स्रष्टा परिचय : सूत्र साहित्यका स्रष्टा अमर त्यागी

~होमनाथ सुबेदी~

सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता, सूत्र साहित्यका स्रष्टा अमर श्रेष्ठ ‘त्यागी’को जन्म भदौ २५, २०२५/१९५२amar-tyagi जनबरी १, मझुवा ओखलढुङ्गा, सगरमाथामा भएको हो । उनको वाल्यकाल र नेपाल आउनु अगाडि उनको ठेगाना कलैया ८, बारा/काठमाडौं, नारायणी अञ्चल थियो । उनी चिट्ठा परेकोले फरवरी १३, २०१२ मा आयोवा आए । एम्.ए. (नेपाली) । सेवा प्राध्यापन । प्रकाशित कृतिः बाँसुरीमा आँसुको गीत –गजल २०५७) । अक्षरहरुको देश (कविता सङ्ग्रह, २०५८), अनुभूतिको जुलुस (सूत्र कविताकृति,२०६०), अभियुक्त ईश्वर (२०६२) अक्षर र आँसु (हाइकु सङ्ग्रह, २०६७) । सम्पादन पनि धेरै गरेका छन् । पुरस्कारः प्रतीक राष्ट्रिय कथा पुरस्कार (२०४५)। नारायणी वाङ्मय पुरस्कार (२०६०), गजल गौरव सम्मान (२०६२) आदि प्राप्त गरेका छन् ।

अमेरिका आएपछि यही यौटा ‘अन्धसत्ता’ सूत्र कथा असार २०७१/२०१५ मा छापिएको छ । यसको प्रकाशन कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौंले गरेको हो । त्यागीको विशेषता सूत्र कथा, सूत्रकविता आदि सूत्र साहित्यको विकासमा रहेको छ र उनको यो सूत्रकविताको वंश पूर्वीय साहित्यको सुक्तिमा खोज्न सकिन्छ । उनले ऐले नारायणी अन्चलका लागि अनेसास गोविन्द गिरी ‘प्रेरणा’ सर्वोत्कृष्ट पुस्तक पुरस्कार यही अन्धसत्ता सूत्र कथामा पाएका छन् । यो सूत्रकथाको लागि यौटा मान्यता पनि हो । अन्धसत्ता– अन्धसत्ता २०७१/२०१५ असारमा कौषिकी साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको यो सूत्रकथामा ७२ वटा सूत्रकथा सङ्कलित छन् । यसमा वस्तु देशको समसामयिक अवस्था, आस्तिक र नास्तिक जस्तो दर्शन, दुव्र्यवहार, छल, स्वार्थ, बैमानी वस्तु बनेका छन् । यिनको उजागर गर्दा हास्य व्यंग्यको सहारा लिएको पाइन्छ । भाषा शैली सरल र आकर्षक छ । निर्मोही व्यास लेख्छन् “अमर त्यागीको साहित्य यात्रा” मा प्रस्तुतिगत शैली शिल्प आकर्षक छ र पछिल्ला अठारवटा सूत्रकथाहरुको प्रस्तुति नाटकीय समेत छ । निर्मोही व्याँसका यीHomnath Subedi2
शब्दसित म पनि सहमत छु यथार्थ परकता, अनुभूतिमयता, संवेद्यता तथा सहज संप्रेव्यता यस कृतिका वैशिष्ठय हुन भने सत्यम् शिवम् सुन्दरम् र बसुधैव कुटुम्बकमको भावना यसका कृतिकारका अभीष्ट हो । त्यागीको त्यागले आख्यान साहित्यमा सूत्रकथालाई अत्यन्त मलजल भएको देखिन्छ । ‘देशभक्त,’ ‘व्यापार’ ‘हडप’ ‘इमान्दारिता’ आजका भ्रष्टाचारी नेतालाई व्यङ्ग्य छ । ‘सर्पदंश’ ‘अपवित्रता’ ‘अनपेक्षित’ ‘परिणाम’ ‘संक्रमित’ ‘अस्विकार’ ‘आर्जन’ ‘प्रमाण’ ‘छल’ ‘विश्वासघात’ कथा यौन मनोविज्ञान र यौन विकृति, दाइजोको समस्या, लुकीछिपी वेश्यावृत्तिको पर्दाफास गर्दछन् । ‘पक्राउ’ ‘यथार्थ’ ‘असुरक्षा’ ‘राजनीति’ ‘वंशज’ ‘नामञ्जुर’ ‘घुस’ आजका क्रान्तिकारी भ्रष्ट चरित्रको उजागर गर्छन् । आजको शोषित समाको दोषलाई अनावरण गर्दछन् । ‘भिन्नता’ समर्पणले मान्छेलाई झुकाउन सकिन्छ भन्छ । पुरस्कार वितरणमा गरिएका भ्रष्टहरुलाई व्यङग्य गर्दछ। विकास, नेताप्रति व्यंङग्य र द्वयर्थक र श्लेषार्थ प्रविधिले कथा निर्माण गरिएको छ । ‘आफन्त’, ‘आफ्नो मान्छे’ न बन्धु मध्ये धनहीन जीवनम्’को दोहोराउँछ । बञ्चना २ मित्र बञ्चना गरेर पेट भरिदैन बरु त्यसबाट तेस्रोले फाइदा उठाउँछ।

