~गणेश पुर्बछाने मगर~
कुन मोडमा चालेछु नि पाइला मैले
एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन
कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले
स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन
अन्जानैमा कस्तो खाले रोजेछु नि फुल मैले
आखिर टिप्नै नपाइ त्यो ओइलिएर झरी जाने
जवानीको जोश मा कस्तो खाले प्रियसी लाइ चुमेछु नि मैले
आखिर उनि मैले बोल्ने नपाइ सुटुक्कै भागी पोइला जाने
बुझे मैले बल्ल एस्तै रैछ मेरो जिन्दगि पनि बिनाको माछा झै भो
आखिर रैछ तिम्रो मन चक्कु-छुरा थियो मेरो मन सारंगी
प्रेम को भिक्ष्या माग्ने थिए धेरै तर यो रिदय ले तिमिलाइनै रोजेथ्यो
बल्ल थाहा भो रोजाई मेरो गलत रैछ कर्मै खोटो अपुरो भो जिन्दगि
(स्रोत : कविता कुसुम)