कविता : बाटो उस्तै अनि गाउहरु

~नाइलु क्याबचा~

बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि
चाल्न खोजी रहेथे पाउहरु,
आकाश उस्तै अनी धर्तीहरु
थकाईको पिडा वस्ता नगरि
त्यो धर्ती माको माया बोक्दै
एकोहोरो हनिएको म
अनिस्चित गन्तब्य अनि
डग्मगाउने खोज्ने पाउहरु,
कतै चिरिबिरी कोइलीका आवाजहरु
त कतै सिरसिर बसन्तको हावा
लटथिदै मन्त्र मुघ्ध पहाडका
अगोचर सौन्दर्यतामा पनि
फेरी बाटो उस्तै अनी गल्लिहरु ।
चल्न वाध्य थिए म फेरी पाउहरु
यसै यसै गुम्सिएर प्रस्फुटन
हुन थालेको अनेकौ
सपना अनि दाउहरु,
चाहेर पनि दुल्न नसकेका मेरा गाउहरु
हेर्दै टोलाउदै अनि कल्पिडाइ
जब म तेक्छु मत्रीभुमी,
नियालेर हेर्दा
उही धर्ती अनि गाउहरु
फेरिएकी कतै यिनको
रङग अनि रुपहरु
संकामा लोलाएर टोलाएको को म
झस्कन्छु अनि बोलए जस्तो लाग्छ ,
चिन्ता नगर तिमी
फेरिएका होलान तिम्रा पाउहरु
तर उस्तै अनि उही छन
बदलीएनन यि तिम्रा
अबोध गल्ली अनि गाउहरु ।।।

नाइलु क्याबचा
संयुक्त राज्य बेलायत
May 6th, 2011

(स्रोत : Sunuwar.org )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.