कथा : त्यो डुम्रीको रूख

~थानेश्वर सापकोटा~

साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। माथिको बिसाउनी हुँदै हाम्रै बारी मुन्तिरबाट नारायणीमा मिसिने जयश्री खोलो चैतमै सुकिसकेको थियो।

कान्लाको डुम्रीको बुटोले सायद यो खडेरी पार गर्न सक्दैन। म जन्मदाकै दिन सारेका हुन् रे बाले। हर्लक्कै बढेर दस वर्षमै अजंगको रूख बनेको थियो त्यो। एकै दिन यो धर्तीमा रोपिएका डुम्री र म- ऊ बढेर बडेमानको रूख बन्यो, म बढ्न सकिनँ गान्टे भएँ। कम्ता पिर पर्थेन स्कुलमा सबैले गान्टे भनेर जिस्क्याउँदा। म कलिला आँखामा पिलपिल आँसु बगाउँदै आमालाई सोध्थें- आमा म किन गान्टे भएँ। आमाको सधैं एउटै जवाफ हुन्थ्यो- डुम्री बढ्यो नि त। त्यो डुम्रीको बुटो गिँडेर दनदनी आगो बालौं जस्तो हुन्थ्यो कति बेला। कति गाढा भ्रम थियो- डुम्री बढेकैले म गान्टे भएँ। तर आज औधि माया लागेर आयो डुम्रीको। यो खडेरी पार गर्न सक्यो भने अलिअलि मुना पलाउँदा हुन् त्यसका।

बिहानैदेखि अजीब किसिमका तरंग थिए मनभित्र। रातभरि तातोले हपहपी पार्छ, सुत्न सकिँदैन। झन् मेरा त खुट्टा पोलेर प्वाट्टै फुट्लान्जस्ता हुन्छन्। शान्ताले इनारको पानी थुतेर ल्याई र धेरैबेर ताता खुट्टालाई बाल्टीमै गाडिरहें, च्वाइँय्यँ गरेजस्तो लाग्यो आफैंलाई। शान्ता मेरी श्रीमती काठमाडौंको रइस खानदानमा हुर्के बढेकी। आरआर क्याम्पसको गेटमा हाम्रो पहिलो भेट भएको थियो। हामीले बिहे गर्ने निर्णय सुनेर शान्ताका बा आगो भएका थिए रे। भन्थे रे- त्यो दुई कौडीको पत्रकारसँग मेरी छोरीको व्यवहार मेरो प्राण छन्जेल हुँदैन। आपmनो औकात नहेरी मेरी छोरी ताक्ने? उनी सिँचाइ विभागका महानिर्देशक थिए, रिपोटिर्ङका क्रममा अक्सर भेट भइरहन्थ्यो उनीसँग। एक दिन सिक्टा सिँचाइको अनियमिततामा तिनको नाम छापिएपछि हाम्रो सम्बन्ध कहिल्यै नजोडिने गरी टुट्यो। उनी अख्तियारको तारिखमा परे म एउटै रिपोर्टिङले रातारात लोकपि्रय पत्रकारमा दरिएँ। त्यतिबेला उनी शान्ताका बा हुन् भन्ने थाहा भएको भए त्यो रिपोटिर्ङ कहिल्यै अखबारमा आउने थिएन सायद। आखिर एउटा सत्यको लागि आपmनो पूरै भविष्य कसले गर्तमा धकेल्न चाहन्छ र !

समाचार पढेर शान्ता एकचोटि हुँँक्क गरी बरबर आँसु खसाली। त्यसको महिना दिनपछि हो क्यारे- एकाबिहानै शान्ता मेरो कोठामै आएकी थिई। ‘यति बिहानै किन नि,’ मैले सोधें। ‘मेरो बिहे फिक्स हुँदैछ पर्सि,’ उसले भनी, ‘मैले हाम्रो सम्बन्धको बारेमा पनि भनें, बा त आगो हुनुभएको छ,’ ऊ निन्याउरी भई। म निकै बेर ट्वाल्ल परिरहें। हामीबीच कुनै वार्तालाप भएन कतिबेरसम्म। उसले विस्फारित नजरले फेरि एकपटक मेरो अनुहारमा हेरी, ‘तिमी मसँग बिहे गर्छौ?’ उसको यो प्रश्न आउनु नै थियो आयो। तर मैले जिन्दगी अलिकति सेट होस् भन्ने सोचेको थिएँ, बा-आमालाई टुकीको मलीन उज्यालोबाट काठमाडौंको बिजुली बत्तीको घरमा सार्न सकियोस् भन्ने थियो। ‘बिहेपछि यो सबै सम्भव होला र खोई?’

‘तिमी किन केही नबोलेको?’

‘म के भनौं शान्ता? तिमी सुख सयलमा हुर्केकी केटी, मेरो घरको स्थिति तिमीलाई थाहै छ। गाउँमा बिजुली बत्ती छैन, मट्टतिेलको टुकी बालेर काम चलाउँछांै हामी, टीभी-टेलिफोनको त कुरै छोड। वषर्ामा भ्यागुताको ट्वार-ट्वारले रातभरि सुत्न हम्मे पर्छ। गाउँमा चर्पी छैन। तिमी कसरी बस्न सक्छ्यौ त्यहाँ?’ ऊ मलाई एकोहोरो हेरेकोहेर्‍यै भई।

‘ती सबै पछिका कुरा हुन्, मलाई के थाहा छ भने एउटी केटीले आपmनो प्रेमका लागि धेरै कुराको बलिदान गर्न सक्छे र अरू धेरै कुरा अपनाउन पनि सक्छे,’ शान्ता जुरुक्क उठेर लपक्क मेरो छातीमा टाँसिई। ऊ यस्ती हठी होली भनेर मैले सपनामा समेत सोचेको थिइनँ।

त्यसै दिन बेलुका हामीले काठमाडौं छोड्यौ। कोठामै हाम्रो सानो विवाह सम्पन्न भयो। कागजका माला, प्लास्टिकका चुरा र अलिकति सिमि्रक उसको टाउकोमा छरेपछि हाम्रो बिहे एकैछिनमा सकिएको थियो। न जन्ती आए, न पण्डितले शास्त्र पढे, न सात फेरा भयो तर पनि हामी जनम जनमका लागि एक भयौं।

हामी घर पुग्दा रातिको एक बजेको हँँदो हो थुम्सी गाउँ पूरै अन्धकार थियो।

‘आमा आमा… ढोका खोल्नु।’

‘ए गान्टे आएजस्तो छ ढोका खोल्दे त,’ भित्रबाट बाको आवाज सुनियो। भmवार्रर सलाई कोरियो टुकी बल्यो। हाम्रो मनको धड्कन झनै तेज भयो। बाले के भन्ने होलान्, आमा त बेहोस् हुन्छिन् सायद। धेरै ठूला नभए पनि केही त सपना हुँदा हुन् बा आमाका, एउटै मात्र सन्तानको बिहे यसरी गरौंला उसरी गरौंला ! भित्रबाट ढोका खुल्यो, सानो टुकी हातमा उचालेर प्रकट भइन् आमा। मैले टुपुक्क खुट्टामा ढोग गरें। आमा त प्रतिक्रियाविहीन देखिइन्। ‘यहाँ आउनु त,’ आमाले बालाई बोलाइन्। हामी बाले के सजाय दिने हुन् भनेर जसरी कुरेर बस्यौं।

बा सानो कछाड बेरेर ढोकामा प्रकट भए। एक वर्षदेखि हामी बाउ छोराको भेट भएको थिएन। यो एक वर्षमा बाको कपाल पूरै खुइलिएछ दाह्री फुलेर सेतै भएछन्। बाले सर्सर्ती हामीलाई हेरे। बाको निर्णय के आउने हो- मेरो छाती सासै रोकिएजस्तो गरी फुल्यो। ‘भित्र आओ,’ बाको आदेश आयो। कम से कम एक घन्टा लाग्यो सबै काहानी सुनाउन। अन्तमा बाले भने, ‘त्यति ठूला मान्छेसँग जोरी खोजेर गल्ती गरिस् कि !’

भोलिपल्ट दिनभरि गाउँमा फैलिएको हल्ला सुनी नसक्नु थियो। धेरैले भनेछन्- त्यस्तो बाउको यस्तो छोरो कसरी हुन सक्छ ! केही दिनमा यसको चर्चा सेलायो। शान्ता पनि गाउँमा बानी पर्दै गई। तर समस्या अब के गर्ने भन्ने थियो- हाम्रो काठमाडौं नर्फकने निर्णय बालाई खासै मन परेको थिएन। बा चाहन्थे अरू केही नभए पनि गान्टेले पत्रकारितामा नाम कमाओस्। तर, मलाई काठमाडौं जानै मन लागेन सायद शान्ताका बाको डर लाग्यो !

