कविता : आत्महत्या

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

लक्ष्य
पूरा हुन नसक्दा
मैले आत्महत्या गरेको भए
म कसैको पति बन्ने थिइन
मेरो बिहे हुनुप¥यो भन्दै
भतेर खोज्नेहरुको
इच्छा नै भताभुंग हुने थियो
उनीहरुको बधाई
मैले थाप्न पाउने थिइनँ
मैले आत्महत्या गरेर
मरेको भए
ठूलो पाप गरे जस्तो
सम्झन्थे उनीहरु
आत्महत्या गरेर
मरेको भए
मेरा सृजनाहरु
सधैँभरिको निम्ति
बन्द हुने थिएँ
आज म यती धेरै खुसी छु
बाँचेर कविता लेख्न पाउँदाखेरि
बिर्सेर भए पनि
आत्महत्या गरेको भए
मेरो बिर्साइले
कसैको सिउँदोबाट
सिन्दुर झराउने थियो ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : जनकपुर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.