कथा : भड्किएका आत्माहरुले खोज्ने खुसी

~नबिन पन्त~Nabin Panta

मेरा सपनाहरु र यथार्थताको दुरी टाडा थियो । त्यो दुरी सल्किएको चुरोट जस्तो होइन कि खन्दै गरेको खाल्डो जस्तो बढ्दै थियो। तर पनि म आफ्नो लक्ष्य प्रति दृण आत्मविश्वास बोकेर जिबनको दौडमा आफैसंग दौडीरहेको थिए । यो यात्रा पक्कै पनि त्यो अमेरिकाको सहर सम्म पुग्नेछ र मैले जिबनका हरेक सुख र खुसिहरु पाउने छु यसतै लग्थियो मलाई । जब अमेरिकाको बारेमा कसैले कुरा गर्थे मेरा कानहरु त्यतै तिर सोझिने गर्थे ।

अनि आफै आफै कल्पनामा रमाउने गर्थे त्यहाँको झिलिमिली सहर , ठुला ठुला बिल्डिंग , जानी नजानी खैरेसंग बोलेको टुटे फुटेको अंग्रेजी। “बुझ्ला नि है मैले बोलेको? ” आफैले आफैलाई प्रश्न गर्थीए । सायद कल्पना भन्ने कुराहरुको गन्तब्य हुदो रहेनछ सोहि कारणले पनि होला उत्तर आफै खोज्दै थिए ” ह्या! नबुझे मुसुक्क हास्दिन्छु । यहाँका मै हु भन्ने बिरे , तलको जुल्पी पालेको राजेश हमाल जस्तो देखिने साईलो त भुतुक्क पर्छ ति मोराहरु त के होलान र ? मलाई छटपटी हुने गर्थियो अनि त्यहि माथि आफु भन्दा ठुला दाईहरुले भन्ने गर्थे ” अमेरिकामा त सबै देशका मान्छेहरुको संगम स्थल हो गरे , हाम्रो वरिपरिका गाऊहरुको संगम चौतरी बलेटक्सारमा भए जस्तै ।

जसरी बलेटक्सारमा नजिकैका गाऊका मान्छेहरु अवसरको खोजिमा , पढ्न लगयत विभन्न कामलाई जाने गर्छन , अमेरिका त ठुला ठुला मान्छेहरु जाने ठाउ। म आफै निराश हुने गर्थे , ” कस्ता होलान है ठुला मान्छे? म त सानी छु। ” तै पनि आशाको त्यान्द्रो थियो, मनले आफै उत्तर दिन्थियो ” म पनि त ठुलो हुने सक्छु नि । ” जब यस्तै विचारहरुले मानसपटलमा उत्सब मनाई रहदा मलाई चरी भएको भए नि भुर्रर उडेर जाने थिए भन्ने प्रतीत हुन्थियो ।

………..

एकल महिलाले समाज र आफन्त बाट पाएको पिडा देख्दै हुर्किए थिए । त्यसैले पनि बजारमा एउटा घर , आमाको घाटीमा सिख्री बनाई दिने मेरो ठुलो रहर थियो । अमेरिका गएको जिम्माल बाको छोराले उसकी आमालाई दाम्लो जस्तो सिख्री पठाई दिएको थियो त्यो देखेर नै मेरो अमेरिकाको सपनाको सुरुवात भएको थियो। आमा मेरो सपना सुन्दा उकुसमुकुस हुने गर्थिन। उनले चयाठिदै मलाई भन्थिन ” हामीले घर सम्पति सबै बेचे पनि त अमेरिका पुग्न सक्दिनस त्यस्ता सपना देख्न छोडीदे , तेरा बाले त छोडेर गए अब त नि जा , जे मन लाग्छ गर !” तर मलाई जसरी नि त्यहाँ पुग्नु थियो । गाऊमा मेरा उमेरका सबै साथीहरुको बिवाह हुदै थियो मेरो घरमा पनि धेरै माग्न आए । मैले बिहे गर्दिन भनेर जिद्धि गरे। काठमाडौँ बाट हरि सरका छोरा जनै पुर्णिमामा गाऊमा आउदा स्कलरशिपमा अमेरिका जान सहयोग गर्छु भनेका थिए त्यहि ठुलो आशा मनमा थियो। दशैंमा उनि घर आउने बाटो कुरेर बसेकी थिए ।

……..

दशैको रौनकले बिस्तारै सबैलाई छुदै थियो । गाऊमा लुहुरेहरु आउने क्रम बढ्दो थियो । गाऊमा पीङ राख्ने , घरहरु कमेरो र रातो माटोले पोतेर सिगारिदै थियो । हाम्रो भएको एकनाले बुकुरो घर थियो तै पनि हाम्रो संसार थियो । त्यसैलाई सिंगारेर सुन्दरी गराउने इच्छा बोकेर घर अगाडी बर्खामा लागको लेउ सफा गरेर कोठा भित्रका माकुराका जाला पन्छाउदै सामनाहरु बाहिर आगनमा निकाल्दै थिए। आमाको कोठा भित्र रहेको दराज सारेर सफा गर्नु पर्ने तर मैले एक्लै सक्ने सम्भावना थिएन अनि भै गो भन्ने सोचे । अम्रिसोको कुचोले दलिनका काला धवासाहरु झार्दै थिए । त्यहि नै बेला दराजको माथि भएको बाकसमा मेरा आखाहरु पुगे । त्यो थोत्रो टिनको बाकस मैले जान्ने भए देखि कुनै मुर्ति स्थापना गरे झैँ बसीरहेको थियो । अहिले सम्म आमाले खोलेको सम्झना पनि छैन त्यसैले पनि त्यहाँ के छ भनेर उत्सुकता बढ्दै थियो । सानोमा मैले त्यहाँ पुग्नै सक्थिन । हुन त अहिले पनि मेरो उच्चाईले त्यहाँ सम्म भेट्न सक्दैन । टेबलको सहारा लिएर त्यो बाकस खोलेर उत्सुकता मेट्नु थियो । जालैजालोले भरिएको त्यो बाक्स बढो मुस्किलका साथ खोले । त्यहाँ केहि लोग्ने मान्छेका कपडा , फोटोहरु , डायिरी र कागजका पान्नाहरु थिए। सबै धुलोले ढाकिएका थिए लग्थियो त्यो बर्सौ देखि नखोलिएको बाकस हो । त्यहाँ रहेको धुलो टकटकाउदै मेरा आखा ति छरिएका कागजहरु तिर गए ।डायरीमा आमाको नाम सम्बोधन गरेर केहि लेखिएको थियो। मलाई कुनै फ्लिम हेर्न बसेर कथा अगाडी बढ्दा हुने मनको तरङ्ग जस्तै उत्त्साहित हुदै सबैकुरा हेर्न मन लाग्यो। प्रिय करुणा भन्ने टुप्पोमा लेखिएको सम्बोधनले नै आमालाई कसैले लेखेको पत्र हुनुपर्छ भनेर मैले ठमाए ।

प्रिय करुणा,

तिम्रो हाम्रो एउटा सपना थियो , हाम्रो सानो संसार र हाम्रो घर । अनि हाम्रो सुखी र खुसि जिबन । नेपालमा हुदा हामीले जति प्रयत्न गर्दा पनि हाम्रो सपना पुरा गर्न आर्थिक रुपले दिएको थिएन । सपनाहरु छु मन्तर गरेर कुनै जादुले पुरा हुन सक्दो रहेनछ त्यहा दृढ़ संकल्प र मेहनतको आवश्कता चाहिदो रहेछ । त्यहि प्रणका साथ सुन्दर भबिष्यको कल्पना कोर्दै तिम्रो नै करमा अमेरिका आउने निधो गरेको थिए। तिम्रा सुनहरु धरौटीमा राख्दा पनि नपुगेर जिम्माल बासंग ऋण काडेर मैले यो गन्तब्य तय गरेको आज पनि हिजो जस्तै लाग्छ । गर्भिणी श्रीमतीलाई जति बेला पतिको खाचोको आवश्यकता हुन्छ त्यहि समय तिम्रो सामिप्यता बाट टाडा भएर हिडेको लोग्ने मान्छे म । तिम्रा आखाहरु बाट म हिड्नुको अघिल्लो रात बगीरहेका आँसु, छटपटी र आशाका बीच जिबनको यात्रामा अगाडी बढ्दै थिए ।

अमेरिकाको यो यात्रा भित्र हाम्रो भबिष्यका सुनौला सपनाहरु बुन्दै अब त दुखका दिनहरु अन्त्य हुनेछन भनेर यति टाडा आए । जिबनको अन्तिम शाससम्म तिम्रो समिपमा हुने आशा बोकेर यो बिरानो सहरमा पाईला टेकेको थिए । करुणा , हेड मास्टर भएर बसेको म अमेरिका छिर्दा नै निसासिएको थिए । नेपाल बाट कल्पना गरेको सोचाई र यहाँको भोगाई नितान्त फरक थिए । गाऊ भरिका सबैको नमस्कार खाएर बसेको म आज यहाँ आत्मासंतुष्टि बेचेर काम गर्दै थिए । मलाई लग्थियो म मान्छे बाट मेसिन भनेको छु एउटा पैसा छाप्ने मेसिन । मलाई सानो बिमारी हुदा पनि तिमीले गर्ने हेरचार मैले ज्वरो आएर हप्तौ बिस्तारमा हुदा पनि यहाँ पाउन सक्ने अवस्थामा थिएन । लग्थियो यो दुरीले हाम्रो प्रेमको मापन गरिरहेको छ त्यहि भनेर नै मनलाई जस्तो तसो बुझाउने कोशिस गर्थे । कामको थकाई, एक छाक खान खाएर टार्ने म तिम्रो स्याहारको अभाब म आफैले आफैलाई ऐनामा हेर्दा कुरुप हुदैछु जस्तो आभास हुन्थियो।

करुणा दिनहरु बित्दै थिए म त बिस्तारै अमेरिकाको हावा पानीमा घुलमिल हुदै थिए ।. तिमीलाई हरेक हप्ता पठाउने पत्र पनि पाठउन छोडीसकेको थिए । तिमीले उता बाट पठाएको पत्र पनि झर्को मानि मानि मैले च्यातेर फाल्ने गर्थे । तर तिमीले भने अनवरत रुपमा पत्र कोर्दै गयौ । मेरो प्रतीक्षामा बसिरहयौ । जब म अमेरिकाको रंगिन दुनियामा रमाउदै थिए , म यति सम्म कठोर भएछु मैले मेरी छोरी जन्मेको सम्म पनि पत्तो पाएन ।

तर समयसंगै बिरानो सहर आफ्नो लाग्दै थियो, मैले कल्पना गरेको थिएन मैले यो ठाऊलाई यति धेरै माया गर्ने छु। लाग्छ भूगोलले होइन रहेछ, मान्छेहरुले गर्दा प्यारो लाग्दो रैछ आफु बस्ने ठाऊ । त्यहि मान्छे जसले मलाई अपरिचित सहरसंग सम्बन्ध प्रगाढ गराई दिन । उनको आगमन यसरी भयो मैले कहिले पनि कल्पना गरेको थिएन । आधी तुफान जस्तै थाहै नपाउने गरि आईन । उनको आगमनले मेरो जिबनका सपनाहरु नै परिवर्तन भए । मैले हिडिरहेको बाटो नै तोडेर जिबनको अर्को गोरेटोको सुरुवात गरे। एउटा अन्जन मान्छे चोर जस्तै आएर मेरो मनमा प्रवेश गरेको थियो । जसलाई हेरर म मोहित हुने गर्थे । अगाडी बसेर हेरीरहु जस्तो लग्थियो । उनको अगाडी बजारका सुन्दरीहरु मलाई फिक्का लाग्ने गर्थे । दिन प्रति दिनको सामिप्यताले हामी एक भएका थियौ । देखावटी शरीर मात्र फरक थिए । हरेक दिन रातहरु हामी संगै बिताउने गर्थेउ । बिहानको चुम्बन बाट सुरु भएको हाम्रो दिन साझाको सम्भोगको सिखालितसंगै बित्ने गर्थियो । ति दिनहरु मलाई स्वर्णिम लाग्ने गर्थे त्यति बेला । महर्षि वात्सायनले कामसुत्रमा बताए जस्तै हरिणका जस्ता आँखा , चम्किलो मुहार , बोली विनम्र । पुष्ट र ठाडा स्तन, केशराशि कालो र चिल्लो अनि शरीरबाट कमलको सुगन्ध जस्तै मग्मगाउने बासना। हरेक दिन उसले मलाई तृप्त पार्ने गर्थी । त्यहि स्वर्गीयआनन्दमा मैले आफैले आफैलाई हराई रहेको थिए ।

