~शैलेन्द्रकुमार शाह~
ल्याइछाड्यौं आखिर हामीले नेपालमा गणतन्त्र
गरौं लुट सबलाई छ छुट यही हाम्रो मूल मन्त्र
खण्ड-खण्ड पारौं अब पहाड मधेस गाउँ सहर
पूरा गरौं हामी सबले नयाँ राजा बन्ने रहर
सुन्दर शान्त विशाल नेपाल हेर्ने इच्छा छैन कति
आऊ गरौं देशलाई टुक्र्याउने सहमति
भागबण्डा गरौं कुर्सी राखौं है कुनै र्सत
मन्त्रालय बाँडचुँड गरौं रक्षा, गृह अनि अर्थ
सिण्डिकेट प्रथाबाट चलाउनर्ुपर्छ देश
त्यसै गरौं जसो गर्दा गठबन्धनलाई हुन्छ बेश
भर्सर्ेेमै परोस् देश रोकिँदैन हाम्रो गति
पालैपालो देश लुट्ने आऊ गरौं सहमति
धेरै ठूलो खेल खेल्दै पाइएको छ बल्ल सत्ता
सदन शिविर जताततै पुग्ने गरी बाँडौं भत्ता
थाहा छैन सत्ताबाट खसाल्ने हुन् कतिखेर
जे गर्ने हो गरिहालौँ मौका आउँछ एकै फेर
हामीलाई पनि चाहना छ ऐश गर्ने मनमा अति
ढुकुटी यो देशको गरौं रित्याउने सहमति
छाडिसक्यो दुख्न अब सुस्ता अनि कालापानी
बाँध बाँधुन् सीमा मिचुन् जति गरून् मनोमानी
छिमेकीलाई दोष लगाई दुखाउनु हुन्न चित्त
सीताराम र राकेश सुद सधैं हुन्छन् हामीसित
राष्ट्रभाषा हिन्दी भए पनि छैन हामलाई केही आपत्ति
सिक्किम बनाउँ यो देशलाई आऊ गरौं सहमति
घरटहरा जग्गाजमिन जो-जतिका भए जफत
तिनकै नाउँमा आऊ हामी खाऊँ एउटा मीठो सपथ
आफूखुसी लाऔं पोसाक सुट र्टाई धोती कर्ुथा
गरून् विरोध जोसुकैले छैन हामलाई कुनै सर्ुता
जनता पनि हामीसँगै जानर्ुपर्छ अब सति
आऊ गरौं भीरबाट देश खसाल्ने सहमति ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)