामको मन खिन्न हुन्छ। उनी भट्टीमा गएर सुकुटी फ्राई गर्दै गरेकी साहुनीलाई सोध्छन, “साहुनी एक ग्लाश गाईको दूध पिउन पाए हुन्थ्यो।”
मार्टीन रामको कुरो सुनेर भट्टीमा लोकल ठर्रा पिएर ढर्रा देखाईरहेका पियक्कड भट्टी प्रेमीहरु गललल हाँस्छन। साहुनी बोल्छीन, “गाईको दूध त छैन। बरु युवती चाहीन्छन भने भन्नू। अठार देखि छत्तीस उमेर समुहका। मोटी- पातली, काली-गोरी, अग्ली-डल्ली तपाईका लागि भर्जीन सम्म पनि म मिलाईदीन्छु।”
यत्तीकैमा एक पियक्कड भट्टी प्रेमी मातेको आवाजमा बोल्छ, “साहुनी पनि घाटमा जाने उमेर भा मान्छेलाई खाटमा जाने अफर सुनाएर नी हुन्छ। लौरो टेक्ने उमेरमा यौन शक्ति वर्धक अउषधीले पनि भो मेरो आश नगरे हुन्छ भन्दीन्छ।”
पुन: सबै पियक्कडहरु हाँस्न थाल्छन। मार्टीन राम फोहोर पोखरीमा ढुङ्गा हान्दा फोहोरका छिटाहरु आँफैलाई पर्न सक्छ भनी ठानेर लौँरो सँगै आफ्ना पाईलाको सार मिलाउदै त्यहाँ बाट बिदा हुन्छन। मार्टीन राम केही पर पुगेपछी साहुनी बोल्छीन, “भट्टीमा त्यो पनि मध्यरातमा आएर गाईको दूध सोध्नु त उहि पुस्तक पसलमा गएर एक बोरा सिमेन्टी किन्न खोज्नु जस्तै हो। दिमाग फुस्केको बुढो।”
०००
घण्टाघर बाट लगातार बाह्र चोटि घण्टी बजेको आवाज सुनसान शहरको चारै तिर छरपस्ट भएर गुन्जिन्छ। यत्तीकैमा मार्टीनराम हेभेन बार अगाडि पुग्छन। कोहि मधीरा पिउन बार तिर छिरीरहेका हुन्छन। कोहि मधीराको नशामा शरीर अन्यन्त्रीत भएर बाहिर निक्लिरहेका हुन्छन। कोहि बारको बाहिर पट्टि डाईजेस्टीभ सिस्टमले पचाउन नसकेर बमीट गरि रहेका हुन्छन। एक जाना बाईस- तेईस वर्षको युवको बार बाट अत्तालीदै दौडीएर बाहिर आउँछ। उसको नाख बाट रगत बगी रहेको हुन्छ। उ दौडीदै अँध्यारो गल्लीतिर तुफान भाग्छ। पाँच जना उसकै उमेर समुहका जस्ता देखिने युवाहरु हातमा बियरको बोतल लिएर उक्त युवकलाई पछ्याउदै गल्ली तिर छिर्छन। मार्टीनराम उक्त अँध्यारो गल्ली तिर एकटक्कले हेरी रहन्छन। उनले बार भित्र पस्नका लागि आफ्नो कदम अगाडि बढाउदै गर्दा अँध्यारो गल्ली बाट दुई राउण्ड बन्दुक पडकेको आवाज आउँछ। मार्टीन राम चुपचाप बार भित्र छिर्छन। बार प्रेमी पैसा वाल मानीसहरु कोहि आफ्ना श्रीमती सँग बसेर पिई रहेका हुन्छन। त कोहि अर्का कि श्रीमती सँग, कोहि गर्लफ्रेण्ड सँग बसेर पिईरहेका हुनछन, त कोहि फ्रेण्डहरु सँग। तर, सब नशामा टिल भएका हुन्छन। मार्टीन राम बार टेण्डर भएको ठाउँमा जान्छन। बार टेण्डर मार्टीन राम तिर हेरेर मुसकुराउँदै, “सर टेल मी ह्वीच टाईप्स अफ लिकर यु उड लाईक टु ह्याभ?”
मार्टीन राम मन्द मुस्कान सहित, “क्यान आई ह्याभ अ वान ग्लाश अफ काउ मिल्क प्लिज!”
यति सुन्ना साथ बार टेण्डर जंगीदै, “के हो कुन पागल खाना बाट छुटेर आको हो? बारमा गाईको दुध खोज्ने”
मार्टीनरामले जवाफ दिन्छन,”मंगल ग्रहमा मानव बस्ती बसाल्न सकीन्छ कि सकीन्न भनेर खोज्दा हुने। मैँले बार गाईको दूध खोज्दा पागल हुने? ननसेन्स।”
बारटेण्डर उच्चो आवाजमा, “बाउन्सर बाउन्सर यो पागललाई बाहिर निकाल। किक हिम आउट।”
यसपछी दुई जाना अजंग ज्यान भएका बाउन्सर आएर मार्टीनरामलाई लतारेर बार को बाहिर पुर्याएर हुत्याईदीन्छन। बिजुलीको पोलमा गएर उनको शरीर ठोकीन पुग्छ। मार्टीन राम कति पनि विचलीत नभई सुँईसुँई आफ्ना पाईलाहरु एक ग्लाश गाईको दूध पिउने ढृड संकल्पका साथ अगाडि बढाउछन।
०००
शहरका सबै दूध डेरीहरुका सर्टर बन्द भैँ सकेका हुन्छन। यत्तीकैमा उनको नजर निलो र गुलाबी कलरमा बलीरहेको डार्क नाईट पब लेखीएको ईलेक्ट्रीक बोर्डमा पर्छ। उक्त निलो र गुलाबी कलरको प्रकाश मार्टीन रामको गोरो अनुवारमा परीरहेको हुन्छ। मार्टीन रामले आफ्ना पाईला पबको प्रवेशद्वार तिर बढाउदै गर्दा केही छिन पहीला बारमा उसलाई गरीएको जलील सम्झीन्छन। पाईला रोकेर केही छीन ठिंग उभिन्छन। भित्र बजीरहेको ज्याज म्युजीकको ध्वनी बाहिर सम्मै मधुरो आवाजमा गुन्जिरहेको हुन्छ। मार्टीन राम फटाफट पब भित्र छिर्छन।र, कर्नरको एक खाली टेबलमा गएर आशन ग्रहण गर्छन। अनि एकफेर चारै तिर आफ्नो नजर डुलाउछन। मन्त्रमुग्ध ज्याज म्युजीक गुन्जीरहेको हुन्छ। ज्याज म्युजीकले पुरै पब भरीन लाग्या हुन्छ। निलो मधुरो बत्ती चारै तिर बलेकाले होला मानीसहरुको अनुवार पनि निलाम्मे भएको हुन्छ। ज्याज म्युजीकमा रम्दै दारु पिउनेहरु कोहि उच्च घरानाका, केही नाम चलेका सेलीब्रेटी, व्यापारी देखि लिएर युवा युवती सम्म हुन्छन। चारैतिर नजर डुलाईरहदा मार्टीन रामको नजर काठमा कुँदेर बनाईएको ठूलो गौतम बुद्धको कफी कलरले रंग्याईएको आकृतीमा पर्छ। हँसिलो अनुवारमा गौतम बुद्ध पलेटी कसेर बसेका छन। मर्टीन रामले मनमनै सोच्न थाल्छन, “यो पब, बार, डिस्को उदि किन गौतम बुद्धको तस्विर, आकृती, मुर्तीहरु राख्छन? यो त गौतम बुद्धको सरासर अपमान भएन र? बौद्ध धर्मावलम्बीहरुले देखे भने उनीहरुको मनमा के बित्दो हो? प्रशासन यो विषयमा किन मौन छ?”
यसरी मनमनै कुरा खेलाईरहदा वेटर आएर बोल्छ, “हेलो! सर।”
मार्टीन राम झसंग हुदैँ, “हाई!”
वेटर नम्र स्वरमा, “सर हजुरको लागि के ल्याउन सक्छु?”
मार्टीन रामले भन्छन, “एक ग्लाश गाईको दुध।”
वेटर हाँस्दै, “सर हजुर गलत ठाउँमा आउनु भो। यहाँ मिल्क आईटम्स पाउदैन। लिकर आईटम्स केही प्रिफर गर्नु भए म ल्याउने थे।”
मार्टीन राम कडा स्वरमा, “जाउँ तिम्रो म्यानेजरलाई म काहाँ पठाउ।”
वेटर यसपछी सुँईसुँई जान्छ। पाँच मिनेट पछी मार्टीन रामको टेबल अगाडि म्यानेजर आईपुग्छन।र, मसकुराउदै, “हजुरलाई चाहिएको के रे?”
मार्टीन राम ठाडो जवाफ दिन्छन, “एक ग्लाश गाईको दूध।”
म्यानेजर बोल्छ, “हेर्दा पढे लेखेको वेल एजुकेटेड मान्छे जस्तो देखीनु हुन्छ। पबमा दारु पाउँछ दूध पाउदैन भनेर त जानकार हुनुपर्ने? कि तपाईं पागल हो?”
म्यानेजरको कुरा सुनेर मार्टिनरामको रिसको पारो सगरमाथा उक्लीन्छ। उनी आक्रोशीत हुँदै, “पागल म होईन पागल त तिमीहरु हौँ। मैँले पबमा आएर गाईको दूध माग्दा म पागल हुँ भने अहिंशाका प्रतीक गौतम बुद्धको आकृतीलाई पबमा डेकोरेट गरेर राख्ने तिमीहरु महा पागल हौँ।”
यति सुन्ना साथ म्यानेजर रिसाएर अगाडि स्टेजमा जान्छ। बज्दै गरेको ज्याज म्युजीक बन्द हुन्छ। म्यानेजरले माईक समातेर बोल्न थाल्छ, “अटेन्सन! अटेन्सन! अटेन्सन! सरी फर डिस्टर्बन्स। तपाईहरु उ त्यहाँ कर्नरमा बसीरहेको कालो ह्याट, सेतो दाह्री वाला ओल्ड म्यानलाई देखिरहनु भएको छ?”
सबैजानाको नजर मार्टीनराम तिर तेर्षीन्छ।
“हो वहाँ महाशयलाई गाईको दुध चाहियो रे!”
यो सुनेर सबैजाना गललल हाँस्छन। म्यानेजर हाँस्दै,” कसै सँग छ भने वहाँलाई दिनु होला। प्लिज! बुढा बुढीहरुको सेवा गर्नु हाम्रो धर्म हो।”
सबै मान्छे हाँस्दै खाशखुश गर्न थाल्छन। मार्टीन रामलाई असह्य हुन्छ। उनी रिसले चुर हुँदै अगाडि भएको टिस्यु बक्ह बाट केही पत्र टिस्यु पेपर गुजुल्ट्याउदै मुखमा हालेर चपाउदै पब बाट बाहिर निक्लिन्छन।र, मुख बाट फुत्त टिस्युको डल्लो फ्यालेर त्यहाँ बाट फटाफट हिडछन।
०००
केही समयको अन्तराल पछी मार्टीनराम शहरको पुच्छारमा पुग्छन। जहाँ बाट शहर अन्त्य भई जंगल सुरु हुन्छ। मार्टीनराम टक्क अडीएर शहर तिर हेर्छन। शहर झिलमिल बत्तीले गर्दा दिपावलीमा सजिएको घर जस्तो देखीरहेको हुन्छ। मार्टीनरामले शहर तिर हेरेर रिस पोख्न थाल्छन, “यो शहर हेर्दा जति झिलीमीली भए पनि यहाँका मानीसहरुको मन भने अँध्यारो छ।”
जंगल तिर हेर्दै, “शहर भन्दा जंगल शान्त छ। यहाँ बसोवास गर्ने जंगली जानवारहरु शान्त छन। यी शहरमा बसोबास गर्ने रैथाने मानव नामकरण गरीएका मांशपेसीय पिण्डहरु प्रती मलाई घृणा लाग्छ। मैँले बाघले बलात्कार गरेको आज सम्म सुनेको छैन। मैँले बाघले बाघलाई मारेको आज सम्म देखेको छैन। तर, मान्छेले बलात्कार गर्छ। मान्छेले मान्छेलाई मार्छ। मान्छेले गैँडा मार्छ, सर्प मार्छ, हात्ती मार्छ, किरा-फटयांग्रा मार्छ। मान्छेले बाघ मार्छ। बाघ विचाराले त भोकाए पछी मात्र आफ्नो आहारामा झम्टीन्छ। त्यहाँ बाघको स्वार्थ नै भोक हुन्छ। तर, मान्छे त पैसाको भोक र अनेक स्वार्थको लालचमा सबैलाई मार्न तयार हुन्छ। जंगलमा विन्दास जीवन बिताईरहेको बाघलाई जालमा थापेर ल्याएर चिडीयाखानामा राख्ने, शर्कसमा नचाउने को त भन्दा मान्छे। अनि त्यहि मान्छे भन्छ, बाघ हिंस्रक हुन्छ। हे! घना बस्तीका मूर्ख मानव हो, बाघ भन्दा त साला मान्छे हिंस्रक हुन्छ।”
यसरी रिस ओकेले पश्चात् मार्टीनरामले आफ्ना पाईलाहरु जंगल तर्फ बढाउछन। जंगल पुरै सुनसान हुन्छ। उनी हिडदै गर्दा सुकेका पातहरु सर्याक सर्याक गरेको आवाज, झ्याउकिरीहरु कराएको आवाज त घरीघरी चरा चुरुङ्गी चिरबीर चिरबीर गरेको आवाज वरपर गुन्जिरहेको हुन्छ। चन्द्रमाले उज्यालो छर्दै गर्दा बाक्लो हुस्सुले चन्द्रमालाई छेकीदिन्छ। उनी डगनमगाई आफ्ना पाईलारु चाली रहेका हुन्छन। हिडदै गर्दा एउटा बडेमानको पिपलको बोटमुनी उभिएर ओभरकोटको खल्ती बाट चुरोटको बट्टा झिक्छन। बट्टा बाट एउटा क्यान्सर पाईप झिकेर लाईटरले सल्काउछन।र, धुँवा तान्दै फोक्शो सम्म पुर्याएर पुन बाहिर फ्याल्छन। पिपलको बोटमा एउटा ठूलो खोपिल्टो हुन्छ जहाँ एउटा उल्लु बसेको हुन्छ। उक्त उल्लुले आँखा फुकाली फुकाली मार्टीनरामलाई यसरी हेरी रहेको हुन्छ कि मानौँ उक्त उल्लुको अगाडि कोहि नयाँ उल्लु आएर उभिएको छ।
०००
हिडदा हिडदै मार्टीनराम बिच जंगलमा पुग्छन। चारैतिर चकमन्न सुनसान छ। मार्टीनरामलाई आश्रम जाने बाटो बिराएको भान हुन्छ। उनले मन मनै सोच्न थाल्छन, “म कैँयौ पटक दारुको नशामा लठ्ठ भएर हिडदा पनि नहराएको मान्छे आज किन जंगल भित्रै रुमल्ली रहेको छु? के भईरेको छ आज मलाई?”
यसरी निराश भएर आँफैलाई प्रश्न गर्दै गर्दा बिच जंगलमा गाई वस्तु कराएको आवाज आउँछ। गाई वस्तु कराएको आवाज सुन्ना साथ निराश उनको अनुवारमा एकाएक उज्यालो छाउँछ। मार्टीनराम प्रफुल्लीत हुन्छन। उनको नाखले गोबरको गन्ध पाईरहेको हुन्छ। उनी एक्लै बोल्न थाल्छन, “मेरो एक ग्लाश दूध पिउने पाउने संभावनाको ढोका यतै कतै छ। मैँले उक्त संभावनाको ढोका अगाडि उभिएर दस्तख दिनै पर्छ।”
