~अभिसेक ढुङ्गाना~
छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है,
म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है ,
पछि फर्की नहेर्नु है |
गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे ,
तिम्रो झुटो दिलासा को सदै भरि आस मा परे,
सदै भरि आस मा परे |
बाचा तिम्रो नानाथरि, सदै भरि साथ दिने,
आज तिम्रो साथ को छुटाई बिष बन्यो मारी दिने
बिष बन्यो मरी दिने |
सम्रन्त मा नभाएनी, माया को मा गरिब थिइन,
आशा अजै मरेको छैन, आउछ रे गरिब को दिन,
आउछ रे गरिब को दिन |
छट्पटीमा छोड मलाई, घाउमा नून छरकानु भन्दा,
मलाई जस्तो नहोस तिमीलाई, खुसि छु तिम्रो राम्रो बन्द,
खुसि छु तिम्रो राम्रो बन्द |
मुना मदन हाम्रो जोडी छुट्नु रैचा एक बिहान ,
तिम्रो डोली ऊठ्दा ऊता, खन्लन यता मेरो चिहान,
खन्लन यता मेरो चिहान|
अन्तिम यो मेरा सब्द तिम्रो बिहेको दाइजो बनोस ,
तिमी सदै असल बन्नु, समाजले मलाई खराब भनोस,
समाजले मलाई खराब भनोस |
आज येति मात्रै सानु लेखे आफनै मन खोलि,
अन्तिम दिन हो नि मेरो, देखने छैनौ मलाई भोलि,
देखने छैनौ मलाई भोलि |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )