~सञ्जय साह मित्र~
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य नेपाली मातृभाषीका साथै नेपालका अन्य मातृभाषीमा पनि त्यतिकै प्रिय रहेको छ । मुनामदनको प्रियतालाई उच्चतम रूप विभिन्न भाषामा अनुवाद हुनुले पनि स्पष्ट गर्दछ । नेपालीमा एमए गर्दा मैले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व विशिष्ट विषय बनाएको थिए“ । देवकोटाको विषयमा सामान्य नेपालीले पनि निकै कुरा बुझेका छन् तर उनलाई विषय बनाएर पढ्दा उनको विषयमा आधिकारिकरूपले जान्ने मौका प्राप्त भएको थियो । मेरो लागि निकै ठूलो अवसर थियो । देवकोटाप्रति हरेक नेपालीको उत्तिकै अनुराग रहेको र सम्भवतः सम्पूर्ण नेपालीको बीचमा सम्पूर्ण क्षेत्रभन्दा लोकप्रिय व्यक्तित्वको रूपमा देवकोटाको पहिचान स्थापित छ ।
देवकोटा मेरा प्रिय साहित्यकार हुन् । उनको जीवनी र काव्यिकताबाट म निकै प्रभावित छु । देवकोटाको काव्य बाल्यावस्थादेखि नै मलाई राम्रो लाग्थ्यो । बाल्यावस्थामा विभिन्न कक्षामा पढाइ हुने कविताले नै मलाई अभ्यन्तरदेखि उनको बारेमा धेरै कुरा जान्ने चाहना एमएमा पूरा हुन पुग्यो । देवकोटाका सम्पूर्ण कविताकृतिको अध्ययन अहिलेसम्म गर्न सकिएको छैन तर उनका कविता, खण्डकाव्य तथा निबन्धको अध्ययनले देवकोटाको सिर्जनात्मक महानताबारे केही हदसम्म परिचित हुने शौभाग्य पाएको थिए“ । देवकोटाका सम्पूर्ण कवितालाई बुभ्mन सक्ने क्षमता ममा छैन । तर पनि केही कविता जतिपल्ट पढियो, त्यति नै बढी अर्थ महसुस भयो । जहा“सम्म मलाई याद छ, देवकोटाको मुनामदन कृतिलाई मैले उनका अन्य कृतिहरूको तुलनामा सबैभन्दा बढीपटक पढेको छु । मैले जतिपल्ट यस कृतिको अध्ययन गरें, हरेकपटक मलाई नया“ किसिमले अर्थ प्रदान गरेको मलाई लाग्यो । वास्तवमा भन्ने हो भने मैले सबैभन्दा बढी एउटै किताबलाई सबैभन्दा बढीपटक पढेको छु, कसैलाई उपहार दिएको छु भने त्यो मुनामदन नै हो । मैले सबैभन्दा बढी प्रति किनेको किताब पनि यही नै हो । मुनामदन खण्डकाव्य मेरो व्यक्तिगत दृष्टिमा मेरो सबैभन्दा प्रिय कृतिहरूमध्ये एक हो ।
बज्जिका मेरो मातृभाषा हो । मैले नेपाली साहित्यमा एमए गरेको छु । नेपाली र बज्जिका दुवै भाषाको साहित्यसित मेरो लगाव रहेको छ । दुवै भाषासित मेरो प्रेम उत्तिकै रहेको छ । दुवै भाषामा म थोरबहुत कलम चलाउने गरेको छु । दुवै भाषाको साहित्यलाई अध्ययन गर्ने प्रयास गर्दछु । बज्जिका भाषाको साहित्यको भण्डार भर्न अनुवाद साहित्य पनि निकै उपयुक्त माध्यम हो । कुनै भाषाको साहित्यलाई अर्को भाषामा अनुवाद गर्दा दुवै भाषाबीच सम्बन्ध पनि स्थापित हुन्छ । नेपाली र बज्जिका दुवै संस्कृतबाटै उत्पन्न भएका भाषा हुन् । नेपालीबाट बज्जिकामा एउटा कृतिको पहिले नै अनुवाद भएर प्रकाशन भइसकेको छ । बज्जिकाबाट नेपालीमा पनि एकजना अग्रज नेपाली कविले एउटा