गजल : भाब बुझिन

~आषिश श्रेष्ठ~Ashish Shrestha

मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

म साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥

आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥

तिमि पनि मायामा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥

एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.