~राजकुमार श्रेष्ठ ‘दीप’~
यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु
यिनलाई चोट लाग्दा अझै, मलाई नै दुख्ने गर्छ
नफर्कुन्जेल साँझ घर, आँखा बाटो ढुक्ने गर्छ
मलाई मात्र यस्तो हो कि ? पोखुँ लाग्ने मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु
तोते बोली थोते दाँत, ताते ताते हिँड्दा नानी
हिजो जस्तो लागिरन्छ, आज डोली चढ्दा पनि
काखमै बसाई रहुँकि, लागी रहने मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु
हेर्न सधैँ पाई रहुँ सन्तानका सुखहरु
मन खोली हाँसी रहुन्, नलुकाई दुःखहरु
यसै गरी छल्की दिन्छ मन भित्रै मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु
यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु
(१६ डिसेम्बर २०१३,लण्डन)
(स्रोत : सत्यतथ्य मासिक)