कथा : प्रेमोपहार

~साधना तामाङ~

“हे भगवान तिमीले मलाई कस्तो जीन्दगी दियौ ? न त चाहेरै बाँच्न सक्छु न त मार्न नै सक्छु केवल, केवल नतमस्तक भएर नाटकीय रुपमा र दृश्यमा हेर्न बाध्य छु, कठपुतलीझैँ अरुको इशारामा नचाँउन, तिरस्कृत र व्यङग्यको पात्र बन्न भने पवित्र स्वच्छ पे्रमको उपहार र चोखो जीवन समर्पण गर्दा जीँउदै पीडा र दुखको आगोमा जल्न बाध्य भएकी छु, सायद मेरो भगवानले पनि त मलाई साथ दिन छोड्यो र उपहास ग¥यो, यस्तो सजाय किन भगवान किन ? के कसैलाई स्वच्छ हृदयले, मायाले पूज्नुको सजाय यही हो ? के यो घोर अपराध या पाप हो ? भगवान बरु मलाई मृत्यु दिए कति जाती हुन्थ्यो यो जीवन भन्दा सयौँ…….लाखौँ गुणा राम्रो, म कसरी जीऊँ भगवान कसरी ?”

यस्तै यस्तै भन्दै आफ्नो भूतलाई भाग्य अनि कर्म बनाई दोष दिइरहन्थिन् सधैँ उनी । सोझी, सिधा अनि निश्चल हृदय भएकी रमा जब उनी वसन्तको पंखा हाली हरियाली जीवन लिदैँ स्वच्छ अनि स्वतन्त्र मनको आकाशमा खुशीखुशी उड्दैथिइन् । वनपाखा, साथीसङगी, प्रकृति अनि आफ्नै छुट्टै संसारमा हराँउदैथिइन् लाग्थ्यो स्वर्गबाट भूलवश धर्तीमा उत्रिएकी अप्सरा मेनका, रम्भा भन्दा पनि सुकोमल अनि सुन्दर अङग बतीस लक्षण र गुणलेयुक्त कसको मनमा लोभ जाग्दैनथ्यो होला उनलाई देख्दा सायद आमाबाबा पनि चाँहदैनथे एकछिन आँखाबाट टाढा राख्न, उनप्रति मोहित भएर होला फूलहरु पनि चाँडै फुलिदिन्थे, एकछिनलाई छाँगाछहरा झर्न, खोला बग्न अनि हावा सुसाउन रोकिदिन्थे, उनीसंग रंगिन चाहन्थे । उनै रमा आज जीन्दगीको कुन मोडमा आइपुगिन् यो कल्पनामा पनि थिएन सायद, सायद यस्तै भइदियो वर्तमानमा ।

मृत्यु उनको लागि सायद केही हुँदैनथ्यो होला यो जीवन भन्दा तर कहाँ सकियो र मृत्युलाई अँगाल्न, साथी बनाउन । त्यति शिक्षित नभएपनि सुशील अवश्य थिइन् त्यसमाथि रुप धपक्क अरु के चाहिन्थ्यो र ? समयको वर्षातमा वसन्तको पङख हालेर जीवनलाई साँच्चै उनी फुलाइरहेकी थिइन् यस्तैमा प्रवेश हुन्छ गाँऊमा एउटा शहरिया ठिटो अमन, हेर्दा खाइलाग्दा जीउडाल, व्यक्तित्व सब राम्रै देखिन्थ्यो जसको आँखा रमाको यौवनबाट बिल्कुल नतानिएको होइन । उनी पता लगाँउछ अरुबाट रमाबारे, थियो त उनी केवल केही दिनको पाहुना त्यस गाँऊमा तर एकदुई दिन गर्दै उनी रमासंग बोल्न, नजिकिन चाहन्थे विभिन्न बहाना बनाँउदै कहिले दोबाटोमा, कहिले पानीपँधेरो कुर्दै मौका छोप्छन्, मनमा ऊप्रति त्यस्तो केही भाव नभएपनि सामान्य बोलचाल हुन्छ । अब त यो क्रम दिनचर्या नै हुन थाल्छ विस्तारै अमन रमाप्रति, रमाको मनको जग्गामा आफ्नो मायाका बीऊ छर्न थाल्छ, मनै त हो मनले नमाने पनि जवानीले कहाँ रोक्न सक्यो र ? मस्त जवानी मायाको महमा टाँसिन थाल्छ अनि रमा पनि साँच्चै माया गर्न थाली अमनलाई साँचो दिलले पवित्र प्रेम, गाँऊकी गोरी जालझेल परकै कुरा थियो उनको प्रेम पवित्र र निश्चल थियो अमनप्रति ।

