~पुष्पा खनाल~
बाबु हराउनुको पीडा, आमा गुमाउनुको पीडा
साथ सिद्धिनुको पीडा, काख रित्तिनुको पीडा
दशैं आउँछ छोरो आउँदैन
तिहार आउँछ भाइ आउँदैन
मेरो आँगनमा कोइली गाउँदैन
पीडा धेरै भो खुशी छाउँदैन ।
समाजले नि भन्छ तिमी अर्कै कुलको
पानी नखाऊ अब हामीसँग मूलको
हिजोसम्म थियौँ हामी एउटै शुत्र
आफन्त गुमाउँदा भयौं अछुत ।
आमा बाबु छैनन् छैन घरमा छानु
कमाउने गुमाउँदा दुःख लाउन खान
भरोसा नहुँदा हुँदै रैछ हेला
कसैले नपरोस् भोग्नु यस्तो बेला (समय) ।
मागिरहेछौँ राज्यसँग एउटै
कि सास देऊ कि देऊ लास
वर्षौँ भयो निसाफ कुरेको
सँधै पाछौँ किन हामीलाई निराश ।
२९ औं अन्तर्राष्ट्रिय वेपत्ता दिवस (अगष्ट ३० तारीख) को अवसरमा रचित कविता । असह्य पीडालाई छातीभित्र लुकाएर आफन्तको खोजीमा निरन्तर निरन्तर लम्किरहनु भएका ती विशाल मनहरुप्रति समर्पित ।
पुष्पा खनाल
म्हेपी, काठमाडौं
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)