स्रष्टा परिचय : प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

~पुरुषोत्तम सुवेदी~

नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि Bimal Nivaविमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।

म अवश्य प्रवेश गर्नेछु
नारायणहिटी
पाँच अक्षौहिणी प्रयत्नसहित
विजय नामको साथी
मेरो स्वागतको लागि
आतुर छ त्यहाँ
‘प्रवेश’, ‘एउटा बाहुला नभएको बुसर्ट’, कालचक्र, २०६०Purushotam Subedi

आजको गणतान्त्रिक नेपालको यथार्थ चाहना विमल निभाको प्रस्तुत कविताले २०५४ सालमै व्यक्त गरिसकेको थियो ।

विमल निभाको समग्र लेखनको सार उनकै रचनामा प्रयुक्त हुने तीव्र, ललित र कठोर व्यङ्ग्य चेतनाबाट प्रकट हुन्छ । माक्र्सवादी सौन्दर्यचेतले सज्जित उनका रचनामा कविताको समग्र सुन्दरता हल्का र गहन व्यङ्ग्यबाट विशिष्टरूपमा प्राप्त हुन्छ । समग्र सुन्दरताको अर्थ रचनामा प्रयुक्त हुने विचार, कला र विषयवस्तुको यस्तो प्रयोगलाई लिनुपर्छ, जसले सबै विचार र सौन्दर्य शिविरका पाठकलाई आˆनो वर्गचेतना पहिचान गर्न र सामान्य मान्छेसँगै आ-आˆना दूरी कायम गर्न प्रेरित गरोस् । विमल निभाको रचनामा त्यो शक्ति छ, त्यसैले समकालीन नेपाली कवितामा उनको विशेष स्थान प्रत्येक शिविरले स्वीकार गर्छ । विमल निभाको कवितायात्राका प्रारम्भिक कालका रचना हुन् वा अहिलेका, सबैमा चेतना र सौन्दर्यको त्यस्तो फरक छैन । उनले व्यक्ति, प्रवृत्ति र सरोकारका अनेक क्षेत्रहरूमा हस्तक्षेप गरेका छन् र प्रत्येक कविता तरल, सरल, कठोर तर सम्प्रेषणीय सिर्जनाका अग्नि परीक्षामा खरो उत्रन्छन् । तीन दशकको काव्य साधनामा उनले अनेक आन्दोलन, वाद र साहित्यिक सक्रीयता देखे-भोगे, सिर्जनामा र शारीरिक सक्रीयताको तहमा । उनी निरन्तर सिर्जनारत रहे तर प्रगतिशील लेखक सङ्घबाहेक अन्य कुनै सङ्घ र आन्दोलनमा सहभागिता जनाएनन् ।

ओ श्रमजीवी देवदूतहरू!
म साक्षी हुँ
तिम्रो प्रत्येक गतिविधिको
दुःख र पीडाको
लडाइँ र बलिदानको
यातना थकान र छट्पटिको
म स्पष्ट भन्छु
भविष्य तिमीहरूकै हो ।
‘इतिहास’, ‘आगोनेर उभिएको मानिस’, २०४०, प्रतिबद्ध त्रैमासिक ‘लहर’

राजनीतिक, दार्शनिक, नैतिक र शारीरिक तहमासमेत विमल सामान्यजनको पक्ष लिन्छन् । माक्र्सवादी सौन्दर्य दृष्टिप्रति भावनात्मक, रचनात्मक र वैचारिक पक्षधरता रहेको यथार्थ प्रत्येक कविताबाट स्पष्ट हुन्छ ।

