कविता : क्रान्ति भित्रको आभा

~ध्रुब प्रसाद दाहाल~

आयो रसिलो चाड तिहार
घर घरमा जल्दै छ दियो ।
बल्दै छ आफु तर पनि
मन्दैन कत्ती पिर यो ।।

जली आफु अरुलाई
दिने रोशनी जसरी ।
तिम्रो समर्पणभाबको महिमा
गरौ म कसरी ।।

रङिन पृष्‍ठभुमिमा जलेको दियो
हो यो शान्तिको प्रतिक ।
हरायो मनबाट दु:ख,पिर,चिन्ता
ल्यायो खुशीको शुभ संकेत ।।

कहाँ थियो र यो खुशी
पीडित थियो जनमन बेसरिनै ।
जल्नु पर्दछ दियो खुशीको अब
हरक्षण हरपल यसरीनै ।।

उज्यालोको लागि शहिद तिमी
क्रान्ति भित्रको आभा ।
दियौ तिमीले मर्म उपमा
फुल्नेछन अब सुनाखरी-सुनगाभा ।।

कालो निशा चिरी तिमी
दिपशिखा उमंग कान्तिको ।
रोपिये हुन्थ्यो बिज अब,फुके हुन्थ्यो बिगुल
दिर्घकालिन शान्तिको ।।

November 6, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.