कथा : दिलमा आएको भूकम्प

~सुर्य चन्द~

आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ।

मेरी सपनाकी राजकुमारी नानु मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा इमेल, फेसबुक अनि भाईबर र उई च्याट, व्हाट्सअप मा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु कोरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना भनिदेउ आफ्नो हृदयको ढोका खोली देउ नत्र इन्टरनेट बाट नै भए पनि मलाई उत्तर देउ।

हो नानु, जब देखि हाम्रो कुरा हुन थाल्यो जब देखि हाम्रो भेट भयो त्यस पछि का हरेक पल हरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ, यसका साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएका छौ। मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिन लागेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म नानु ……….. यदि अघि बढ्न सकिनौ भने पुुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यहि ठाउँ मा रहिरहने छ अनि तिमि लाई तिम्रो प्रतिक्षा मा कुरिरहने छ ।”

त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोपी सकेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो मायाको भिख मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे जति बेला तिमि लाई अँगालो मा बाधेर न्यानो माया को अनुभूति पाए सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ ।

त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।

त्यसैले त ……….. तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन……………. तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन नानु म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिबन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो माया लाई पागलपन सम्झ या त  घृणा नै सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं र मलाई छोडेर टाडा सात समुन्द्र जाने छैनौ। ………. तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।

नानु तिम्रो दिलमा मैले तमासुक लेखिदिइसकेको छु । साथै मैले तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघर्ष लुकेको हुन्छ र दुख पनि । आज तिमि म बाट टाडा हुदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ ।

यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।

वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।

मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ ।

सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि … तिम्रो लागि समर्पित। मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी ले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामर्थ्य छैन र सो कार्य गर्न मेरो नैतिकताले पनि दिदैन किनकि मैले तिमि लाई बुझेको छु अनि तिम्रो परिस्थति संग ज्ञात पनि छु। ‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेम ले नै मानिस लाई बदल्छ ।

तिम्रो जिन्दगीको बागडोरको चाबी तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ ।म तिमि लाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन किन भने तिमि अहिले जुन ठाउँ मा उभिएर मलाई माया गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ हो त्यहि भएर त्यो नै मेरो लागि महान हो नानु तिमि मेरो आदर्श हौ साच्चै भन्दा तिमि ले नै मलाई दोस्रो जिबन दिएको हौ यो कुरा तिमि लाई पनि राम्रो संग थाहा छ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ ।

यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ म तिमि लाइ माया गर्दिन जस्तो तिमि लाइ लाग्छ भने। भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ? के नेपाल छोडेर युरोप अमेरिका जाने साथ सबै समस्या को समाधान होला त के त्यो ठाउँ मा दुख नहोला त के सुख मात्र पाउन सकिन्छ त? दुख पक्कै पनि छ  हो जुन पिडा तिमि लाई परेको छ त्यहि पिडा भुल्न अनि एउटा सुन्दर भबिस्य निर्माण गर्न को लागि मात्र तिमि ले यस्तो गर्न खोजेको हो। म तिमि लाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो यहि कुराले हरपल यो मन रुन्छ तिम्रो सम्झनामा हामीले बिताएको हरेक पल हरु मेरो आखा अगाडी नै घुमिरहेको छ । तिमि जहाँ गए पनि जहाँ भए पनि  म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछु केवल तिमि फर्की आउने आश लिएर मेरो पुरा जिबन तिम्रो नाम मा समर्पित गर्ने छु ।

मानिस को जिबन मा गल्ति त हुदो रहेछ जुन गल्ति मैले पनि गरे जुन गर्नु नहुने थियो म आफै त्यहि गल्ति ले गर्दा पश्चतापमा जलि रहेको छु म मेरो यस गल्ति मा तिमि समक्ष क्षमा माग्दछु माफ माग्दछु सक्छौ भने माफ गरि देउ नत्र सजाय देउ तिम्रो हरेक सजाय म सहर्ष स्वीकार्छु अनि तिम्रो हरेक कुरा मेरो जिबन को सुन्दर उपहार सम्झिने छु नभए यो मेरो जिबन तिम्रो सामुन्ने त्याग गर्नेछु मात्र तिम्रो माया को लागि मात्र तिम्रो लागि ।

सम्झ त एकछिन तिमी मेरी जीवन संगिनी वन्न सकिनौ भने मेरो माया कति निसासिन्छ मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर। तिम्रो हृदयले जे लेख्छ, मनले जे सोच्दछ, त्यही मलाई उत्तर देउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो लेख देख्नासाथ तिमि लाई अनौठो त पक्कै पनि लाग्ला तर पनि, यसलाई तिमि ले अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख्न पनि सक्छौ  र  अनि मलाई जिबन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या त मेरो माया लाई यतिकै छोड्न पनि सक्छौ अन्तिम मा फैसला त तिम्रो नै हात मा छ। जुन सुकै परिस्थिति मा पनि म तिमि लाई माया गर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदय मा सजाएर राख्नेछु । तिम्रो यो जिबन को सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमि लाई नै कुरेर जिबन व्यतित गर्ने प्रण गर्दछ, तिमि लाई नै जिबन भर पर्खेर बस्ने कसम खादैछ अनि तिमि आउने गोरेटो मा तिम्रो प्रतिक्षा मा कुरेर बस्नेछ।

(स्रोत : Samyantra.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.