‘प्रतिफल’ प्रगतिवादी कथा हो । पहिले शोषण गर्ने पछि एम्बुसमा पर्छ र सम्पति गरिबको हात पर्छ । रहस्य धार्मिक पाखण्ड भन्दा कामको महत्व दर्शाउँछ । विडम्बना परिस्थिति शोषण र गरिबीले गर्दा प्रेमीको अवसात ‘होली’ सामाजिक अव्यवस्थाको चित्रण रहस्यदघोटन लेखक भ्रष्टाचारका दरो साहित्यकार र पत्रकारबाट चोरी बैमानी भएको छ । ‘फाटो’ लेखकले एक लेखकलाई भ¥याङ बनाएर सिक्छ अनि त्यो भन्दा ठूलो पाए पछि त्यसलाई छोडेर ऊ त्यो भन्दा माथिकोसित जान्छ र कुरा काटेर ती पुराना दुवैको बीचमा फाटो पार्छ यो दुव्र्यवहारमा व्यंङग्य छ । ‘स्वार्थ’ देखावटी ‘निस्वार्थ’ का कुरा गर्छन् मानिस । वास्तवमा सत्य सद्भाव र इज्जत, इमान, परोपकार यी सबै स्वार्थपूर्ति गर्न गरिएका बहाना हुन् भन्ने यसको भनाइ छ । ‘परिणति’ मान्छे स्वभावले पशु बन्दै गएकोले डाक्टरलाई समस्या हुन्छ कि औषधी दिदा उसलाई मान्छेको दिने कि पशुको ? ‘समानता’ पुरुष र नारीमा उल्टो ठ्याक्कै हुन सक्दैन किन कि बच्चा पुरुषले जन्माउन सक्दैन । ‘आवश्यकता’ भौतिकवादी यसै धर्तीमा दानव भएमा पनि देवता बनाउनु पर्छ भन्ने कथा हो।

‘व्यक्ति’ कथा निर्माणमा अनेकार्थीको अर्थलाई उपयोग गरेर कथा निर्माण गर्ने प्रविधि छ । ‘शोक’ मान्छे मरे पछि पनि उसको खान पाइन भनेर रोइरहेको हुन्छ । यसमा पनि अनेकार्थी शब्द र अर्थको कथा निर्माण प्रविधि उपयोग गरिएको छ । ‘विश्वासघात’ यौन विकृतिको कथा हो तापनि कथा निर्माणमा द्वितीय पुरुषलाई नै एक र अर्को दोषी प्रमाण देखाएर कथा निर्माण गर्ने प्रविधिको कथा हो यो ।‘अभियुक्त ईश्वर’–अमर बहादुर श्रेष्ठ त्यागीको अभियुक्त ईश्वर ताङ्का संग्रह हो । यसलाई कौशिकी प्रतिष्ठान काठमाडौले २०६२ चैत्र १ गते प्रकाशित गरेको हो । यसमा १२४ वटा ताङ्का संकलित छन् । ५+७+५ +७+७ को अक्षरको क्रममा कथिने यो कविता जापानी वाकाको एक प्रकार हो । यसमा डा. वासुदेव त्रिपाठी र रामकुमार पाँडे र चेतनाथ धमलाको भूमिका रहेका छन् । अमेरिकामा आए पछि यहाँ पहिले देखि नै ताङ्काका पुस्तक प्रकाशित गरेका र लेखिरहेका ताङ्काकार कल्पना सुवेदी र हाइकुकार नारायण अधिकारीसित उनको भेट हुन्छ । अमर अमेरिकामा नै रैथाने भै बस्ने भएकाले वाकाका पुस्तक प्रकाशित लेखकहरुमा शक्तिको वृद्धि भएको मान्नुपर्छ । अमरको स्थान वाका गजल र सूत्रकथा र सूत्र कवितामा दरिलो स्थान छ ।