जवानीसंग बग्न थाले, मिसिन थाले, दुवै एक हुन थाले थाहै नभई त्यसपछि के हुन्थ्यो र ? उनी भइन् एक कुमारी आमा । के थाहा थियो र उनलाई आज यस्तो हुन्छ भनेर दोष केही थिएन उनको नत उनको मायाकै फेरी पनि जल्न प¥यो घृणाको आगोमा पुरोडास बनी । उज्यालो जगत पनि अन्धकार भयो आफ्नो इज्जतमाथि कालो कलङ्कको धब्बा लाग्यो जुन कहिल्यै मेटाउन सकिनन् उनले । अब उनीसंग ती माया रहेनन् न त अमनका साथ केवल रहे त पीडाका साथ, उनले दिएका घातका चोट र याद अनि प्रेमको निशानी हुर्किँदै गरेको पेटभित्रको जीव । जीवन त त्यतिकै पनि कठिन थियो उनका खुशी, इच्छा, चाहना त तिलाञ्जली दिइसकेकी थिइन् भन्दा पनि होला सायद कसैलाई मात्र चोखो माया गर्दा, आफ्नो सर्वश्व सुम्पिँदा । माया प्रीतिसंग संगै वाचाबन्धन पनि गरेको थियो अमनले “म तिमीलाई आफ्नो प्राणभन्दा पनि धेरै माया गर्छु, शहरमा लान्छु, तिमीसंग बिहे गर्छु अनि तिमीलाई सुखसंग राख्छु” भनी ती कुराहरु त अब केवल खरानीको डोरी, खोयाको घर अनि कागजको महल भइदियो । जब उनी आमा बन्ने भइन तब उनले अमनसंग भनिन् “मलाई चाँडै बिहे गरी लानू मेरा यी कर्तूतका बारेमा घरका र गाँउलेलाई कसैलाई थाहा छैन, उनीहरु मप्रति धेरै विश्वास राख्दछन् मेरो यो विश्वासघाती काम थाहा पाए भने म कल्पनामा पनि सोच्न सक्दिन के हुनेछ भनेर”

तर उनलाई के थाहा जसलाई उनी आफ्नो भगवान ठानी पूज्थी त्यसैले सुन्दर जीवनमा दुखको डढेलो लगाइदिँदैछ भनेर । उनकै मनको देउता अमन जब आफ्नो स्वार्थ पूरा हुन्छ तब विभिन्न बहाना बनाउन थाल्छ र भन्छ “म अहिले शहर जान्छु, घरका सबैलाई हाम्रो बारेमा कुरा गर्नेछु र विवाहको बन्दोबस्त गरी तिमीलाई लिन म चाँडै आउनेछु, मलाई विश्वास गर रमा मलाई विश्वास गर म चाँडै आउनेछु” यस्ता धेरैधेरै झुठा आस्वासन दिन्छ ।

………….बल्ल देख्यो भनेझैँ गल्ती भइसकेपछि रमा डराउन थाल्छिन् आफ्नो घरपरिवार, समाज र मर्यादा इज्जत सम्झेर अनि कल्पना गर्छिन् “साँच्चै यदि उनले मलाई धोका दियो भने म यो समाजमा कसरी बाँच्नु, मैले कसरी यी अपराधी चेहरा देखाएर बाँच्नु” यस्तै कुरा सोची सशंकित हुन्थिन् उनी । दिनरात नभनी अमनको प्रतिक्षामा आफ्ना नयनलाई बाटोभरि बिछ्याइदिन्थे तर उनको आशा निराशामा बदलिदिन्थ्यो त्यही निराशाले स्थायी रुप लिई उनको जीवनलाई डसिदिन्छ निर्दयी समाजका साथहरुले । दिन बित्छ, महिनौ बित्छ तर अमनको छाँयासम्म देखिदैँन न त उनी फर्कन्छ नै उनलाई अब आश्वश्त हुन्छ धोका दिएछ क्यारे उनले भनी र आकाश छुने सपनाको महलबाट खस्न पुग्छिन् उही समतल भूमिमा जहाँ अब टेक्नलाई पहिलाको स्थान पनि रहेन । छियाछिया हुन्छ हृदय, शरीर पार्थिव र जीवन अध्याँरो देख्न थाल्छिन्, सम्हाल्न खोज्छिन् तर सक्दिनन् उनी, जीवन लङ्गडो र बेसहारा भएको आभाष भयो उनलाई । मायाको नासो, प्रेमको चिनो त सधैँ बढ्दै नै गइरहेको थियो ओकल्न कहाँ मिल्थ्यो, लुकाउन कहाँ हुन्थ्यो र ? कानेखुशी चल्न थाल्छ गाँउभरि र घरसम्म पुग्छ, खोजीनीति त हुन्छ नै आफ्नो घरको इज्जतमाथि आँैला उठ्दा उनीप्रति प्रश्नवाणका प्रहार अनि वर्षिन थाल्छन् एकएक गरी, उनी चुपनै हुन्थिन् कसरी भन्न सक्थिन् तर पनि सत्य त भन्नैपथ्र्याे, बेलिविस्तार लाँउछिन् उनी कुराहरुका तब उनलाई हेयका दृष्टिले लिन थालियो ।

त्यतिका उनीप्रतिका माया आज एकाएक घृणामा बदलिदिन्छ, गाँउका सबैजना छिःछिः दुरदुर गर्न थाले सबैबाट तिरस्कृत हुँदै गए, लाग्थ्यो उनको उपस्थिति, अनुपस्थितिको महत्व रहेन अब कतैपनि फेरी सोच्न थालिन् समाजसंगको संघर्ष, आफ्नो सन्तानको परिचय, तिरस्कृत जीवन अनि निर्दयी समयसंगको सामना र परिस्थितिको खेल क्रमैसंग आँखामा प्रतिबिम्वित हुन थाल्छन् उनी अगाडि, सबैले उनीप्रति गिज्याएको जस्तो लाग्थ्यो खुशीले छाडेर जाने र दुखले सधैँ साथ दिने कुरा गरेर । उनलाई लाग्थ्यो कसरी बाँचु र अब म यो स्वार्थी समाज र संसारमा सायद अबका दिनमा त बादल लागेको आकाश, ग्रहण लागेको सूर्यचन्द्र जस्तै हुनेछ भनी आँखाबाट आँसुका ढिक्का अश्रुसागरमा परिणत हुन्थे । कुमारी आमा समाजमा तिरस्कृत र अपहेलित त हुन्छ नै, उनी ती बोझहरु लिएर बाँच्न चाहन्नथिन् तर ती जन्मँदै नजन्मेको त्यो बच्चाको के दोष छ जो अपराधविना नै मृत्युदण्ड पाउन लागेको छ, मेरो न्याय नभएपनि बच्चाको त न्याय हुनुपर्छ भनी सोच्छिन् उनी । बुढेसकाल लागेका बाबाआमा अरुका उपहास र घृणित शब्दका प्रहारलाई सहन नसकी भगवानको प्यारा बन्न पुग्दछन् अब त उनको को नै थिए र ? अरु त सबै निर्दयी नै थिए पितृवियोगले अझ उनलाई दुखित तुल्याँउछ । जाँउ त कता जाँउ त्यही समाजले दिएका पीडा, उपहास, अपहेलनालाई नै आत्मसात गर्दै त्यसलाई आफ्नो पवित्र प्रेमको फल सम्झन्छे ।

दिनहरु बित्न कति नै लाग्छ र अमिर हवेलीमा ऐसआराम गर्ने होस् या सडकका पेटीमा सुत्ने एक खाते बालक होस् या त रमाजस्तै एक नारी किन नहोस् समयहरु त बितिदिन्छ । यी समयका आगमनसंगै निश्चित दिनमा उनले एक बालकको जन्म दिन्छिन् । अभाव, तिरस्कार, समस्या जे होस् अब उनका केही खुशीका मुना त पलाए । उनी छोरालाई कष्टपीडा झेल्दै हुर्काउछिन्, पढाँउछिन र सक्दो खुशी र सुख दिने कल्पना गर्छिन फेरी सपना सजाँउछिन् जहाँ उनी दुई आमा र छोराको संसार छ ती खुशीहरुसंग फेरी कसरी एक अप्ठेरो शंका उब्जन्थ्यो की छोरालाई बाबुको परिचय कसरी दिने अवश्य सोध्नेछ होला जान्ने भएपछि भनी, त्यही चिन्तामा उनी पिल्सिरहन्थी । जीवन त एक कठपुतलीजस्तै रङ्गमञ्चरुपी संसारमा नाचिदिने, जीवन एक नाटक हो जस्तोसुकै अभिनय गर्नुपर्ने त्यही जीवनको पाटोलाई केही हदसम्म निभाइरहेकी थिइन्

