~सुवासचन्द्र ढुङ्गेल~
चोट के हो व्यथा के हो
म जस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो
मसँग कहिले सोध्धै नसोध
मलाई लाग्छ यो जीवन मेरो
चोटै चोटले भरिएको छ
सागरभन्दा गहिरो व्यथा
यो मुटुभित्र छरिएको छ
गम्भीर भन्छन् सबै मलाई
मेरो उदास मुहार देखी
भन्दैनन् कोही यो बाँचेको छ
छातीभरि घाउ बोकी
शब्द – सुवासचन्द्र ढुङ्गेल
संगीत – अरूण थापा
स्वर: अरूण थापा