~प्रणिका कोयु~
हरेएएएएएएएएए शिव!
तिम्रो भागमा नि रहेछ एक दिन!
थाहा थिएन
हर्ष न विस्मात है मलाई त
किनकि म कहाँ तिमी आउने पल बेटुंगो
कहिले गुडिरहेको गाडीमा
कहिले खाइरहँदा
मेरो थकानमा
र कहिले अनिंदा पलहरूमा
तिमी आउँछौ नि जब
यि अहिले जस्तै
म बिर्सेर सबथोक
हतार-हतार
यी अहिले जस्तै तिमीलाई सुन्छु
मेरो लागि त्यही क्षण – तिम्रो दिवस
त्यही सार – तिम्रो सत्य!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)