विमल निभाको अध्ययनको व्यापक फैलावटमा विश्वका अनेक देश र भाषाका उपन्यास, नाटक, कथा, निबन्ध र कविताहरू पर्छन् । उनी ती रचना र रचनाकारबाट प्रभावित पनि बन्छन् तर ती रचनाको प्रभावले आˆनो जमीनबाट काटिँदैनन् बरु उनको व्यापक र गम्भीर रचना प्रक्रियामा त्यसबाट थप ऊर्जा प्राप्त हुन्छ । बाहिरी रस ग्रहणबाट उनका कविको स्वकियता प्रभावित छैन । अतः एउटा समर्थ रचनाकारको रूपमा उनलाई वाहृय प्रभावले कुनै फरक पर्दैन । आजको नेपाली कविताको राजनीति प्रतिबद्ध तर कला र विषयवस्तुको सन्तुलनका स्पष्ट समर्थक सर्जकका रूपमा कवि विमल निभा विशेष र अग्रणी स्थान राख्छन् । उनी नेपाल र विश्वको आजको संवादहीनता, छद्म र सन्त्रासविरुद्ध प्रतिरोधरत छन् र सामान्य मान्छेसँग यसविरुद्ध एकताको हात बढाउँछन् । उनी भोक, रोग, शोषण र व्यक्तिगत तथा सामूहिक सन्त्रासलाई स्पष्टरूपमा अस्वीकार गर्छन् र समकालीन नेपाली कवितालाई कलाको आवरणमा फसाएर अमूर्तता र सतर्कतामा पुर्‍याउने प्रत्येक प्रयासविरुद्ध सचेततासाथ धावा बोल्छन् । विमल निभा आजको नेपाली कविताका एक जिवन्त तथा उत्तेजक सर्जकका रूपमा तीन दशकभन्दा लामो आन्दोलन र अर्थपूर्ण सिर्जना संसारको निर्माण गर्न सफल रचनाकार हुन् । उनको रचनात्मक निष्ठा स्पष्टरूपमा वर्गीय पक्षधरताबाट अभिप्रेरित छ र उनका कविता यसर्थ सामान्य मान्छेका जिवन्त गाथा हुन् । समकालीन सङ्कट, सङ्कल्प र द्वन्द्वको सम्बन्धमा जनप्रतिबद्ध हुँकार छ उनका समग्र रचनामा । कला र विचारको यस्तो विराट बुनोट अन्य नेपाली कविमा उनमाझैँ प्रच्छन्नरूपमा प्रतिध्वनित छैन र अभिव्यक्तिको यस्तो प्रत्यक्ष प्रहार क्षमता पनि उनी मौलिक रूपमा कायम राख्छन् । विमल निभालाई मूल्यसहितको मान्छेको चिन्ता छ । मान्छेको गरिमा र समानताप्रति ऐक्यबद्धताको प्रयास उनले सधैँ नै गर्दै आएका छन् । सामान्य मान्छेको खुसी, समृद्धि र इज्जतप्रति प्रतिबद्ध भएकाले गर्दा उनका कविताले सामाजिक एकता र सद्भावको माध्यमबाट प्रत्येक वर्गलाई सम्बोधन गर्छन् । विमलका कवितामा एकातिर माक्र्सवादी खेमाले आˆनो सरोकार भेट्छ, अर्कोतिर विपरीत विचारले पनि यथार्थको खरो अभिव्यक्ति पाउँछ । कविताको भाषा, विषयको सरलता र स्पष्टताले बौद्धिक पाठकमात्र होइन, सामान्य साक्षर पाठकले पनि सजिलैसँग उनका कवितामा प्रवेश गर्न सक्छ । यसर्थ उनका पाठक जो कोही पनि हुनसक्छन् । विमल निभालाई मान्छेको सङ्घर्ष, जिजीविषा र आत्मसम्मानप्रति अगाध विश्वास छ । जसले गर्दा उनका कविता अविचल विश्वासका दस्तावेज बनेका छन् ।

पचास वर्षपछि
जर्ज बुसको हाड
गोर्वाचेभका बङ्गाराहरू
र मार्गरेट थ्याचरको
पोलिस गरिएका नङ्ग्राहरू
सबै क्युरियोको पदार्थ
भइसकेका हुनेछन्
-‘क्युरियो’, ‘एउटा बाहुला नभएको बुसर्ट’, कालचक्र, २०६०

कवि निभाका काव्यमा अत्यन्त स-साना प्रसङ्गबाट कालजयी अर्थ निसृत हुन्छ र उनको वर्गीय पक्षधरता स्थुल वा सूक्ष्म जुनसुकै रूपमा पनि लक्षप्रति निसाना साधिरहेको हुन्छ ।

विमल निभा आˆनो सरल, तरल र तिखो काव्यभाषाको सहयोगबाट कविताको बेग्लै संसार निर्माण गर्छन् । उनको भाषा टुटेफुटेको जस्तो लाग्छ तर कविताको भाषा सामान्य देखिए पनि कविताको समग्रताको लागि प्रहारक र अत्यन्त सावधानीसाथ बुनिएको र चुनिएको हुन्छ । आˆनो कविताको केन्द्रीय कथ्य प्राप्त गर्न उनी शब्दहरूसँग खेल्छन् । विभिन्न शब्द, वाक्य र प्रतीकहरूबाट एउटा ऋimष्mिह को सिम्फोनी खिच्न काव्य भाषाको र अर्थको व्यापक मन्थन गर्दै अघि बढ्छन् । विमलको कवि अन्य कविभन्दा यसकारण फरक छ कि उनका कवितामा एउटा आख्यानको बुनोट हुन्छ र त्यो बुनोट कविताको समाप्तीमा मात्र प्रच्छन्नरूपमा उद्घाटित हुन्छ । सामान्यरूपमा हेर्दा विमलको काव्यको भाषा छरपष्ट र एकअर्कासँग असम्बद्ध अपुरा शब्दहरूको कोलाजजस्तो लाग्छ तर त्यस कोलाजलाई खेलाएर उनी एउटा कठोर, क्रूर र त्रासद सत्य र पीडा संप्रेषण गर्न सफलता प्राप्त गर्छन् । उनका कविताको व्याप्ति अथाह छ । त्यहाँ आँसु, हाँसो, पीडा, रोदन, सपना, सन्त्रास, क्रूरता, अन्याय, आक्रमण र जीवनका द्वन्द्वहरू पूरै जिम्मेवारीसाथ आˆनो सरोकार बोकेर उपस्थित भएका हुन्छन् । आक्रामकता, कोमलता र कठोरता हल्का व्यङ्ग्यमा मिसिएर संप्रेषित हुन्छ । उनको काव्यको सबभन्दा शक्तिशाली आयुध उनमा रहेको तीव्र, कठोर र ललित व्यङ्ग्य चेतनालाई मान्नुपर्छ । विमलको कवि वर्गीय पक्षधरताबाट पूरै शक्ति प्राप्त गर्छ, यसैले वर्ग दुस्मनको पक्षमा द्विअर्थी लेखोटलाई उनी शब्दको अपव्यय मान्छन् । वर्ग समन्वयको काल्पनिकतामा खडा रहेको अन्यायको राज्यसत्ताले जेजस्तो तिलस्मी भावुकता र वर्ग समन्वयकारी चाप्लुसी माग गर्छ विमल त्यससँग कहिल्यै सहमति जनाउँदैनन् र आˆनो विश्वासको फौलादी अडानप्रति कहिल्यै सम्झौता गर्दैनन् । यसले गर्दा उनका कविता पूरै मानीवय गरिमाले ओतप्रोत विचारका सम्बाहक बनेका छन् ।