यसो भन्दै उनी हिडन थाल्छन। केहि मिनेट हिडे पश्चात् उनले अगाडि पट्टि एउटा काउ फार्फ देख्छन। फार्म भित्र ठाउँ ठाउँमा पहेँलो बल्भहरु बलीरहेका हुन्छन। बल्भहरुले प्रकाश छरी रहेको हुन्छन। काउ फार्मको वरपर काठले बारीएको हु्न्छ। भित्र छिर्ने प्रवेशद्वार पनि काठकै हुन्छ। प्रवेशद्वार खुल्लै हुन्छ। मार्टीन राम एक ग्लाश गाईको दूध पिउन पाईने भईयो भनेर एकदम खुशी हुन्छन। उनमा खुशी यसरी सञ्चार भईरहेको हुन्छ जस्तो की एक पर्वतारोहिले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो आँखाको नजिकै सगरमाथाको चुचुरो देख्दा हुन्छ। मार्टीन राम लमक लमक लौँरो र पाईलाहरु लम्काउदै प्रवेशदवारको अगाडि पुगेर अडीन्छन। प्रवेशद्वारको माथी पट्टि एउटा बोर्ड हुन्छ। बोर्डको छेउमा एउटा बत्ती बलीरहेको हुन्छ। मार्टीन रामले बोर्डमा लेखेको कुरा मधुरो आवाज निकाल्दै पढछन, “हरीयाली काउ फार्म”
यति पढीसकेर मार्टीन राम काउ फार्म भित्र प्रवेश गर्दछन। काउ फार्म भित्र मान्छे बस्नको लागि बनाईएको सानो, चीटीक्कको कटेरो हुन्छ। उक्त कटेरोको अघिल्ल तिर एक ३२-३३ उमेरको जस्तो देखिने एक युवक लकडी जलाएर आगो ताप्दै घ्वार्र घ्वार्र पारेर हुक्कापान गरीरहेको हुन्छ। युवक आफ्नै धुनमा कुर्षीमा बसेर दन्किरहेको आगो तिर एकटक्कले हेरीरहेको हुन्छ। युवकको सामनेमा एउटा खाली कुर्सी छ। जुन कुर्षी वर्षौ देखि त्यसरी नै खाली खाली भएर कुनै नव-आगन्तुकको प्रतिक्षामा ठिंक उभिएको छ। ठ्याक्कै चौरास्तामा खडा शान्त र सालीन शालीक जस्तै! मार्टीन राम उक्त युवक भए ठाउँमा पुग्छन। अचानक युवकले आफ्नो अघिल्ल तिर अज्ञात वृद्ध मानिस चुपचाप उभिरहेको देखेर झसंग हुन्छ। मार्टीनराम बोल्छन, “हुन त यो मध्यरात प्रेतआत्मा भौतारीने समय हो। तर, आत्तीनु पर्दैन म कुनै घाट बाट कुनै चिहान बाट उठेर आएको मसान होईन। म पनि मानव नै हुँ। तिमी जस्तै! बरु मिल्छ भने लौँन एक ग्लाश गाईको दूध पिम्न।”
युवक बोल्छ, “माफ गर्नु होला महोदय! दूध त साँझै दुहेर शहर तिर पठाईसकीयो। बाँकी भएको दुधमा मैँले साँझै जोडन चूहाईदीसके। यति खेर दुध जम्दै जम्दै गएर दहि हुँदै होला। अब बाँकी दहि, महि र घ्यु त छ। तर, यस्तो चिसो सिरेटो चल्या बेला दहि महि के खाई भो र! बेला न को बेला घ्यु खाने कुरा पनि अमिल्दो भैँ जान्छ। पहिला कुर्षीमा विराजमान हुनुस त्यसपछी उपाय सोचौँला।”
यति सुन्ना साथ प्रफुल्लीत मार्टीनरामको अनुवारमा कालो बादल मडारीन थाल्छ। मार्टीन राम दुखी हुदै उक्त खाली कुर्षीमा विराजमान हुन्छन। धेरै समय पश्चात् नव आगन्तुक विराजमान भएको चाल पाएर होला कुर्सी भने प्रफुल्लित दृखिएको छ। तर, नवआगन्तुक भने दुखी देखिएका छन। युवक बोल्छ, “लिनुस यो हुक्कापान गर्दै गर्नुस म एकैछीन भित्र गएर आईहाल्छु।”
हुक्काको पाईप मार्टीनरामको हातमा थमाएर युवक कटेरो भित्र जान्छ। केही छिन पछी मार्टीनरामको अघिल्लतिर आएर उभिन्छ। मार्टीनरामले हुक्काको धुँवा फ्याल्दै गर्दा युवकलाई ठम्याउछन। युवकले हातमा दुई वटा पारदर्शी ग्लाश र एक फुल जोन्नी वाँकरको ब्लाक लेभल ह्विस्की बोक्या हुन्छ। युवक मुसकुराउदै ग्लाश र ब्लाक लेभल भुँईमा राख्छ। मार्टीन चुपचाप युवकको क्रियाकलाप नियाली रहेका हुन्छन। यत्तीकैमा युवकले दुई वटा ग्लाशमा पेग बनाउछ।र, एउटा ग्लाश उठाएर, “म कसैको प्रतीक्षामा थिए। उ आउलान र सँगै बसेर यो ब्लाक लेभल पिउँला भनी किनेर राखेको पनि थुप्रै वर्ष भईसकेछ। अब उ आउलान भन्ने आशा मरीसकेको छ। त्यसैले यो ब्लाक लेभल तपाईं सँगै बसेर पिउन चाहान्छु। स्विकार गर्नु होस महोदय!”
मार्टीनराम अवाक हुन्छन। युवकको आँखामा झल्कीएको करुणा, टिलपिल टिलपिल भएर रसाएका आँखा देखेर युवकको ब्लाक लेभल पिउने प्रस्तावलाई नाई म पिउन्न भनेर ईन्कार गर्ने हिम्मत उनमा सृजना हुदैन। उनले ग्लाश समाउछन। युवकको अनुवारमा खुशीयाली छाउँछ। दुबैले ग्लाश ठोक्काउछन। सुनसान रातमा दुई ग्लाश एक आपशमा ठोक्किदा बढा अनौँठो ध्वनी प्रवाह हुन्छ। दुबैले चियर्श! नामक शब्द उच्चारण गरेर पिउन थाल्छन। यसरी ह्विस्कीको चार पेग लिईसके पछी मार्टीनरामले एउटा सानो कविता भन्छन, “
“नखाउ भनी भागे टाढा टाढा, कस्तो नाता (ग्लाश मा भएको ह्विस्की तिर हेर्दै…) तेरो मेरो जति हुन खोज्छु टाढा त्यति नै माया हुन्छ गाढा गाढा।”
युवकले ताली बजाउदै, “वाह! वाह! क्या शब्दको तालमेल छ। तपाईं त साहित्यकार हुनपर्ने?”
