~कात्यायन~
– आदिम स्पार्टाकसले छरेका स्वतन्त्रता-संग्रामको बीजहरू; लमतन्न कुरूक्षेत्र झैं माझमा समर-भूमि बनेर तेर्सिएका छन् |
– पारि मृग-तृष्णामा छटपटाइरहेका पाण्डपहरू झैं मृगहरू छन् |
– वारि मृग-रक्तपानमा हतासिरहेका कौरवहरू झैं ब्वाँसाहरू छन् |
– न त कुनै ऋषिमुनिहरूको मन्त्रले न त विज्ञानले नै उनीहरूका रक्तमासी (डि एन ए ) परिवर्तन गर्न सकिरहेको छ |
*** *** ***
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)