फेरी जीवनमा खलनायक (समय)को आगमन हुन्छ अर्थात उनको छोरो दिनेश जो बाटोभरि हाँसो र उपहासको पात्र बनिदिन्थ्यो साथीहरुमाझ, विना बाबुको छोरो भनी बोलाइन्थ्यो, बतासे उपाधि दिइन्थ्यो । दिनेश नाजवाफ हुन्थ्यो भनाँै त के भनाँै आफैँलाई पनि यसबारे केही थाहा थिएन । उनको कोमल हृदय अनि बढ्दै गरेको मस्तिष्कमा अमिट छाप बन्छ यी कुराहरु अनि आमासंग प्रश्न गर्न थाल्यो “आमा मेरो बुबा को हो ? कहाँ छन् ? किन मलाई भेट्न आँउदैनन्, सबैका बुबा छन् मेरा साथीहरुलाई खेलाँउछन्, घुमाउन लैजान्छन्, मीठामीठा खानेकुरा खुवाँउछन्, राम्रा लुगा किनिदिन्छन अनि कति धेरै माया गर्छन । के मलाई बुबाले माया गर्नुहुन्न ? के मेरो बुबा छैन ?”

यस्तै प्रश्नहरु झटारो हान्न थाले अनि भन्थे “मलाई पनि बाबासंग संगै बसेर कुरा गर्न, घुम्न, माया गर्न अनि काखमा बस्न मन लाग्छ किन पाँउदिन म बुबा किन ?” भनी जिद्धि गरिरह्यो तर रमा सक्थिन् नै के भन्न अनि कसरी उनी भन्थिन् होली ऊ कसैसंगको मायाप्रेममा बस्न गएको नाजायज सन्तान हो भनेर, उनलाई इच्छा थिएन छोराबाट पनि सत्यता थाहा पाएर तिरस्कृत हुन त्यसैले उनी छोरालाई टुलुटुलु हेर्दै आँसुका धारा बगाउन थालिन् । दिनेश प्रत्युत्तरमा केही नपाँउदा आफ्नो जीवनप्रति नैरास्य अनि आमाको मायालाई भुल्दै घृणा र स्नेहप्रति वितृष्णा जाग्थ्यो । सबैको उपहास र तिरस्कार, जीवनका पाइलामा–पाइलामा पाएका चोटिला शब्दका लागि मलम बन्नुभन्दा छुट्टै दुनियाँमा जान चाह्यो र त न आमाको माया न त आफ्नै माया लाग्यो केवल गन्तव्यहीन पथमा आफ्ना कलिलो मस्तिष्कलाई कोमल पाइलाले अविदित यात्रामा डो¥याउछ ।

विडम्बना या भाग्यको खेल रमा फेरी अर्काेचोटि मायाबाट ठगिइन् कि उनी चाहेरै पनि रोक्न सक्दिनन् किनकी गिरिसकिन् उनी छोराको नजरबाट अनि नालायक आमा भइन् छोरासामु । उनको सजाएको सपना फेरी एकचोटी सपनामै परिणत भयो, पहिलेको खाटोमा फेरी चोट लाग्यो त्यही चोटमा अमूल्यरुपी आँसुको मलमले साथ दिइ जीवन सम्हाल्न खोजिन् पुनश्च मृत्युलाई पर्खदैँ वर्तमानमा बाँच्नका लागि, मृत्युलाई केही दिन जीवन साँच्नका लागि । सायद उनी भनिरहेकी थिइन् “यो समाज धोकेवाज छ अरुको दुखमा हाँस्ने स्वार्थी छ अझ त्यसमाथि पुरुष भनाँउदाहरु त झन स्वार्थी, बेइमान, धोकेवाज, छलकपट गर्ने, विश्वास दिँदा अविश्वास अनि सर्वश्व दिँदा बर्बाद गर्न रमाउनेहरु छन् जब मौका आँउछ तब तिनीहरु केही गर्न बाँकी राख्दैनन्, मुटुमा काँडा र पत्थर जमाएर हिँड्छन कसैको जीन्दगीमा हुरी बनी आँउछन् र आगो बनी सखाप पार्छन् त्यसैले कसैलाई माया नदिनू, मन नदिनू जसलाई माया दिँदा जीन्दगीमा तिरस्कारको उपहार र संघर्षसंग मितेरी गाँस्न पर्छ जीन्दगीमा भने नदुखेमो मुटु नदुुुुुुुुुखाऊ, नजलेको मन नजलाऊ, संसार अप्राप्य छ चाहनाहरु नराख खेर जानेछ, सपनाहरु नसजाऊ टुट्नेछ, भावनाहरु नदेऊ लुटिनेछ, आफ्नो नबनाऊ विछोडिनेछ, एक्लै जन्मियो एक्लै हुनेछ मर्दा, एक्लै जीउन सिक न त हुन्छ दुख न त हुन्छ पीडा हैन भने मेरै हाल हुनेछ, मेरै जस्तै हाल हुनेछ, मेरो जस्तै” उनी कहिले रुन्थिन् त कहिले हाँस्थिन्, कहिले नाँच्थिन् त कहिले इशारा गर्दै एक्लै बर्बराउँथिन् ।

मैलै सुनेँकी थिएँ मान्छे, हरेक मान्छे एक पागल हो नभए पागलजस्तै हो । एक सामान्य पागल केही क्षणमै हाँस्ने, रुने, कराउने जे पनि गर्छ भने अर्काे सद्धे पागल यी सब कुराहरु जीन्दगीका मोडहरुमा विधि पु¥याँउदै, निभाँउदै आइरहेका हुन्छन् । देखेँ मैले आज तिनै मध्येका एक पागललाई जो पहिला सद्धे त्यसपछि सामान्य पागल उनमा अब त्यस्तो पीडाको आभाष त हुँदैन होला तर भित्रभित्रै उम्लिएका, उर्लिएका, विगतका तीतामीठा माया, दुख, पीडाका भावहरु त सजिलै निस्किरहेछन् कहिले सडकमा, कहिले गल्लीमा, कहिले वन त कहिले पाखामा अरु त के छ र ? सब स्वार्थी छन्, संसारै यस्तै उडाइदिन्छन् हाँसोमा ती कुराहरु “पागलनी” भन्दै जब बच्चाहरु देख्छिन् त मेरो छोरा दिनेश भन्दै छुन खोज्थिन् छुट्टेको वर्षौँ भयो छोरासंग, नसक्ने सानाहरु उनीदेखि डराँउथे र रुन्थे । सक्नेहरु भए त पागलनी भन्दै लखेट्थे । यसरी एक सुन्दर हराभरा जीवन आज आँखा देख्दै अँध्यारो भएको जस्तै, शरीर भएपनि आत्मा नभएको जस्तो हुुुन परिन् रमा केवल मायामा त्यसैले त भन्छु माया गर्नु कुनै पाप होइन तर त्यसलाई जानेर बुझेर लगाउनु र लगाइसकेपछि त्यसको सम्बन्ध राख्नसक्नु साथै मायाको सम्मान, इज्जत र मर्यादा राख्नु सबैभन्दा ठूलो कुरो हो । केही दिनपछि देखिइन् उनी फेरी मुर्छा पर्थिन घरि त चिच्याँउथिन् ती लरबराएका पाइलाहरु बढिरहन्थे असन्तुलित तालमा म हेरिरहेँ, हेरिरहेँ लाग्थ्यो सायद उनी अब पीडाबाट मुक्त हुर्दँैछिन् अथवा भनौँ दुखपीडाहरु उनीबाट मुक्त हुदँैछन्, उनी बिस्तारै बिस्तारै क्षितिजमा हराइन् कहिल्यै देखापरिनन् मलाई लाग्यो यो नै उनको समाप्ति हो उनको आत्माले शान्ति पाऊन् ।

यी सबबाट मैले थाहा पाएँ नारी आखिर एक फल रहेछ र पुरुष एक धारिलो हतियार काटिन्छ त केवल त्यही फल त्यस्तै, त्यस्तै साँच्चै मायामा होस या घृणा चोट पाउने त केवल नारी नै पुरुष जति गल्ती गरुन् दोष त केवल नारीलाई नै जसरी फल काटिन्छ अँ त्यस्तै गरी त्यस्तै गरी, आखिर मूल्याङ्कन यहाँ के भो र ? नारीको सिङ्गो परिचय कहाँ भयो र ? खै कहाँ भयो र ? आफूलाई आफ्नै परिचय र स्वमूल्याङ्कन गर्न अब के अबला नारीभित्रको अ्याबल नारीलाई सबैले जन्माउन परेन र ?

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.