गीत : फिरफिरे

~बुद्धिसागर~Buddhisagar

त्यो मोजाको फुटबल
त्यो हरियो चउर
त्यो खोलाको पौडी
त्यो बालुवाको घर
त्यो असारे झरी
त्यो सपनाको लहर
सम्झना छ साथी ?
त्यो न्यु इयरको पोस्टकार्डमाथि रंगीन अक्षर ।

समयले भयो बाटो अलग-अलग
हिँड्यौ अलग-अलगै शहर
अझै पनि आउँछ आँखाभरिभरि
बाल्यकालको लहरै-लहर
त्यो चुँडिएको चङ्गा
त्यो पातको फिरफिरे
सकिँदैन बिर्सन, जत्ति कोसिस गरे ।

शब्द – बुद्धिसागर
स्वर, संगीत – कालीप्रसाद बास्कोटा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.