मार्टीनराम ह्विस्की चिरीप्प पारेर मुसकुराउँदै, “ए! म, म साहित्यकारै त हुँ। मेरा साहित्यिक कृतीहरु नबिकेर कैँयौ पुस्तक पसलहरुमा धुलाम्मे भएर झुन्डीएका हुँदा हुन। मेरो केही रचनाहरु बाटोमा मिल्काईदिनाले हिलाम्मे भएका हुदा हुन। त कसैले नालीमा फ्यालीदिनाले मेरो साहित्यिक रचनाका शब्दहरु ढल सँग सँगै मिसीएर बग्दै जाँदा शब्द र ढलहरुले एक आपसमा मितेरी साईनो गासेका हुदा हुन। त मेरो रचनाका पान्नाहरुमा युवा युवतीहरुले रमाउदै, जिब्रो पडकाउदै चटपटे, झालमुरी खाएर फोहोर फ्याल्ने कुँडामा हालीदिदा हुन।”
यत्तीकैमा जोडले गाई कराएको आवाज आउँछ। युवक अचम्मित हुँदै, “त्यस्तो किन?”
मार्टीन रामले ग्लाशमा बाँकीरहेको ह्विस्की सट्ट पार्दै, “किनकी म बजारमा नबिकेको पागल साहित्यकार न परे! ल छोडौँ यो कुरा ह्विस्की हाल ह्विस्की!”
युवकको अनुवारमा बल्दै गरेको लकडीको प्रकाश परीरहेको हुन्छ। युवकले मार्टीनरामको ग्लाशमा पेग बनाएर टक्रयाउछ। यो पाँचौ पेग हुन्छ। दुबै जाना ह्विस्कीको नशामा लठ्ठी सकेका हुन्छन। यत्तीकैमा मातेको आवाजमा मार्टीनराम बोल्छन, “त्यो चन्द्रमामा एलियनहरु बस्छन रे! यदि एलियन हुन्छन भने तिनीहरुले दारु पनि पिउँदा हुन। यदि दारु पिउछन भने कुन ब्राण्डको पिउँदा हुन? यदि साँच्चै एलियन हुन्छन भने म एकदीन एलियनहरु सँगै बसेर दारु पिउनेछु।”
मार्टीन रामको कुरा सुनेर युवक जोड जोडले हाँस्दै, “महोदय! तपाईले जुन चिजलाई हेरेर चन्द्रमा ठानीरहनु भएको छ नी त्यो चन्द्रमा होईन।”
मार्टीनराम चकित हुँदै, “त्यो चन्द्रमा नभए के प्लुटो हो?”
युवक हाँस्दै, “होईन त्यो त पर खाँबोमा झुन्ड्याएको बिजुलीको बल्भ हो।”
मार्टीनरामले आँखा मिचेर ध्यान दिएर हेर्दै, “अनि त्यहाँ त दाग छ त।”
युवक बोल्छ, “ए! त्यो दाग सायद दिउँसो चराले बिस्टायाईदीनाले लागेको हुनुपर्छ।”
मार्टीनराम हाँस्दै, “मलाई ह्विस्कीले हानेछ। हुन त सबै दाग लागेको चिजहरु चन्द्रमा कहाँ हुन्छन र!”
०००
मार्टीनराम ह्विस्कीको नशा लठ्ठ भएर अतीतका दिनहरु सम्झन थाल्छन।
“म जुन टोलको घरमा डेरा गरेर बस्थे त्यसको ठिक अगाडि पट्टि काठै काठले बनेको एकदमै सुन्दर कलात्मक घर थियो। उक्त सुन्दर कलात्मक घरमा एक युवती बस्दथी। युवती पनि उ बस्ने घर जस्तै सुन्दर र कलात्मक थिई। त्यस दिन शहराँ धेरै दिन पछी पारीला घाम लागेका थिए। युवतीले नाङलामा लप्सीका अचारहरुको बईम हालेर ल्याई।र, बार्दलीमा सुकाउन थाली। म एकटक्क उसलाई मेरो झ्याल बाट चिहाएर हेरी रहेको थिए। अचानक उसका ठुला गाँजालु आँखा सँग मेरो नशालु आँखा जुध्न पुगे। मैँले हतार हतार डराएर झ्यालको पर्दा लगाएको हिजो जस्तै लाग्छ। म बस्ने कोठाको झ्यालको सामुन्नेमा उ बस्ने घरको बार्दली थियो। अनि ठिक तल पट्टि थियो एउटा साँघुरो गल्ली। हरेक दिन बिहानी पख सुन्दर कलात्मक घरबाट उसले बजाएको हार्मोनियमको गुलियो ध्वनी बार्दली बाट पुतली झैँ उडदै उडदै मेरो कान बाट प्रवेश गरि केही हिस्सा ध्वनी मस्तिष्क तिर लाग्थे त केही ध्वनीका हिस्साहरु मुटुमा गएर समाहित हुन्थे। हरेक दिन बिहानी पख उसले बजाएकोो मन्त्रमुग्ध हार्मोनियमको ध्वनी सँगै म गहिरो निन्द बाट जाग्ने गर्थे। उ बार्दलीमा आउने म झ्याल बाट चिहाउने क्रम लगातार छ महिना सम्म चलीरह्यो। यश दौरान हजारौँ पटक हाम्रो आँखाहरु जुधीसकेका थिए। मैँले झ्याल बाट चिहाउदा चिहाउदै उसको मन चिहाउन पुगेको पत्तै पाईनछु। उसले बार्दलीमा उभिएर उसका गुलाबी ओठ भित्र मिलेर बसेका सेता दाँतहरु देखाउदै हाँसीदीदा म त डुब्न पुगेछु उसको मायाको गहिरो तलाउमा।”
यत्तीकैमा युवक बोल्छ, “आहा! कस्तो मीठो प्रेम कहानी। उक्त युवतीको नाम के थियो होला महोदय? “
मार्टीनरामले एक घुटकी ह्विस्की चिरीप्प पार्दै, “नाममा के राख्या छ र! उसको नामलाई सपोज एक्स मान।”
युवकले जिद्दी गर्दै, “प्लिज के महोदय! भन्नुसन उक्त युवतीको नाम के थियो?”