कवितालाई नेपालीमा अनुवाद गरी पत्रिकामा प्रकाशित गराएका छन् । नेपाली मातृभाषीको बज्जिका प्रेम तथा बज्जिका मातृभाषी सर्जकको नेपालीप्रेम एकअर्काको पर्याय अन्य कारणले पनि बनेको छ । बज्जिका सर्जकहरूको बीचमा नेपाली साहित्यको सन्दर्भमा चर्चा चलिरहेको अवस्थामा मुनामदन खण्डकाव्यको महानतामाथि समेत मन्थन छलफल भएको छ । त्यसै क्रममा देवकोटाप्रतिको श्रद्धालाई मूर्तरूपमा परिणत गर्न र मुनामदनजस्तो महान् कृतिलाई आप्mनो मातृभाषीको बीचमा पु¥याउने इच्छा ममा जागृत भयो ।
मुनामदन खण्डकाव्यलाई बज्जिका भाषामा अनुवाद गर्ने कुरा मनमा आउने बित्तिकै डर पनि लाग्यो । मनमा चिसो पस्नु पनि स्वाभाविक थियो । मबाट यस्तो महान् कृतिको अनुवाद सम्भव होला ? भावानुवाद कि शब्दानुवाद ? अनुवाद गर्ने निश्चय मनमा भएपछि एकचोटि पढ्नुप¥यो । यसपालिको पढाइमा निकै नया“पन प्राप्त भयो । कतिपय कुरालाई टिपोटसमेत गर्नुप¥यो । अनुवादको दृष्टिले पढ्दा मुनामदनमा मलाई निकै डर लागिरहेको थियो । कहिलेकाहीं डर बढेको अनुभव पनि हुन्थ्यो । तर डराएर काम हुने होइन । एकचोटि निश्चय गरेपछि पछाडि हट्नु पनि भएन । दोहो¥याएर पढें र मानसिकरूपमा आपूmलाई तैयार पारें । त्यसपछि केही साथीसित सरसल्लाह पनि गरें । कसरी अनुवाद गर्नुपर्ला भनेर । सबैको सल्लाहबमोजिम मुनामदन खण्डकाव्यको अनुवाद जति सकिन्थ्यो मौलिकतालाई जोगाउ“दै बज्जिकाको मौलिकतालाई प्रस्तुत गर्नुछ । बज्जिकामा प्रचलनमा नरहेका तथा पहाडी जीवनको लोककथ्यमा प्रचलनमा रहेका शब्दलाई अनुवाद कुनै साधारण काम थिएन । लोकलयलाई पनि बचाएर राखेर सम्पूर्णतः त्यसै लयमा मुनामदनको अनुवाद सम्भवै थिएन ।
मुनामदनलाई अरू भाषामा अनुवाद गरिएका किताबलाई पनि मैले हेरें । त्यसमा पनि समस्या समान नै रहेको देखियो । यसबाट मेरो मनमा केही हिम्मत बढेर आयो । जहा“सम्म सम्भव हुन्छ, मुनामदनका सम्पूर्ण मौलिकतालाई जस्ताको त्यस्तै बचाएर आप्mनो भाषामा अनुवाद गर्नु भनेको भावलाई नबिगारी, नमारी आफ्नो भाषामा अनुवाद गर्नु हो । यस्तो भाव मनमा आएपछि मुनामदन खण्डकाव्यलाई बज्जिका मुनामदन खण्डकाव्य बनाउने क्रम शुरू भयो ।
मुनामदनजस्तो कृतिलाई अनुवाद गर्नु लरतरो काम होइन । पहिले नै मुनामदन खण्डकाव्यलाई अरू कुनै वा आप्mनो मातृभाषामा अनुवाद गर्नेलाई मनमनै धन्यवाद दिंदै अनुवादलाई अगाडि बढाउने कार्यमा दत्तचित्त भएर लागें । मुनामदनको अनुवाद गर्दैगर्दा यस महान् कृतिलाई पढ्दै र आप्mनो भाषामा अनुवाद गर्दाको क्षण मलाई नया“ नया“ कुराको जानकारी भएको अनुभूति हु“दै गयो । कुनै पनि साहित्यिक कृतिलाई अनुवाद गर्नु फलामको चिउरा चपाउनु जतिकै ठूलो काम हो । तर पनि अनुवाद गर्दै गए“ । अनुवादको क्रममा मलाई अरूको पनि सहायता लिनुप¥यो । कहीं कतै कुनै सन्देह भएमा बज्जिका साहित्यकार सञ्जय सुदामा, श्याम