~क.दी.~
हिमाल मा यस वर्ष दशैँमा के विशेष गर्ने भन्ने विचार विमर्श भएछ । क–कल्ले के भने थाहा भएन तर अन्ततोगत्वा खानेकुरामा ‘सम्’ भएछ । मलाई सोधेको भए म बुढेसकाल या बुढ्यौलीबारे गरे हुन्न ? भन्ने थिएँ । मान्छेको स्वभावै हो कि क्या हो, आफ्नै परिवेशबारे बढी चाख लिने । त्यसैले ‘परिकार’मा प्रेम हुने कुनै स्वादे–जिब्रोको छनोट हुनुपर्छ, त्यो विषय हिमाल मा ! त्यता अनुसन्धान नगरुँ । मलाईचाहिँ सम्पादकजीले जे भए पनि एउटा निबन्ध लेखिदिन आग्रह गरे । त्यसो भएपछि कुनै एउटै विषयमा रुमलिनु परेन, यताउता चहार्न पाइयो ।
म पहिल्यै पुगेँ बुढ्याइँमा । अलि उमेर ढल्कँदै गएपछि मान्छेको चाख र चाह फेरिँदै जाँदा रहेछन् । मेरै त्यो माथि प्रयोग भएको शब्द ‘अन्ततोगत्वा’लाई लिऊँ । यो पनि उमेरकै प्रभाव होला । म उमेरमा झ्र्रोवादीमा दरिएको मान्छे । अझ् गएको साल, झ्र्रो आन्दोलनको स्वर्ण वर्षका बेला, झ्र्रो–विद्वत्मण्डलीले ‘झ्र्रो दिग्गज’ भन्ने उपाधि समेत ओढाएको । मेरा लेखोटमा संस्कृतका शब्द विरलै देखिन्थे उहिले । अहिले उमेर ढल्दै गएपछि त्यति लामो संस्कृत शब्द सुत्तै छि¥यो यो लेखमा । संस्कृत शब्दहरूमा मोह बढ्दो छ अचेल मेरो । त्यो शायद अहिले संस्कृत भाषाले जताततैबाट गाली खाइरहेको देखेर हो कि ? सहानुभूतिस्वरुप ! त्यो छाडौं । हामी भोजनपट्टि नै लागौं । त्यसका लागि हामी अलि अतीततिर फर्कौं ।
म ८०–९० वर्ष अगाडिको कुरा गर्दैछु । त्यो बेला भोजन तथा खाना भन्ने कुरा नितान्त निजी मामिला हुन्थ्यो या पारिवारिक भनूँ घरभित्रको कुरा । बाहिर खाने भनेको बिहे वर्तमनमा र खूब भए पास्नीका निम्तामा हुन्थ्यो । २०२० सालतिरसम्म म बाहुन–क्षत्रीबाहेक अरू जातका घरको भोजको निम्तोमा पुगेको थिइनँ । हामीले बिहेमा खाने कुरा ‘पञ्चमेल मिठाई’ हुन्थे । त्यो भनेको हलवाई पसलमा पाइने लड्डु, पेडा, बम्बैसन इत्यादि पाँचथोक गुलिया कुरा अनि मैदाका सेता साह्रा ‘पुरी’, नुनिलोमा एकथोक तरकारी र एकथोक अचार । त्यत्ति हो । वर्तमन वा छोरीका बिहेमा मासु एकदम बर्जित थियो । च्यूरा सकेसम्म दिइन्नथ्यो, तल्लो वर्गकालाई बाहेक । दही हुन्थ्यो, तर जुजुधौ साधारणतः हुन्नथ्यो । जुत्ता फुकाली सतरन्जामा या सुकुलमा पलेँटी कसेर खानुपथ्र्यो । मेच–टेबुलको चलन थिएन खाने ठाउँमा । अझ् वर्तमनमा त धोती फेरेर भान्छामा गएरै दालभात खानुपथ्र्यो, बटुकले ‘छोएको’ ।
बाहिर खानलाई होटल र रेस्टुराँ भन्ने त छँदै थिएनन् सात सालअघिसम्म । दरबार स्कूलको छेउमा मास्टरचाको पसल थियो चिया र आलुदम बेच्ने, कि धरहरा मुन्तिर माइलाको ‘स्वारी चप’ बेच्ने । अरू त भट्टी मात्रै हुन्, शहरमाझ् गल्लीका छिँडीमा खुलेका । त्यहाँ नेपाली रक्सी र छोयला कचिला पाइन्थे क्यारे, त्यस्तोमा मेरो प्रवेश भएन । त्यसैले म क्यै बताउन सक्दिनँ । डिं«क्समा सोडा, लेम्लेट (लेमोनेड) पाइन्थे शहरहरूभित्र दुईचार ठाउँमा । त्यो बाहिरै उभिएर घटघट पिएर बाटो लाग्थे हिँड्नेहरू । लडाईंमा गएका सिपाहीहरू फर्कन थालेपछि २००० तिर केही चियापसल खुले । तिनमा उपत्यकामा नामूद एउटा डिल्लीबजारमा थियो— लप्टनको होटल ।