मार्टीनरामले भाका हाल्दै, “कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन।”
युवक आश्चर्य चकित मुद्रामा, “कति मिठो स्वर तपाईको। सुनीरौँ लाग्ने। यहाँ देखि उता के भयो भन्न मिल्छ होला महोदय?”
मार्टीनराम मन्द मुस्कान सहित, “अवश्य मिल्छ। एकदिन उसले बार्दली बाट टेक अफ गराएको प्रेम पत्रको कागज उढेर मेरो विस्तारामा आएर ल्यान्डीङ्ग भो। उसका प्रेम भावले ओतप्रोत भएका शब्दहरु त मिठा थिए थिए। उनका अक्षर पनि उत्कृष्ट थिए। यश पछी मेरो झ्याल बाट प्रेम पत्रको प्रतीउत्तर टेक अफ भएर उसको बार्दलीमा रवाना भयो। यसरी हाम्रा प्रेमले भरीएका शब्दहरु कागजको शाहारामा बार्दली बाट झ्याल, झ्याल बाट बार्दलीमा उडान भर्ने क्रम महिनौँ सम्म चलीरह्यो। मैँले उसलाई एउटा काव्यिक गोष्ठीमा भेट गर्ने सन्देश पठाए। हाम्रो पहिलो भेट त्यहि काव्यीक गोष्ठीमा भयो। उसले मलाई गिज्याउदै भनेकी थिई, तपाईको अक्षर हेर्दा त डाक्टर हुनु पर्ने मान्छे कसरी साहित्यकार हुनु भो? हुन पनि मेरा अक्षरहरु चाउचाउ जस्तै थिए, छन। मैँले लेखेका कैँयौँ काव्यीक रचना र आख्यानका पाण्डुलीपी म स्वयमले पनि के लेखे के लेखे मेलो पाउनै मुश्किल हुन्छ। हाम्रो भेट बाक्लिएर गो! उसले मलाई उसको मन सुम्पी, शरीर सुम्पी। मैँले उसलाई प्रस्ताव गरे, कतीन्जेल हामी यसरी लुकीचोरी चुपचाप माया लगाउने? अब हाम्रो प्रेमको सम्बन्धलाई विवाहको बन्धनमा बाँध्नु पर्छ। तर…”
युवक कौतहुल हुँदै, “तर के महोदय?”
“तर, हाम्रो विवाह बन्धनको बिचमा ठूलो पर्खाल बनेर खडा भयो हाम्रो जात। म ब्राह्मण, उसलाई यो समाजले हाम्रो भन्दा सानो जातको दर्जा दिएको थियो। मैँले हाम्रो सम्बन्धको बारेमा गाँउ गएर बा आमालाई सुनाए। बा ले भन्नू भाथ्यो, गर्छस बिहे गर तर, बा आमा यो घर सम्झेर फर्केर नआएस। यता उ जुन घरमा बस्थी त्यो उसको मामाघर थियो। दुबै जानाले हाम्रो सम्बन्धको बारेमा उसको मामालाई बतायौँ। सुरुमा त मामाले ईन्कार गरे। पछी बाट कन्भिन्स गराउन सफल भयौँ। यसरी मैँले उ सँग सात फेरा लिएर हाम्रो विवाह सम्पन्न भएको थियो। मैँले उसलाई पाउन बा आमा घर त्याग्नु परेको थियो। हाम्रो दाम्पत्य जीवन उल्लासमय रुपमैँ चलीरहेको थियो। विवाह गरेको एक वर्ष पछी सन्तानको रुपमा छोरो जन्मिएको थियो। उसले मलाई हरेक दिन हार्मोनियम बजाउन सिकाएर पोख्त बनाएकी थिई। मैँले लेखेका कवीता आख्यान उ बडो! मन्त्रमुग्ध भएर सुन्ने गर्थी। उ मेरी एक सच्चा पाठक भएकी थिई। छोरो एकवर्षको भै सकेको थियो। देशमा चैते खडेरी लागेको थियो। रातको खाना खाने समय भएको थियो। उ खाना पस्कदै थिई। छोरो खटीयामा मस्त गहिरो निन्द्रामा सुतीरहेको थियो। अचानक बेढङ्गले हावा हुरी चल्न थाल्यो। घरको छानो उडाएर लैँजाला झैँ गर्दै थियो। झ्यालहरु घरी बन्द हुँदै थिए त घरी खुल्दै थिए। लाग्थ्यो हावाको झोक्काको तालमा झ्यालहरु ताण्डव नृत्य गरीरहेका छन। मैँले हतार हतार झ्याल बन्द गरीदिए। यसपछी हामी दुबै खाना खान बस्यौँ। उसले बनाएको खाना बडो! स्वादिलो हुनेगर्थ्यो। त्यसैमाथी उसले बनाउने लप्शीको अचार सम्झीदा अहिले पनि मुख रसाउछ। यसरी खाना खादै गर्दा अचानक छाना माथी केही गह्रुङ्गो वस्तु खस्दछ। उक्त वस्तुको खसाईको आवाजले मस्त निदाईरहेको छोरो तर्सेर रुन थाल्छ। उसले उठेर छोरोलाई फकाउन थाल्छे। तर, त्यो सानो बच्चो रुई नै रहन्छ। उसले बच्चालाई स्तनपान गराउछे। बच्चा शान्त भएर पुन निदाउँछ। यसपछी हामी दुबैले खाना खाईसक्छौ। खाना खाएर म ती दीनहरुमा एक पान्ना जति मारीयो पुजोको गडफादर उपन्याश पढने गर्थे। गडफादर पढदै गर्दा उसले एक ग्लाश गाईको दूध टक्रयाउछे। म गाईको दूध घटघट पार्छु।र, ग्लाश उसलाई दिन्छु। उपन्याशको किताब टेबलमा राख्दछु। यत्तीकैमा बलीरहेको लालटीन उसले निभाउँछे। जसरी त्यो बल्दै गरेको लालटीन निभेको थियो त्यसरी नै त्यो रात पश्चात् म पनि लालटीन जसरी नैँ निभ्न पुगेको थिए। मध्यरातमा मेरा आँखा उर्घन्छन। मेरा हातहरु सल्बलाउदै उसलाई छुन खोज्छन। तर, मैँले उसको शरीर छुन सकीरहेको हुदीन। म अचानक जुरुक्क उठेर माचीश सल्काएर लालटीन बाल्दछु। तर, उ न खाटमा हुन्छे न सानो छोरो। म अत्तालीएर बाहिर फेर खोज्न थाल्दछु। बाहिर हावा हुरी रोकीएको हुदैन। म पुन कोठामा आउँछु। मेरो नजर गडफादर उपन्याशले थिचीएको कागजमा पर्दछ। म हतार हतार उक्त कागजमा आफ्ना नजरहरु डुलाउदछु। जहाँ लेखिएको हुन्छ, मलाई माया मारीदिदा हुन्छ। बस यत्ती लेखीएको थियो उक्त कागजमा। मलाई छाना झरेर किचे झैँ हुन्छ। म गहिरो समुन्द्रमा डुब्दै डुब्दै गएर श्वास फेर्न गाह्रो भएको महसुस हुन्छ। म सोच्न थाल्छु, आखीर के कुराको कमी थियो र यसरी छाडेर जानुपर्ने? यस्ता हावाहुरीमा त्यो सानो बालखलाई लिएर उकहाँ गईहोली? मैँले उसलाई चारैतिर खोजे। तर, न मैँले मेरा प्रश्नका अनुत्तरीत उत्तर भेट्टाए न उसलाई।”
यति भनीसक्दा मार्टीनरामको गँह आँशुले भरीएको हुन्छ। युवकको आँखा पनि रसाएको हुन्छ। ब्लाक लेभलको बोतल भित्र दुई पेग जती ह्विस्की बाँकी हुन्छ। युवकले दुबै जानाको लागि पेग बनाउछ। एउटा ग्लाश मार्टीनरामलाई थमाउछ। मार्टीनरामले ग्लाश समाउछन। उसका आँखा बाट निक्लिएका दुई थोपा आँशुहरु तप्प तप्प ह्विस्कीमा चुहिएर मिसीन्छन। अन्तिम पेग ह्विस्की मार्टीनरामले सासै नफेरी घटघट पिउँछन।र, ग्लाशलाई भुँईमा राख्दै, “मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकीन।”
भावुक भएर भाका हालीरहदा युवकले बिचमै रोक्दै, “एकछीन एकछीन महोदय! माफ गर्नु होला मैँले बिचमैँ रोक्न पुगे तपाईं लाई।”
यति भनेर युवक लरखरीदै कटेरो भित्र जान्छ। दनदनी बलीरहेको लकडी भुङ्ग्रोमा परीणत भईसकेको हुन्छ। मार्टीनराम टोलाएर उ्क्त भुङ्ग्रो तिर हेरीरहेका हुन्छन। केहिछीन पछी युवक मार्टीनरामको सामुन्ने खडा भएर बोल्छ, “महोदय!”
मार्टीनरामले युवक तिर हेर्छन। उसले हातमा हार्मोनीयम बोकेको हुन्छ। युवकले मुसकुराईर हार्मोनीयम मार्टीनरामलाई दीदै, “महोदय! हार्मोनीयमको ताल सँगै भाका हाल्दा सुन मा सुगन्ध हुने थियो।”
मार्टीनरामले हार्मोनीयम समाएर आफ्नो काखमा राख्छन। हार्मोनीयमको चारैतीर स्पर्श गर्दै, “किन किन मलाई यो हार्मोनीयम सँग वर्षौ पुरानो प्रगाढ सम्बन्ध छ जस्तो महसुस भईरहेछ। यी हार्मोनीयमका किवोर्डहरुलाई मैँले धेरै पटक स्पर्श गरेको अनुभूति भईरहेको छ।”
यत्तीकैमा युवक खित्का छोडेर हाँस्दै, “महोदय! लाई अब चाहिँ पक्कै ह्विस्कीले हाने जस्तो छ। हार्मोनीयम एउटा मात्रै थोडी न हुन्छ। हार्मोनीयम हजारौँ हुन्छन। बरु हार्मोनीयमको ताल सँगै भाका हाल्ने पो हो कि?”