चन्द्रांशु तथा शिक्षक किशुनदयाल यादवसित धेरै ठाउ“मा सहयोग लिनुप¥यो । यी तीनजनै मित्रलाई धेरै धेरै धन्यवाद । त्यसो त मेरो प्रवृत्ति के रहेको छ भने कुनै कृतिको तयारीभन्दा पहिले खासखास मानिसलाई मात्रै थाहा दिन्छु । तर यस कृतिको अनुवादको क्रममा नै एक कान दुई कान मैदान भएको थियो । बज्जिकामा मुनामदनको अनुवादको चर्चाले एकातिर मुनामदनको प्रख्याति बढेको थियो भने अर्कोतिर यस कृतिको अनुवाद गरेर प्रकाशन गर्नु मेरो प्रतिष्ठाको विषय पनि बनेको थियो । समय व्यतीत हु“दै जा“दा बज्जिकामा मुनामदन खण्डकाव्य अनुवाद भएर तयार भयो । अनुवादको काम पूरा भएको दिन मेरो अभ्यन्तरमा जुन आत्मसन्तोषको प्राप्ति भएको थियो, त्यो कुनै वर्णनभन्दा माथि छ । शब्दमा यसलाई अभिव्यक्त गर्न सकिन्न । सम्भवतः कसैको मनमा यस किसिमको सन्तोषको जन्म त्यति बेला मात्र उम्रन सक्छ, जति बेला कसैको कुनै निकै ठूलो वा अकल्पनीय कल्पना साक्षात् हुन पुग्दछ । उत्साहका सम्पूर्ण सिमानाहरूलाई नाघेर आपैंm उत्साहित हुन्छ ।
अनुवाद गरेपछि केही महिनासम्म त्यतिकै छोडें । भित्रभित्रै प्रकाशकको खोजी पनि भइरहेको थियो । अनुवाद गरेको केही महिनापछि एकचोटि फेरि मुनामदनलाई बज्जिकामा पढें । आपैंmलाई कस्तो लाग्यो कस्तो । मनमा सयपत्री फुल्यो पढ्ने बेला । गौरको एउटा निजी विद्यालयले मुनामदनलाई प्रकाशन गर्नेे जिम्मा लियो तर निकै कम खर्चमा प्रकाशनको सर्तसहित । स्थानीय तहमा उपलब्ध स्रोतसाधनको आधारमा नै तत्काल प्रकाशनको सोचाइ बन्यो । प्रकाशनपछि विमोचन पनि भयो । विमोचनको खबर नेपालका लगभग सम्पूर्ण प्रमुख समाचारपत्रमा आयो । नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुनामदन खण्डकाव्यलाई बज्जिका भाषामा सञ्जय साह मित्रद्वारा अनुवाद गरिएर प्रकाशनसमेत भएको भनेर निकै महŒवका साथ प्रकाशित समाचारले बज्जिका मुनामदनप्रति पनि मानिसहरूको चाहनालाई बढायो । सामाजिक सञ्जालमा पनि निकै धेरै र अकल्पनीय उत्साहजनक प्रतिक्रिया प्राप्त भए । मनमा लाग्यो कि मैले पनि जीवनमा केही गर्न पुगेछु । मुनामदनमाथि बज्जिका लेखक तथा पाठकलाई गर्व गरेको देख्दा मेरो छाती गर्वले झन् चौडा हुन पुग्थ्यो । कतिपयले त मुनामदनलाई उपहारको रूपमा समेत प्रदान गरेर आपूmलाई गौरवान्वित बनाएको खबरसमेत सुन्नमा आयो । आप्mनो घरमा मुनामदनलाई मैले आपैंmले अनुवाद गरेको प्रति देखेर मलाई आज पनि निकै खुशीको अनुभूति हुन्छ । सम्पूर्ण बज्जिकाभाषीको साझा सम्पत्तिको रूपमा रहेको मुनामदन खण्डकाव्यबाट बज्जिकाको नेपाली भाषासित थप घनिष्ट सम्बन्ध स्थापित भएको छ । बज्जिकाको भण्डारमा वृद्धि भएको छ । मुनामदनको कारणले पनि बज्जिकाको प्रतिष्ठा देशविदेशमा बढ्नु सम्पूर्ण बज्जिका शुभचिन्तकका लागि सुखद पक्ष रहेको छ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)