करुणा जिबन सधै रतिरागमा बिताएको आनन्द जस्तो नहुदो रहेछ । जिबन त दिन र रात जस्तै रहेछ ।

मैले त यो रातको कल्पना पनि गरेको थिएन । आज म पूर्ण रुपमा समर्पण भएर जिबन यही हो मेरा भनेर सोचेको मान्छेले नै सबै खुसिहरु लुटेर गएकी छ।कामबासनाको उत्तेजना दिदै उसले आज मेरो घर परिवार , सम्पति सबै लिएर गएकी छ। म यो पत्र कोर्दै गर्दा लज्जित महसुस गर्दै छु। यहि पत्रमा मैले सिन्दुर हालेर भित्राएर श्रीमतीलाई परस्त्रीको बर्णन गर्दा ति शब्दहरुले मलाई गिज्जाई रहेका छन। मैले मेरा नजिकै भएका खुसिहरु समयमा चिन्न सकिन जब थाहा पाए समयले मलाई धेरै छोडेर अगाडी बढेको थियो । मान्छेहरु खुसी टाडाको कुरामा खोज्छन तर खुसी टाडा होइन आफ्नै वरीपरी हुदो रहेछ। त्यसलाई समयमा चिन्न सक्नु पर्ने रहेछ।

आज तिमीले यो पत्र पढ्दै गर्दा म यो संसार बाट बिदा भईसकेको हुनेछु । मैले यति पिडा दिएको छु सायद यसैको लायक छु म । त्यो हेड मास्टर जसले नैतिक शिक्षाको बारेमा आफ्ना बिद्यार्थीहरुलाई सिकाउने गर्थियो आज त्यहि मान्छे फर्किएर आफ्ना शिष्यहरुको अगाडी यो अनुहार देखाउने मलाई आट छैन । म फर्किए भने पधेरा देखि छोरीको स्कुलसम्म तिमीहरुलाई मेरो अचारण देखाएर मुटुमा घोची रहने प्रश्नहरु गरिरहने छ त्यो समाजले । करुणा तिमीलाई ज्युदै मारेको यो मान्छेको क्रिया नबस्नु । छोरीलाई मेरो बारेमा कहिले पनि नबताउनु।

अलबिदा करुणा ………।

पत्र पढ्दै गर्दा मैले आमालाई बिगतमा सोधेका हरेक प्रश्नहरुको उत्तर मैले आज धेरै वर्ष पछि पाए। आमाका दबिएर बसेका निको हुन नसकेका घाऊहरु नजिक बाट देख्ने अवसर पाए। पिता गुमाएको भन्दा यी भगवान जस्तै सहनशील नारी मेरी आमाको रुपमा पाएकोमा भाग्यमानी महसुस गरे । चिट्ठीमा लेखिएको “मान्छेहरु खुसी टाडाको कुरामा खोज्छन तर खुसी टाडा होइन आफ्नै वरीपरी हुदो रहेछ।” यो बाक्यले मेरो सपना नै मोडी दियो । मेरीखुसी मेरी आमा हुन् उनको सपना छोरी शिक्षिका होस् भन्ने छ । मनमनै भने ” आमा! नजिक खुसिहरु नै समालेर मैले तिम्रो सपना पुरा गर्नेछु , भडकिएका आत्माहरुले खोज्ने खुसि होइन , यथार्थको नजिकको खुसीमा नै रमाउने छ तिम्री छोरी “।

(स्रोत : Nepaladelaide.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.