गजल : काँश ख्वाइनेछ

~लोक राज भट्ट~Lok Raj Bhatta

कुश ख्वाइनेछ ,अनी काँश ख्वाइनेछ,
अब बाघलाइ बाँधेर ,घाँस ख्वाइनेछ।

अर्थ मन्त्रालय मुर्दाबाद, नभने सम्म,
गोबरको चट्नी बनाइ गरीबलाइ, गास ख्वाइनेछ।

कृर्षीमा लगानी अरे सरकारको,सव्वै धनी बर्गका लागी,
हिउँको कपडा बनाइनेछ र ,कपास ख्वाइनेछ।

ख्वाइनेछ यसरी खवाइनेछ,युवा सबै बेरोजगारहरुलाइ,
सन्तान जन्माउन लगाइनेछ, पकाइनेछ र ,रक्सी सँग तास ख्वाइनेछ।

ए सरकार तिम्रा कार्यालयहरुमा,पैशा देखाउनै पर्छ,
बाध्यपारीनेछ र त घुस ख्वाइनेछ, खास ख्वाइनेछ।

भटटटट आउनेछन जहाँज ,करोडौ खर्चिएर,
वगाइसकेपछी बस्ती मन्त्रीहरुबाट थोरै ,आश ख्वाइनेछ।

लोक राज भट्ट
वायल डोटी
हाल धनगढी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.