पितृविम्बको रूपमा विमलले ग्रहण गरेका प्रख्यात कविहरू लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, विजय मल्ल र भूपि शेरचनलगायतलाई नेपाली समालोचनाले कहिल्यै सकारात्मक रूपमा ग्रहण गर्न र उचित सम्मान गर्न सकेन । यसमा समालोचकको व्यक्तिगत दोष छैन, उनीहरूको शास्त्रीय समझ र रुपवादी सौन्दर्यचेतना नै दोषी छ । स्वान्त-सुखाय कविताको तिलस्मी वाहृयरूपले आक्रान्त कविताबोध सामान्य मान्छेका सरोकारबाट आप्लाबित विमलका कविता सजिलै ग्रहण गर्न सक्दैन । विमलका कविताको आक्रामकता, समतामूलक चेतना र वर्गप्रेमको व्यापक आकाश ग्रहण गर्न पाश्चात्य र पूर्वीय साहित्यसिद्धान्त अभिप्रेरित आलोचनाबोध, काव्य, सौन्दर्यशास्त्र र रीति अलङ्कारशास्त्र मात्र पर्याप्त हुँदैनन् । उनी काव्यशास्त्र, रीति अलङ्कारशास्त्रको पहुँचबाहिर सामान्य मान्छेका जिजीविषा, पीडा, सङ्कट र घात-प्रतिघातको सामान्य विषय कवितामा टिप्छन् । यसकारण विमलका कविताको मूल्याङ्कन गर्न समाजशास्त्रीय चेतनाबाट मूल्य निरुपण गर्ने राजनीतिक सामाजिक सौन्दर्यशास्त्रीय मूल्य चेतना हुँदै प्रवेश गर्नुपर्छ । वर्ग विभाजित समाजमा विमलको पक्षधरता स्पष्ट भएकोले पक्षधरताको पक्ष वा विपक्षमा रहेर वा उनको दार्शनिक पक्षधरताको जानकारीसहित नै उनका काव्यमा मूल्य निरुपण गरिनुपर्छ । विमल माक्र्सवादी सिर्जना शिविरका सामान्य मान्छेको कवि हुन् । सामान्य पाठक र सामान्य जनताले समालोचक भन्दा एक कदम अघि बढेर उनका कविताको चर्चा, प्रशंसा र मूल्याङ्कन गरिरहेको छ । रिमाल, भूपिझैँ विमलका कविताको चर्चा, विश्लेषण र मूल्याङ्कन गर्न परम्परागत सौन्दर्य मूल्य धारण गर्ने काव्यशास्त्रवादीहरू अघि बढ्ने हिम्मत गर्दैनन् । उनका कविता सामान्यजनले स्वीकार गर्छन् तर पुरस्कार, पाठयक्रम र राज्य संरक्षित क्षेत्रसँग तिनको दूरी रहिरहन्छ । विमल निभाका कलमलाई हतियारभन्दा प्रखर प्रहार क्षमता प्रदान गर्ने तìव उनको रचना दृष्टि हो । जसले गर्दा उनका कविताको सरल र व्यञ्जनात्मक भाषा भङ्गीमा भित्र समसामयिक जीवनमा व्यापक वर्गले रुचाएको बहुलता र जमीनसँग जोडिएको अर्थ प्रतिध्वनित हुन्छ । उनका रचनाले सामान्य मान्छेका पक्षमा जसरी वकालत गर्छन् त्यसरी नै समसामयिक कुरुपता, अभ्लीलता र राजनीतिक, सामाजिक, सांस्कृतिक विद्रुपताको विपक्षमा मिसाइलझैँ विस्फोटक प्रहार गर्छन् । रचनामा उद्घाटित हुने कठोर यथार्थ र स्पष्ट पक्षधरता उनको वैचारिक निष्ठाका कारणले अर्थवान बन्न पुग्छ । विमलका कवितामा राजनीतिक संवेदनाको व्यापक परिप्रेक्ष अभिव्यक्त भएकोले समकालीन जीवनको विराट तस्बिर उपस्थित रहेको छ । उनका कविता यसर्थ समग्र राजनीतिक चेतनासाथ अवतरित भएका छन् । उनी प्रत्येक कवितामा सही विषय, शब्द र बिम्ब खोज्छन् र गहिरो राजनीतिक सरोकार मिसिएको व्यङ्ग्य, कथ्य र चेतनामार्फत मानवता र जीवनमूल्यकै नयाँ परिभाषा व्यक्त गर्छन् । कथ्य र अभिव्यक्ति वा रुपप्रति उनी सचेत रहेकाछन् तर अभिव्यक्ति र रूपले कविताको लक्ष्य चुक्छ भन्ने अवस्थामा उनी निसन्देह कथ्य वा विषयवस्तुप्रति पक्षधरता व्यक्त गर्छन् । यसैले उनको सौन्दर्य चेतना इतरका पाठकहरूले उनका कवितालाई पूरै राजनीतिक रहेको आरोपसमेत लगाउन सक्छन् । अधिकांश प्रतिध्रुर्वी विचारका समालोचकहरूले विमललाई यसरी नै हेर्ने गरेको यथार्थ पनि स्थापित रहेको छ । विमलका कवितामा पछिल्लो समयमा एउटै भाव दोहोरिएको र सिर्जनशीलता स्थिर रहेको भन्नेहरू पनि प्रशस्त देखिएका छन् ।

हाम्रो समयका प्रतिबद्ध राजनीतिक कवि भएकाले माक्र्सवादी चेतनाको पक्षधरता उनको कविताको प्राण हो । यसो भन्दैमा उनका कवितामा राजनीतिको मौकापरस्त चरित्र, बामपन्थी महानताको बखान र पुँजीवादको पतनोन्मुख चरित्रमात्र टिपिएको छैन, मानवजातिले भोग्नु परेको पीडाविरुद्धको स्वर त्यहाँ घनिभूत रूपमा विस्फोट भएको स्पष्ट देख्न सकिन्छ । कविताको अर्थ अनेक स्तरमा लगाउन सकिन्छ र उनका कविताका आयाम बहुविध रहेका छन् । शैली, बिम्ब, रुपक, चेतना र चित्रणको मौलिक र दुर्लभ बुनोट कवितामा रहेकोले उनका कविताको मूल्य, बान्की र प्रयोगको विराटता अनेक आयाममा हेर्न, भोग्न र व्याख्या गर्न सकिन्छ । नेपाली कवितामा रूप, विषयवस्तु र हस्तक्षेपको सिर्जनात्मक व्यापकता विमलका कवितामा जसरी उपस्थित भएको छ अन्य कविमा यस्तो विलक्षणता विरलै पाइन्छ । आˆनो समयका अग्रणी तथा विचार र व्यवहार एकनास रहेका कविको रूपमा उनले नेपाली कवितामा पूरै शक्तिले हस्तक्षेप गरेको देखिन्छ ।

सुन्दरी प्रजातन्त्रको तीक्ष्ण कटाक्षले
घाइते छ एउटा योद्धा
युद्ध चलिरहेछ निरन्तर
आजसम्म
तर यसको कुनै अर्थ छैन मेरा लागि
खाएको छैन मैले
मुक्तिको सपथ
तिम्रो शासनको
एउटा कम्युनिस्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय
-‘प्रेम’, ‘एउटा बाहुला नभएको बुसर्ट’, कालचक्र, २०६०

जनताको मुक्तियुद्ध विसर्जन गरेर संसदीय भाषामा पसेका वा पस्न लालायित कम्युनिस्ट पार्टीहरूको छाला काड्ने यस कविताले उनको विचारको स्पष्टता समेत उजागर गर्दछ ।

नेपाली समालोचना साधारणतया भाषा र साहित्यका शिक्षकहरूले आफूले पढेका सिद्धान्त र काव्यशास्त्रीय समझको आधारमा कक्षाको पाठ्यक्रम अनुसारको सामग्रीको लागि लेखिएको एकोहोरो रुपवाद र सैद्धान्तिक फलाकोको रूपमा रहेको छ । कवितामा टिपिएको जीवनका नयाँ सङ्कट, मूल्य र हस्तक्षेपसम्म समालोचकहरू पुग्न सकेका छैनन् । विजय मल्ल, गोपालप्रसाद रिमाल, भूपि शेरचन, वाशु शशी, कृष्णभक्त श्रेष्ठ, कुन्दन शर्मा, हरिभक्त कटुवाल, उपेन्द्र श्रेष्ठ, पारिजातलगायत आधुनिक र सरोकारवादी कविहरूका कवितासम्म पनि नेपाली समालोचनाको प्रवेश भएको छैन । कविको अग्रगामी सिर्जना हेर्ने, बुझ्ने र मूल्याङ्कन विश्लेषण गर्ने समालोचक कविभन्दा अध्ययन, चेतना, मूल्य निरुपण र विषय विश्लेषण गर्न अगाडि जानुपर्छ तर यो अग्रगामिता कमजोर भएको कारण कवि र विज्ञ पाठक सरह समालोचक नदेखिएकोले नेपाली काव्य सिर्जना र आलोचनाको कुनै मिलनबिन्दु दृष्टिगोचर भएको छैन । कविको चर्चा, विश्लेषण र मूल्याङ्कनमा आलोचनाको हस्तक्षेप नभएपछि पाठक नै कवि खोज्दै आएका छन् र विमल निभा पनि यसरी नै पाठक र बौद्धिक जमातका नजरमा परेका हुन् । पुँजीवादी सौन्दर्य शिविरका समालोचकहरू कालोलाई सेतो भनिरहेछन् पुड्कोलाई अग्लो भनिरहेछन् र मृत्युलाई जीवन भनिरहेछन्, जसले गर्दा सिर्जना र मूल्याङ्कनको दूरी बढ्दै गएको छ र कविका सिर्जनाले आलोचनाका बामपुड्के दुस्प्रयासलाई परास्त गर्दै आˆनो बाटो आफैँ बनाउँदै गएका छन् । यस्तो अराजक, प्रायोजित र मानकहीन समयमा कवि विमल निभा केही समर्थ कविहरूका साथ कविताको राजमार्गमा पूरै जिम्मेदारी साथ हस्तक्षेप गर्न ओर्लिएका छन् । उनको आगमन र हस्तक्षेप सर्वत्र स्वीकृत हुँदैछ । नेपाली कवितामा सतही विद्रोहको प्रायोजित अनुहार देखाइँदैछ । कविताको घनिभूत सत्यभन्दा छद्म बौद्धिकता, आत्ममुग्ध प्रचारवाची र गैर साहित्यिक वितण्डा गरेर काव्यको नक्कली स्वरूप खिचिँदैछ । कवितामा आरोपित दैहिक बिम्ब र छद्म बौद्धिकताले सामान्य पाठकसँग कवितालाई विच्छिन्न गर्दैछ । यस्तो अवस्थामा विमल नेपाली कविताको प्रतिबद्ध र यथार्थ अनुहार लिएर उपस्थित भएका छन् । विमल निभामा आएर एउटा कविता मानक समाप्त हुन्छ र एउटा नयाँ कविता मानक प्रारम्भ हुन्छ । आधुनिकता र प्रयोगको नाममा मोहन कोइराला, इश्वर वल्लभहरूले नेपाली काव्यमा आरोपण गरेको संस्कृत बोझिलता, प्राचीनता र तिलस्मको विपक्षमा गोपालप्रसाद रिमाल, विजय मल्ल, वासु शशि, पारिजात, भूपि शेरचन र अन्य कविहरूले सिर्जना गरेको सरल, नवीन र जनपक्षीय भाषाशैली र चेतनाको निरन्तरता र अझ अग्रगामिता भन्न सकिने प्रविधि र विषयवस्तु विमल निभाले आˆना कवितामा आविस्कार गरेका छन् । उनको काव्यभाषाबाट लोकजीवनका जटिल, क्रूर र भुइँफुट्टापनका सङ्कटहरू र अन्तर्विरोधहरू अत्यन्त सशक्तढङ्गले मुखरित भएका छन् । नेपाली समाजमा युगौँदेखि सामन्तवादको सेवामा सक्रिय मूल्यहरू सामान्य मान्छेको नाममा थोपरिएका छन् तर सामन्तवादका आदर्शहरू शोसित वर्गका र नयाँ लोकतान्त्रिक शक्तिका आदर्श बन्न सक्दैनन् । सामान्य मान्छेका करुणा, मोक्ष, स्वतन्त्रता, प्रगति र अग्रगमनको पृष्ठपोषण कवि विमल निभाका काव्यको अभिव्यञ्जना हो । सामन्तवाद, पुँजीवाद र सांस्कृतिक साम्राज्यवाद विरुद्ध कलमले जनयुद्धरत उनका समग्र कविता यही पक्षधरता र हस्तक्षेपका जीवन्त दस्तावेज हुन् । व्यक्ति स्वतन्त्रता, प्रजातन्त्र, उदारीकरण, निजीकरण र कानुनी राज्यका आडमा राष्ट्रिय स्वाभिमान, एकता र कल्याणकारी राज्यसत्ताका देखाउनकै लागि भए पनि स्थापित मूल्यमान्यता र संस्थापनाहरू मानवद्रोही, देशद्रोही र संस्कृतिद्रोही दक्षिणपन्थी वितन्डावादीहरूको स्वार्थमा सत्ताच्युत गरिएपछि सिर्जनाभएको खाडल पुर्न दुई भिन्न विचार, व्यवस्था र मूल्यका बीचको टकराव र युद्धमा अग्रपङ्क्तिमा रहेर विमलले जनपक्षीय शिविरको समकालीन काव्यफाँटको अग्रभूमिका सम्हालेका छन् ।

भियतनामजस्तै
युद्ध लामो समयसम्म चल्नेछ
प्रेसिडेन्ट क्लिन्टन
जबसम्म न्यायको विजय हुँदैन
तिम्रो हृवाइटहाउस, पेन्टागन
र सीआइए व्यर्थ छन्
असल संसारको जित
सुनिश्चित छ अन्ततः
यो एउटा कविको बयान हो
जसका साक्षी छन् असङ्ख्य कविताहरू
– ‘प्रेसिडेन्ट क्लिन्टन’, ‘एउटा बाहुला नभएको बुसर्ट’, कालचक्र नेपाल, २०६०

विश्वकै दुई विपरीत विचार र संस्कृतिको द्वन्द्वमा विमलको पक्षघात स्पष्टतः अमेरिका वा पाश्चात्य युरिको विपक्षमा रहेको स्पष्ट देखिन्छ तर विरोधिलाई अनावश्यक गाली गलौज गर्ने संस्कृतिमा विमलको कुनै विश्वास छैन । विमलको क्रान्तिको सपना नेपाली कवितामा अत्यन्त सघनरूपले विमलले उठाएका छन् । समानताको आधारमा उनी नेपाली कविताका क्रान्तिकारी शक्तिहरूलाई एक सूत्रमा बाँध्न सफल देखिएका छन् ।

विमलका कवितामा भाषा, शैली, विषय र शिल्पलगायत कविताको अनुहार नै पूरै मौलिक, निश्छल र तरल छ । आख्यानको कलेवरमा बुनिएका अत्यन्त मितव्ययी शब्दका स्थापत्यजस्ता लाग्छन् उनका कविता । प्रारम्भदेखि नै शब्द खेलाउँदै धेरैवटा तर्कसँग सहवास गराएर विमल आˆनो कविताको प्रसव गर्छन् । कविता जसरी प्रारम्भ हुन्छ त्यसले तर्क, अभिव्यक्ति र बिम्बका आख्यानात्मक आकृतिमा पक्ष र विपक्षमा अनेक बहस गर्दै आˆनो कविताको सार पाठकमा सफलता साथ सम्प्रेषण गर्छन् । इलिया एहरेनवर्ग भन्छन् “लेखकमा उच्च कल्पना हुनु राम्रो हो तर यो यतिमै पर्याप्त हुँदैन । लेखकको सबभन्दा महìवपूर्ण गुण इतिहासको दिशा बुझ्ने उसको क्षमता नै हो ।” विमल निभाका कवितामा कल्पना प्रच्छन्नरूपमा उपस्थित छ र इतिहासको दिशा बुझ्ने प्रखर क्षमता र नैतिकता पनि छ । इतिहासको दिशा बुझ्ने प्रयास निरन्तर छ र इतिहासको व्याख्यामा उनी अत्यन्त जिज्ञासु, स्पष्ट र समय पढ्न सक्षम देखिन्छन् । उनका कवितामा मानव सभ्यताका समय बिम्ब, घात-प्रतिघात र चेतनायात्रा अनेक रूपमा उपस्थित छन् । राजतन्त्रको छत्रछायाँमा सामन्त, साशक र जमिनदारबाट लुटिएका, युद्ध सरदारहरूबाट युगयुगमा मारिएका र सतिसालझैँ अडान लिएका कारण सताइएका स्वाभिमानी, प्रतिभासम्पन्न र सिर्जनात्मक सोच भएका सीमान्ततहका मान्छेहरू उनका कवितामा अभिव्यक्त हुन्छन् । कवितामा कडा राजनीतिक हस्तक्षेप पनि कलात्मक बान्कीमा मिसिएर अभिव्यक्त हुनाले उनी कला र विचार दुवैले सन्तुलित निकाश पाउने काव्य चेतनाका कविमा पर्छन् । माक्र्सवादी सौन्दर्यचेतना उनको लेखनको अभीष्ट हो र यसका विरोधमा रहने कुनै पनि विचारप्रति उनी सहानुभूतिशील छैनन् । विमलको सौन्दर्यचेतनाभन्दा पृथक् समकालीन काव्य परिदृष्य बाहिरको अराजकता उनका छेउमा पनि आउन सक्दैन । विचारको स्पष्ट पक्षधरता साथ आˆना कवितामा कलात्मक र प्रयोगशील भाव र शब्द विन्यासप्रति उनी पूरै इमानदार छन् । आˆना अग्रजहरू र तिनको व्यक्तित्व र कृतित्व विमल निभाका अस्तित्व, प्रेरणा र सिर्जनशीलताका आधार हुन् । जसले गर्दा विमल सामन्तवादी संस्कृति नाघेर समतामूलक वैश्विक संस्कृतिको दाबी गर्ने चेतना सम्पन्न समकालीन कविको रूपमा सर्वग्राहृय रहेका छन् ।

त्यो पनि हामीलाई दिनोस्
किनभने हामी शान्ति चाहन्छौँ
त्यसैले युद्धको तयारी गरिरहेकाछौँ
हामीमाथि बलजˆती लादिएको
साह्रै नै सिर्जित र एकतर्फी युद्धको विरुद्ध
हामीले सुरु गर्न लागेको मुक्ति युद्धमा
तपाइँको हामी सहयोग चाहन्छौँ
त्यो हामीलाई दिनोस्
– त्यो पनि हामीलाई दिनोस्, आगोनेर उभिएको मानिस पृष्ठ ३०, लहर प्रकाशन

जनयुद्धको उत्तेजक तर प्रतिबद्ध आग्रह छ यस कवितामा । कविको वैचारिक निष्ठा र कलात्मक हस्तक्षेप बीच अत्यन्त सुन्दर तालमेल र संगति प्रस्तुत कवितामा अभिव्यक्त भएको छ ।

विमलको कविले ग्रहण गरेको आधुनिकता परिवर्तनमात्र होइन नैतिकता, प्रतिबद्धता, बलिदान र अग्रगामी यात्रातर्फ दृढ मूल्य पनि हो । आधुनिकता हरेक समय, विचार र दृष्टिमा परिवर्तनको कारक बनेको छ र त्यसैले जीवनमा परिवर्तन पनि ल्याएको छ । विमलको आधुनिकताबोध सामन्तवाद र समकालीन समाजका प्रतिगमनकारी विश्वास, मूल्य र भावबोधहरू छोड्दै वैज्ञानिक चेतनालाई स्वीकृति प्रदान गर्ने अग्रगामी वैश्विक चेतना हो । सामान्य परिवर्तनहरू भई नै रहन्छन् तर माक्र्सवादी मूल्यप्रति प्रतिबद्ध विमल निभाहरू ती परिवर्तनको मूल्यगत गहिराई टिपेर आमूल परिवर्तनको स्वप्नील सिर्जनशीलता र यथार्थतालाई बढी मानवीय अनुहारमा बदल्न चाहन्छन् । आˆना रचनामा आरोपण गरिने जीवनसङ्घर्षभित्र मानवीय संवेदना र सङ्घर्षशीलताको विकास र प्रारुपिकरण विमल निभाका कविताको विषय हो । आˆना कवितामा तथाकथित बौद्धिकता, प्रयोग र तिलस्मको सट्टा उनी समसामयिक जीवनका यथार्थ भेदन गर्ने स्वाभाविक कविता संसारको निर्माण गर्छन् । विमल निभा व्यक्ति र कवि कवितासँग यति समर्पित छन् कि आˆना समग्र विश्वास र संवेदना कवितामार्फत उद्घाटन गर्छन् र कवितालाई कामरेड मान्छन् । “जसरी किसानहरू खेती गर्छन्, मजदुरहरू श्रम गर्छन्, गायकहरू गाउँछन् त्यसरी नै म स्वभाविक रूपमा कविता सिर्जना गर्छु ।” -कविता सोच, २०४९) सामान्य मान्छेका पङ्क्तिमा कवि विमल उपस्थित छन् त्यसैले सामान्य मान्छेका पीडा, विषाद, आल्हाद उष्मा र सङ्कटसँग उनका कविता एकाकार हुन्छन् । स्वाभिमानी र विवेकपूर्ण जीवनदृष्टि, आस्था, आत्मबल र सामाजिक सरोकारले सिर्जनशीलतामा अत्यन्त महìव राख्छन् । जति ठूलो कवि हुन्छ उसको कविताको समकालीनता त्यति नै प्रतिबद्ध हुन्छ । समर्थ कविले जहिले पनि आˆनो समयको विषयवस्तु, प्रविधि, उपकरण र कलाको समकालीनता ग्रहण गर्छ । उसको सिर्जनशीलता निरन्तर नयाँ क्षितिज ताकेर हिँड्छ, कहिले स्थिर र थकित हुँदैन र त्यो तुरुन्तै फल खोज्ने वा कुनै पनि मूल्यमा भौतिक प्राप्तिको लागि टाउको निहुराउने पनि हुँदैन । यस्ता कडा मापदण्डबाट गुजि्रएको कवि नै दीर्घकालसम्म टिक्छ । छोटो समयमा खहरे गड्गडाएझैँ दौडिएर आˆनो सिर्जनशीलता बेच्नेहरूको जमातमा यस्ता साधकहरूको मूल्याङ्कन र खोजी गर्ने कार्य ढिलो हुन सक्छ तर यथार्थ यही हो, जसले विमल निभालाई समकालीन कविहरूको अग्रपङ्क्तिमा खडा गर्छ । विमल निभाका कविता पढ्नु नेपाल र नेपालजस्ता अनेक भौगोलिक क्षेत्रका ठगिएका, लुटिएका र सपना कुल्चिइएका मान्छेका जीवन पढ्नु र त्यसमा नैतिक र भौतिक एक्यबद्धता जाहेर गर्नु हो । समकालीन मान्छेले भोगिरहेका जटिलताको स्पष्ट चिरफार गर्दै साधनहीन र शोषितका पक्षधर कवि विमल तिनको जीवनको सुन्दरताका पनि काव्यिक पक्षधर कवि हुन् । संसारभरका कविला सरदार र युद्ध सरदारहरू, तानाशाह र नयाँ सामन्तहरूमात्र होइन कविको निसानामा ती फोहोरीहरू पनि परेका छन्, जसले झूटो सपना देखाएर सामान्य मान्छेलाई अन्तरआत्मामा चोट पुर्‍याएका छन् र लुट्नसम्म लुटेका छन् । राजनीतिक आन्दोलनबाट हुर्किएको जनताको महìवाकाङ्क्षाले जबजब असफलता, हतासा र सुखद सपनाको मृत्युको पीडा प्राप्त गर्छ र अपसंस्कृतिले जब सामान्य मान्छेको घाँटी थिच्छ, विमल निभा त्यस दुस्वप्नविरुद्ध पूरै शक्तिले जाई लाग्छन् । जनताको रगत चुसेर बसेको राजशाही विरुद्ध विमल निभाको आक्रोश यति तीव्र छ कि उनका अधिकांश कविता प्रतिरोधी राजनीतिक चेतनाको खम्बाको रूपमा निकै तिखा छन् र आक्रामक रूपमा आगो ओकल्छन् । साढे तीन दशकभन्दा लामो कवितायात्रामा विमल निभाले कमाएको सबैभन्दा ठूलो शक्ति उनको नैतिकता, प्रखर प्रतिरोध क्षमता, अग्रगामी माक्र्सवादी द्वन्द्वबोध र क्रान्तिकारी काव्य प्रतिबद्धता नै हो । विमल निभाका कवितामा वास्तवमा स्वतन्त्रताको बास्ना र क्रान्तिको प्रखर पक्षधरता अभिव्यञ्जित छ र छ कठोर प्रतिरोधी अडान पूरै माक्र्सवादी सौन्दर्यदृष्टिले सम्पन्न । उनको भाषामा रहेको निर्दोष सरलता एकातिर कविको मौलिक शैली प्रतिबिम्बित गर्छ अर्कोतिर आख्यानको तानाबानामा सङ्गठित कविता आˆनै किसिमले प्रारम्भ-विकास-समापनको अनौठो संरचनामा बुनिन्छ । विमल आˆना पूर्ववर्ती र समकालीनहरूले नभेट्ने विषयवस्तु सामान्य जीवनबाट टिप्छन् र जीवनका यथार्थहरू सौन्दर्यचेतनालाई झक्झकाएर प्राप्त गर्छन् । उनका कवितालाई पाठकसम्म निरन्तर पुर्‍याउने वा पाठकलाई कवितासम्म आउन इच्छुक बनाउने अर्को पाटो कविको राजनीतिक व्यङ्गको साप्ताहिक स्तम्भ लेखन हो । नेपाली पत्रकारिताका स्तम्भमा विमल जस्तो व्यङ्ग्य लेख्छन्, त्यसको कारण उनका पाठकको एउटा छुट्टै पङ्क्ति बनेको छ । उनको भाषा, चरित्र र भौगोलिक चित्रणमा वीरगञ्ज र भोजपुरी भाषाको बास्ना पनि जोसुकैले ठम्याउन सक्छ, जसले गर्दा विमलका गद्य रचना वा कविता वास्तविक जीवनका इमानदार प्रस्तुति बन्न पुगेका देखिन्छन् । भारतीय जनकवि गजाननमाधव मुक्तिबोधका शब्दमा “काव्य प्रक्रिया आत्मपरकबाट समाज परक वा जगत्परक हुने क्रमको एक लामो र कठिन सांस्कृतिक प्रक्रिया हो ।” विमलका कवितामा पनि निरन्तर जगत्परक हुने क्रममा निरन्तर निखार आउँदै गरेको देखिन्छ । उनका दुई काव्य सङ्ग्रहमध्ये पछिल्लोमा पहिलोभन्दा वैचारिक घनिभूत रहेको देखिन्छ । उनको वैचारिकतालाई आन्दोलन संलग्नताले जति ऊर्जा दिएको छ, त्यसभन्दा ज्यादा उनी नेपाली र विश्वकै वाम आन्दोलनको नैतिकता, वलिदान, लक्ष्यप्रति निष्ठा र विचार दृढताबाट बढी प्रभावित देखिन्छन् । अध्ययन र सूचना पहुँच रहेका सक्रिय र प्रतिबद्ध रचनाकार विमल नेपाली कविताको समकालीन धाराको अग्रणी कविको रूपमा आफूलाई उभ्याउन सफल देखिन्छन् । विमलसँग अत्यन्त सहज, स्वाभाविक र सरल ढङ्गले सामान्यजनसँग आˆनो कुरा राख्नसक्ने र सामान्यजनको कुरा कवितामा संप्रेशण गर्नसक्ने विशेष क्षमता छ, जसले गर्दा कविताको एकएक शब्दमा अत्यन्त मौलिकतासाथ सामान्य मान्छेसँगै उनी स्वयं उपस्थित रहेका छन् । क्रान्तिले ल्याउने उथलपुथलमा, समानताले ल्याउने सन्तोषमा र इमानदार कर्मशीलताले पुर्‍याउने सुनौलो भविष्यमा विमल निभाको अधिकतम आशा र भरोषा केन्दि्रत रहेका छन् ।

इतिहासका लेखकहरू
नोट गर्नोस्
म यो थाल
आफ्नो छोरालाई
उसको तीन करोड सात लाख वर्षको
जन्मदिनको उपलक्ष्यमा
उपहारमा दिन चाहन्छु ।
– थाल, एउटा बाहुला नभएको बुसर्ट, २०६०, कालचक्र, नेपाल

प्रस्तुत कवितांशमा कवि इतिहासलाई जगाउन वा इतिहासको हातमा रहेको पुँजीबाट वर्तमानलाई उपहार दिन चाहन्छन् । उत्तर आधुनिकता वा विनिर्माणका कुरा गर्नेहरूले विमलको यो र यस्ता कवितालाई हेर्न र जमिनसँग जोडिन आवश्यक देखिएको छ ।

वि.सं. २०४० मा प्रकाशित ‘आगोनेर उभिएको मानिस’ र २०६० मा प्रकाशित ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासङ्ग्रह तथा २०४५ मा प्रकाशित व्यङ्ग्यसङ्ग्रह ‘चौथो कालम’ तथा २०६३ मा प्रकाशित ‘छेउको वद्यशाला’ व्यङ्ग्य निबन्ध सङ्ग्रहबाट विमलको रचनात्मक र वैचारिक शक्ति विस्फोट भएको छ । विमल निभाका रचनामा दुई सपनाहरू निरन्तर देखिएका छन् – राजतन्त्रको समूल उच्छेद र जनगणतन्त्रको स्थापना । राजतन्त्र समाप्त भै नै सकेकोले अब जनगणतन्त्रको लागि उनको कलम प्रतिबद्धतासाथ समर्पित हुनेछ भन्ने आशा गर्न सकिन्छ । विमल निभा प्रगतिवादी शिविरका प्रतिबद्ध र समर्पित स्रष्टा हुन् । उनको रचनात्मक निष्ठा र समर्पण आगामी दिनको नेपाली साहित्यको दिशानिर्धारण र वैचारिक सङ्घर्षको निरन्तरताका लागि अझ आवश्यक रहेको छ ।

(स्रोत : मधुपर्क २०६५ माघ)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.