“अनुभूतिको जुलुस” – अमर त्यागी (श्रेष्ठ) को अनुभूतिको जुलुस सूत्र कविता संग्रह हेमकुमार श्रेष्ठ गंगबु काठमाडौले चैत्र २०६० मा प्रकाशित भएको हो । यसमा सूत्र कविता बारे डा.ध्रुवचन्द्र गौतमको, डा. रमेश गोर्खाली र डा. लक्ष्मण गौतमका सारगर्भित भूमिका छन् । सबैले सूत्र कविताको समर्थन गरेका छन । यो सूत्रको प्रयोग त्यागीले कथामा पनि गरेका छन् । यी सूत्र कविता हाइकु भन्दा पनि साना वा ठूला हुन सक्ने त्यस्तो नियममा जकडिन नपर्ने छन् । तर त्यसरी एकै वाक्यमा एकै हरफबाट कविता बनाउन उखान टुक्का जस्तै गरी सारगर्भित भाव सम्बन्ध वाक्य सिर्जना गर्न सक्नुपर्छ । यी कविता सूत्रको रुपमा थोरैले धेरै अर्थ दिनेछन् र यिनमा पनि भाव रस अलङ्कार ध्वनिको महत्व रहन्छ र अध्ययन हुन सक्छ ।अमर त्यागीको सिर्जना र संगठन दुवैतिरबाट साहित्यले योगदान पाएको छ । उनले ‘बारा साहित्य परिषद’ देवकोटा स्मृति सभा, गजल गुँड, बारा वाङमय परिषद, भोजपुरी वाङमय प्रतिष्ठान, नेपाल भोजपुरी प्रतिष्ठान आदि साहित्यिक संस्थाको संस्थापनमा योगदान गरेका छन् भने सिर्जनामा ‘अन्धसत्ता’ पाँचौ कृति हो । यो सूत्र कथा हो । यसको स्रोत पूर्वीय सूत्र र सूक्ति र उखान टुक्का लोकोक्ति नै हुन् । यो वास्तवमा आख्यानको लघुतम रुप हो नयाँ प्रयोग हो यो कथाको प्रविधि हो । यसमा एक पंक्ति देखि १५, १६ पंक्ति सम्म लम्बाई हुन्छ । यो बुँदागत रुपमा लेखिन्छ । यो विधा सूत्र कथाको स्वरुप बारे अन्ध–सत्ताको स्वकथन एक एक बुँदामा व्याख्या गरेका छन् । सूत्र कथालाई चेतनाथ धमलाले प्रकाशकीयमा लेखेका छन् ‘सूत्रकथा’ प्रयोगात्मक प्रविधि हो । अमरको भाषा शैली बारे सरल सुबोध र व्याकरणसम्मत छ भने डा. निर्मोही व्यासले अमर त्यागीको साहित्य यात्रा यसैको भूमिकामा उल्लेख गरेका छन् । यिनले सूत्र कथा मात्र हैन सूत्र कविता आदि अरु विधामा पनि प्रयोग गरेका छन् ।

अमर त्यागीको व्यक्तित्व र कृतित्वबारे २०६७ र २०६८ २,२ जनाले अनुसन्धान गरेका छन् । यो पुस्तकको दश भक्त सूत्रकथामा १२ हरफ छन् । देशभक्त भनेर व्यङग्य गर्दै नेताहरूलाई भ्रष्टाचारी भनिएको छ । (देशभक्त कथा) व्यापार सूत्रकथा पनि आजको नेतालाई व्यङ्ग्य हो । वास्तवमा यी सूत्रात्मक रुपमा व्यङग्य कथा नै हुन्, यौटा अर्को सम्वादात्मक सूत्र कथाको उदाहरणः

श्याम: पहिले तिमी ज्यादै इमान्दार थियौ नि

राम: हो, पहिले थिएँ, ऐले छैन ।श्यामः के ग¥यौ त इमान्दारितालाई रामः एउटा लुटेराकहाँ बन्धकी राखिदिएँ।

श्यामः लुटेरा कहाँ छ नि त ?

रामः अहिले सरकारमा छ ।

श्यामः के गर्दै छ नि ?

रामः सबैभन्दा इमान्दार बनेरै देश चलाइरहेछ ।

कुनै सीधा गद्य कुनै सम्वादात्मक गद्य विभिन्न तरिकाले यी सूत्रकथा लेखिएका छन् । यी सूत्रकथामा भाषाको तरलता शैक्षिक सहजता संरचनात्मक कलात्मकता कथनगत विश्वसनीयता र कथ्यको कसिलोपन रहेको छ । कथाको कथ्य समसामयिक समाजको विसङगतिलाई व्यङग्य गरेर उजागर गर्नु नै हो । केही वर्ष देखि अमर त्यागी र उनकी श्रीमती जुनु समेत आयोवामा बसी साहित्य सिर्जना गरिरहेका छन् । उनले नेपाल छँदा गरिआएको सूत्र साहित्यको सेवालाई अमेरिकामा पनि निरन्तरता दिइरहेका छन् ।

(इमान्दारिता)

(स्रोत : डिसीनेपाल डट कम)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.