एक वर्षमै हाम्रो छोरो जन्म्यो। घरमा पहिलोपटक यसरी खुसीको लहर छायो। त्यसको अर्को वर्ष बाले खोई कोसँग कुरा मिलाएछन कुन्नि, म बेल्जियम जाने पक्का भयो। विदेश जाने लहर चलेको थियो गाउँमा।

माघको काठयाङ्गि्रँदो एउटा बिहान म बेल्जियमका लागि उडें। करिब छ महिना एउटा शरणार्थी शिविरमा बिताएपछि बल्ल काम सुरु भयो एउटा रेस्टुरेन्टमा। अढाई वर्षको भाँडा माभmने कामबाट राम्रै पैसा कमाइ गरें सायद। स्थायी बसोबासको अनुमति पाइने हल्लाले मन अझै चंगा बनेको थियो। वकिलले पनि बेलाबेलामा कागज बन्ने संकेतका चिट्ठी पठाइरहन्थ्यो, मन ढुक्क भएको थियो। अनेक किसिमका सपना उमि्रसकेका थिए दिमागभरि तर म पक्राउ परें। गैरकानुनी रूपमा काम गरेको र बेल्जियम सरकारलाई ढाँटेको चारवटा आरोप थिए। छ दिनसम्म हिरासतमा राखेपछि मलाई नेपाल डिपोर्ट गरे। एक महिनाको तलब लिनै बाँकी रह्यो चार सय युरोको सीडी प्लेयर कोठामै छोडियो- एउटा उज्ज्वल सपनाको गतिलो छहारी बेल्जियमको लुभेनमा छोडियो।

म काठमाडांैको एयरपोर्टमै फेरि किन पक्राउ परें मैले अझैसम्म बुभmन सकेको छैन। मलाई सादा पोसाकका पुलिसले समातेर सिधै हनुमानढोका पुर्‍याए। सत्र दिन थुनेपछि छोडियो। म किन थुनिएँ, किन फेरि छाडिएँ कसैले केही भनेन। म थुनिनुको हीनताबोध मलाईभन्दा बालाई बढी थियो। आमाका आँखामा कति दिनसम्म आँसु रोकिएनन्। तीन वर्ष दऽई महिना बेल्जियम र सत्र दिन हनुमानढोकामा बिताएर घर र्फकंदा गाउँभरि अनेक खाले हल्ला चलेका थिए। बा निराश थिए, आमाका आँखामा आँसु कहिल्यै रोकिएनन्, शान्ता टोलाएको टोलाई गर्न थाली। चार वर्षको छोराले के बुभmथ्यो र ! बा भन्ने आँट पनि गरेन। बस, मेरो जिन्दगीको कहानी यत्ति हो।

मैले दिनभरि चर्का घाममा ठिङगि्रङ उभिएको डुम्रीको बुटोलाई हेरेको हेर्‍यै भएँ। जिन्दगीको अर्थ डुम्रीका बोक्रा बोक्रामा पट्पटी फुटेको छ। साँझ बडेमानको हुरी चल्यो र बारीको धूलो सोहोरेर जयश्री खोलाको बालुवामा मिसियो। यो जिन्दगी पनि त त्यस्तै हुरीको झोंकाजस्तै हो। जसले केही क्षण अलिकति सोहरत सोहोरेर कुनै घाटमा उस्तै बालुवामा विलीन हुन्छ।

साँझ छिप्पिँदै जाँदा दिमागमा आत्महत्याको कुराले गहिरो गरी डेरा जमायो। मलाई लाग्यो अब बाँच्नुको अर्थ समाप्त भइसकेको छ। दिनभरिको काम र घामले सबै थाकेका हुन्छन्। बा आमा त अघि नै निदाएजस्तो लाग्यो। शान्ताले घुर्न सुरु गरी पुन्टेले आँ गरेर सास फाल्यो र लुपुक्क आमाको छातीमा टाँसियो। मलाई अन्तिमपटक सबैको अनुहार हेर्न मन लाग्यो- पुन्टे कम्ता राम्रो छैन। अन्तिमपटक शान्ताको निधारमा चुम्बन गरें। मेरा आँखाबाट आँसुका थोपा बुर्लुङ्ग पल्टे। हिँड्ने बेलामा मैले बाको कोठामा चियाएर हेरे बा-आमा मस्त निद्रामा देखिए।

मलाई मर्ने बेलामा कुनै नोट लेख्न मन लागेन। मैले देखेको छु मर्नेहरूका आफन्तहरू जिन्दगीभर त्यस्तै नोट पढेर रुने गरेका छन्। मेरा बा, मेरी आमा, मेरी श्रीमती र मेरो छोरोले मलाई सम्झेर कहिल्यै रुनु नपरोस्। घाँस बोक्ने नाम्लो समातेर म सिधै डुम्रीको बुटोतर्फ लागें। रात हल्का चिसो भएको थियो, बारीभरि आमाले ओसारेका गोबरका थुप्राको अजीब किसिमको संसार थियो। माथि मुकुन्दसेन डाँडाबाट छड्के परेर देखिएको चन्द्रमा कम्ता सुन्दर छैन ! मैले भोलिदेखि यो शीतल रात, यो चन्द्रमा, यी भेल्लरका बुटाहरू, सुकबहादुर जेठाबाको हाँसो, गडम्दीबाट ओरालिने ढाक्रेका सुरिला गीतहरू केही पनि देख्न पाउनेछैन, सुन्न पाउनेछैन।

झुन्डिने बेलामा बालाई सम्झें, फन्फनी रिंगटा लाग्यो, पेटभित्रैबाट आन्द्रा बटारिएर आए। भोलि ती बूढा बा तरतरी आँसु बगाउँदै छोराको लास बोकेर घुमाउनीतिर लाग्नेछन्। आमा र शान्ता बेहोस होलान् सायद। छोराले खोई के गर्ला। अलि बुझ्ने भएपछि नामर्द-लाछी भनेर धिक्कार्ने होला ! म तुर्लुङ्ङ झुन्डिएँ, मेरो घाँटी एकपटक कच्याक्क गर्‍यो र तिनिक्क तन्कियो। हात लल्याकलुलुक भए। घाँटी बाँधिएपछि हातको शक्ति सबै क्षीण हुने रहेछ नत्र हातले घाँटी माथिको रसी समातेर मान्छे मर्दा-मर्दै पनि बाँच्न सक्छ। खुट्टा धेरैबेर फट्फट्याइरहे। हरे ! कति सकस हुने रहेछ मर्न ! जसले जे भने पनि बाँच्नभन्दा मर्न झन् गाह्रो हुने रहेछ ! करिब चार मिनेट जिन्दगीसँगको संघर्ष पछि म पूर्ण रूपमा मरें ! मेरा बाका सपना मरे, छोरोको भविष्य मर्‍यो।

रातभरिमा मेरो शरीर ढाडिएर बडेमानको भएको थियो, आँखा चिम्म परेका थिए, हात गोडा लुला भएर अझै उँधो लत्रेका थिए। डोरीले तन्किएर होला मेरो चिउँडो माथि पुगेको थियो र उपल्ला दाँत तल्लो ओठमा घाउ परुन्जेल गाडिएका थिए। खासमा मेरो लास डरलाग्दो देखिएको थियो। हे राम के देख्नुपर्‍यो यस्तो ! भीडबाट आवाज आयो। बा, आमा, शान्ता घरमै बेहोस थिए।

चारजना पुलिसले मेरो लासलाई जतनसँग भुईंमा सुताए। सुकबहादुर जेठाबा भीडमा कसैलाई भन्दै थिए, ‘आफैं मर्ने पाजीहरूलाई सम्झेर रुनु हुँदैन।’ एक हूल केटाकेटी माथिल्लो ढिकमा बसेर एकोहोरो डुम्रीको बुटोलाई हेरिरहेका थिए। मलाई सेतो कपडामा गुटुमुटु पारेर बेरियो। एकैछिनपछि मलाई अस्पातालको पोस्टमार्टम गर्ने कोठामा सुताइएको थियो। हातमा तेज छुरा लिएर बसेका दुईजना मानिस थिए। उनीहरूले पोस्टमार्टमका लागि मलाई चिरे। यदि पोस्टमार्टम गरेको प्रत्यक्ष देख्ने हो भने कसैले पनि आत्महत्या गर्दैन। त्यति भयंकर हुम्छ पोस्टमार्टम। तिनीहरूले एउटा सानो जिनिस थियो मुटु नजिकैबाट निकालेर सुकिलो सिसामा राखेको- परीक्षणपछि त्यसैले भन्ने होला मेरो आत्महत्याको चार मिनेटसम्मको कहानी। साँझ घुमाउनी मुन्तिर नारायणीको किनारमा मेरो लासलाई चितामाथि सुताइएको थियो। बालाई कसैले डोर्‍याउँदै ल्यायो र मेरो मुखमा पानी हालिदिन भन्यो- बा भक्कानिए। पुन्टेले आगो लगायो चितामा। त्यसै दिन म खरानी परेँ र नारायणीको पानीमा मिसिएँ। सबै छोडिए। म बगिरहेँ नारायणीसँगै।

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.