त्यहाँ चियाका साथ केही मिठाई र नुनिला कुरा पाइन्थे । तर, राजनीतिक चेतनाको जन्मथलो मानिने त्यस्ता ठाउँमा राणाका सीआईडीहरूको विशेष नजर परेको हुन्थ्यो र सर्वसाधारण ग्राहक सीमित मात्र जान्थे । त्यसउसले म होटल, भट्टी र चियापसलका खाद्य परिकारको चर्चा गर्न सक्दिनँ भन्ने कबुल गर्दै अर्कोतिर मोडिन्छु । जङ्गबहादुरको मुल्की ऐनले नै तोकिदिएको थियो १९१० मा, बाहुन जातले खान हुने र नहुने कुरा । बीचबीचमा सामान्य एक–दुई कुराका नाम झ्कििए पनि ती दफाहरू २०२० सालमा राजा महेन्द्रले मुलुकी ऐनको संशोधन नगरुन्जेल कायमै थिए जस्तो लाग्छ । तर, दफाहरू कायम रहे पनि तिनको प्रयोग भने २००७ को क्रान्तिपछि हट्दै गयो र पहिलेका ‘अखाद्य’ वस्तुहरू पनि बाहुन जातले विस्तारै खान शुरु गरे । ‘लसुन, प्याज, छ्यापी’ इत्यादि वनस्पति बाहुनका भान्छामा पस्दैनथे । यहाँ मैले बारम्बार ‘बाहुन क्षत्री’ भन्ने दोहो¥याएँ, त्यो मेरो सङ्कीर्णता होइन अज्ञान जाहेर गर्न मात्र हो । किनभने मलाई बाहुन क्षत्री बाहेक अरू कुनै पनि जातको खानपिन र रहनसहनको पत्तो थिएन, मैले क्यै देखेसुनेकै थिइनँ । अरू त के कुरा गर्नु छिमेकी जस्ता नेवारहरूको भोजभतेरमा समेत के के पाक्थे, उनीहरू के के खान्थे भन्ने मलाई थाहा थिएन । हो, एउटा उखान सुनेको थिएँ मैले बालककालमै । त्यसबाट उनीहरू धेरै मीठो खान्थे र अत्यन्तै खर्चालु प्रकारले भोज गर्थे भन्नेचाहिँ बुझ्ेको थिएँ । राणाकालमा, नेवारहरूले समेत अत्यन्तै प्रयोग गर्ने त्यो उखान हो— ‘पर्वते बिग्रियो मोजैले, नेवार बिग्रियो भोजैले’ !
यो विषयान्तर भयो । अब आफ्नो विषयतिरै फर्कूं । नेपालका बाहुनहरूलाई मासु खान बन्देज थिएन तर केको मासु खान हुने र केको नहुने स्पष्टसँग बताइएको थियो ऐनमा । घरेलुमा खसीबोका, भेडाबाख्रा र वन्यजन्तुमा हरिण, जरायो अनि पक्षीमा तित्रा, कालिज, मुनाल, डाँफे, बट्टाई, च्याखुरा, परेवा, ढुकुर इत्यादि खान हुनेमा दरिएका थिए । अरू पशुपक्षी बर्जित थिए । जलचरमा माछासम्म खानुहुन्थ्यो अरू कुरा गँगटो, कछुवा इत्यादि सबै नहुनेमा पर्थे । साधारणतः बाहुन र क्षत्रीका खाद्य पदार्थ समान भए पनि क्षत्री–ठकुरीहरूलाई चल्ने कतिपय कुरा बाहुनहरूलाई चल्दैनथे । कुखुरा दुवै जातलाई बर्जित थिए, तैपनि (वनकुखुरा) लुईंचे, बँदेल र हाँसहरू क्षत्रीले खान हुन्थ्यो, बाहुनले हुँदैनथ्यो । अचम्मैको थियो जङ्गबहादुरको ऐन । हरेक साना कुराहरू लेखिएका थिए त्यसमा ।
झ्र्को लाग्ने गरी खाने–नखाने कुराको फिरिस्त बनाइयो । अब टुङ्याउनीमा एउटा हाँसो उठ्दो प्रसङ्ग जोडेर बिदा हुँ । मदनशमशेर जर्नेलसाहेबको दरबारमा एउटा क्लब थियो— श्रीदरबार क्रिकेट क्लब (एससीसी) । त्यसले हरेक शनिबार एउटा क्रिकेट म्याच खेलाउँथ्यो २००० सालसम्म । क्रिकेट म्याच भनेपछि मध्यान्तरमा ‘लन्चब्रेक’ हुने नै भयो । २०–२५ जनाले दिउँसो भोज खान्थे— मासु च्यूराको । त्यसका लागि बिहानै एउटा खसी काटिन्थ्यो । खसीको मासुको कवाफ बन्थ्यो, च्यूरासँग मुछेर खान हुने लेदो भएको । तर अचम्म के थियो भने मासुको परिकार दुई प्रकारका बन्थे— एउटा लसुन, प्याज, मसला हालेर पकाएको, अर्को लसुन, प्याज बेगरको । त्योचाहिँ बाहुन खेलाडीहरूका लागि भनेर ‘चोखो’ बनाइन्थ्यो । रमाइलो त्यतिबेला हुन्थ्यो जब भोज खान लहरै बसेका खेलाडीहरूका बीच मासु बाँड्दै आएका ‘खानसामा’ (अहिलेको भाषामा कुक)हरू कराउँदै आउँथे, ‘बाहुनको मासु, बाहुनको मासु’ भन्दै । त्यहाँ निकै हाँसो हुन्थ्यो । १०–१२ वर्षको म पनि त्यहाँ पुगेको हुन्थेँ कहिलेकाहीँ । मैले पनि सुनेको छु ‘बाहुनको मासु’को हल्ला र हाँसो ।
(स्रोत : हिमाल खबर १६ असोज १५ कात्तिक २०६८)