~पलपल मोक्तान~
आउ गहना बेची तिरौँला रिण बनाउँदिन बहाना
ठोटे मोटे बस्छु बरु म त लगाउँदिन गहना
मातृभूमीको माया छ तिमीलाई अघातै
छुट्टीएर बस्न म पनि सक्दिन सहन
सुख दु:ख भोगौँला बरु आफ्नै देशमा
यतिकैमा सिमीत राख्छु बढाउँदिन भावना
जति पुग्छ उतिमा नै जिवन टारौंला
गर्न नसक्ने मैले राख्दिन चाहाना
पलपल मोक्तान
रामेछाप प्रिती
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )