गजल : आशिष छ मेरो

~बिदुर अधिकारि~

जुग जुग बाँची रहु ,आशिष छ मेरो
जन्म जन्म हाँसी रहु ,आशिष छ मेरो

तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस्
सधैं भरी हाँसी रहु ,आशिष छ मेरो

तिम्रो पिर चिन्ता सबै ,मेरै तर्फ आवोस
प्रेम माला गाँसी रहु, आशिष छ मेरो

रमणीय स्वर्णिम ती ,सुखै सुखका ताँती
छाती भरी टाँसी रहु , आशिष छ मेरो

मैले दिने भनेका ती ,सुखै सुखका याद
प्रेम भाबले साँची रहु ,आशिष छ मेरो

November 4, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.