यसपछी हार्मोनीय बजाउदै मार्टीनरामले गाउन थाल्छन, “मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न। तिम्रो माया मार्नै सकीन। बसन्तको हरीयाली फूल सँगै ओईली जान्छ। निलो भुँईको सेतो बादल हावा सँगै उडी जान्छ।”
मार्टीन रामले यसरी गाईरहदा युवक मन्त्रमुग्ध भएर सुनीरहेको हुन्छ। गाईवस्तुले पनि कान ठाडा ठाडा पारीरहेका हुन्छन। मार्टीन राम गाई रहेकै हुन्छन, “तर तिम्रो न्यानो माया, तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ। तिम्रो माया मार्नै सकीन।”
मार्टीनरामले गाईसक्ना साथ हार्मोनीयमको ताल बन्द हुन्छ। युवकको आँखा आँशुले टिलपील भरीन्छ। मार्टीनरामका आँखा बाट आँसु झरेर किर्वोडमा पर्छन। अचानक गाई वस्तु कराउन थाल्दछन। युवकले बाँधेको घडी तिर नजर पुर्याउदै, “ओहो! महोदय! तीन पैंतालीस पो भै सकेछ। मेरो त गाई दुहुने बेला भयो।”
यसो भन्दै युवक कुर्सी बाट उठछ। मार्टीन रामले काखमा भएको हार्मोनीयम युवकलाई दिन्छन। युवक हार्मोनीयम बोकेर चार पाँच पाईला अगाडि बढाउदै गर्दा पुन मार्टीनराम तिर फर्केर हेर्दै, “महोदय! नजानु नी! म आईहाल्छु।”
मार्टीनराम केही नबली मुसुक्क मुसकुराउछन।
०००
एक घण्टा पन्ध्र मिनेटको अन्तराल पछी घडीले बिहानको पाँच बजाईसकेको हुन्छ। जाडोयाम भएकाले यतीन्जेल सम्म पनि अँध्यारै हुन्छ। युवकले गाई दुहुने आफ्नो दैनीकी पूरा गरेर एउटा पारदर्शी ग्लाशमा गाईको दूध तताएर मार्टीनरामलाई पिलाउनका लागी मार्टीनराम बसे तिर आईरहेको हुन्छ। मार्टीनरामले आफ्नो शिरलाई आफ्नो कुममा अड्याएर निदाईरहे झैँ देखिएका हुन्छन। उनको दाहिने हात तल पट्टि झुण्डीएको छ। जहाँ फिल्टर पुग्न लागेको चुरोट उनको दुई अउलाको बिचमा च्यापीएको हुन्छ। अनि चुरोट बाट हल्का हल्का धुँवा निक्लिरहेको हुन्छ। देब्रे हात उनको काखमा हुन्छ। देब्रे हातले उनले एउटा तस्विर समातीरहेका हुन्छन। लकडी यतीन्जेलसम्ममा खरानीमा परिणत भईसकेको हुन्छ। ब्लाक लेभलको बोतल भुँईमैँ ढलीरहेको छ। उनीहरु दुबैले ब्लाक लेभल पिएका खाली ग्लाशहरु भुँईमा यथावत छन। यत्तीकैमा युवक मार्टीनरामको अघिल्तीर आएर बोल्छ, “महोदय! लिनुस गाईको गरमा गरम दूध!”
मार्टीनरामले कुनै प्रतिक्रिया दिदैनन। युवकले तीन पटक सम्म बोलाउदा मार्टीनराम नब्युँझेपछी युवकले मार्टीनरामलाई छुन्छ। मार्टीनरामलाई छुना साथ उनी कुर्सी सुद्धै भुँईमा ढल्छन। चुरोटको फिल्टर दाहिने हातमा यथावतै हुन्छ। उनको लौँरो पनि भुँईमा ढल्छ। मार्टीनरामले लगाएको कालो गोलो ह्याट गुडकीदै गुडकिदै केही पर पुगेर ढ्याक्क अढीन्छ। मार्टीनरामको नाख बाट रगत बग्छ। यो सब दृश्यहरु देखेर युवक अत्तालीन्छ। एक्काशी युवकको नजर मार्टीनरामको देब्रे हातको छेउमा भएको तस्वीरमा पर्छ। युवकले उक्त तस्वीर टिपेर हेर्छ। तस्वीर पुरानो ब्लाक एण्ड ह्वाईट हुन्छ। तस्वीरमा युवकले आफ्नी आमालाई देखेर सक्ड हुन्छ। उसकी आमाले एउटा सानो शिशुलाई बोकेकी हुन्छीन। जुन शिशु स्वयम् युवक हुन्छ। उसको आमाको छेउमा उभिएका हुन्छन काला दाह्री लामा कपाल पालेका बत्तीस वर्ष अगाडीका एक वयस्क युवक मार्टीनराम। मार्टीनराम अरु कोहि नभएर युवकको आफ्नै पिता हुन्छन। युवकको हातमा भएको दुधले भरीएको ग्लाश भुँईमा खसेर फुटछ। दूध छताछुल्ल हुन्छ। यत्तीकैमा युवक भुँईमा घुडा टेकेर जोड जोडले रुन थाल्छ। युवकलाई ठूलो बज्रपात पर्छ। उसले केही बेर अगाडि महोदय! महोदय! भनेर सम्बोधन गरेको व्यक्ती आफ्नै पिता भएको थाहा पाएर उसलाई ठूलो ग्लानी हुन्छ। उसको आफ्नै पिता सँग बसेर ब्लाक लेभल पिउने सपना त पूरा हुन्छ तर, उसले मार्टीनरामलाई बुबा भनेर सम्बोधन गर्न भने पाउदैन। मार्टीनरामको एक ग्लाश गाईको दुध पिउने चाहाना उसको मृत शरीर सँगै मरेर गएको छ। युवककी माता यानीकी मार्टीनरामकी पत्नी छ महिना अगाडि मात्रै दमको बिमारले स्वर्गे भएकी हुन्छीन। बत्तीश वर्ष अगाडि मार्टीनराम कि श्रीमतीले त्यो बेतमाशले हावाहुरी चलेको रात आफ्नो प्राण भन्दा ज्यादा माया गर्ने श्रीमानलाई एक्लै छोडेर एक वर्षको शिशु सहित किन हिडेकी थिईन भन्ने कुरा उनको मृत्यु सँगै रहस्यकै गर्भमा रहन्छ।
स्लिम जिवन,
संयुक्त अरब ईमीरेटस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )