पुस्तक समीक्षा : ‘लुटिएको वसन्त’ कवितासङ्ग्रहलाई नियाल्दा

~रामचन्द्र फुयाल~

नेपाली साहित्यको फाँटमा डा. युवराज सङ्ग्रौला नयाँ नाम होइन । शिशिरमा फुलेको गुराँश शीर्षक उपन्यास वि.सं. २०६४ मा प्रकाशित गरी साहित्य यात्राको शुभारम्भ गरेका सर्जक सङ्ग्रौला एउटा अर्को कोसेली लिएर फरक विधाबाट पुनः नेपाली साहित्यमा टुप्लुक्किएका छन् । वि.सं. २०१६ पुस २९ गते नेपालको सुदूर पूर्वी जिल्ला पाँचथरको सुभाङमा पिता कृष्णप्रसाद सङ्ग्रौला र माता कृष्णकुमारी सङ्ग्रौलाका कान्छा सुपुत्रका रूपमा जन्मिएका युवराज सङ्ग्रौलाको कर्मथलो विश्वविद्यालयका काक्षाकोठाहरू हुन् भने उनको अध्यापनको विषय कानुन हो । नेपालको कानुनी क्षेत्रका एक स्थापित व्यक्तित्वमा चिनिएका सङ्ग्रौला कानुनकर्मी, प्राध्यापक तथा कानुनी दर्शनका कुशल व्याख्याता पनि हुन् । जिन्दगीका यी दैनिकीसँगै साहित्य सृजनातर्फ लहसिन पुगेका कवि सङ्ग्रौलाको दोस्रो साहित्यिक कृतिका रूपमा लुटिएको वसन्त कविता सङ्ग्रह प्रकाशित भएको छ । यसको प्रकाशन वि.सं. २०६७ कात्तिकमा भएको हो । 

विद्यालयीय र सामान्य विश्वविद्यालयीय शिक्षा नेपालमै प्राप्त गरी भारतको पटना तथा दिल्ली विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका सङ्ग्रौलाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा करिब एक दशक प्राध्यापन गरेका हुन् । नेपालको शैक्षिक क्षेत्रमा फस्टाएका विकृति, विसङ्गति र फोहोरी हस्तक्षेपलाई नजिकबाट नियालेपछि असन्तुष्ट भएर स्थायी उप-प्राध्यापकको पदबाट राजिनामा गरी नेपालको कानुनी शिक्षाका क्षेत्रमा योगदान दिने उद्देश्यका साथ उनले भक्तपुरको दधिकोटमा ‘काठमाडौं स्कुल अफ ल’ को संस्थापन गरे । उक्त संस्थाका पूर्व कार्यकारी निर्देशक सङ्ग्रौला हाल नेपाल सरकारको महान्यायाधिवक्ताको रूपमा नियुक्त भई महत्वपूर्ण जिम्मेवारी पूरा गरिरहेका छन् ।

डा. सङ्ग्रौलाले कानुन तथा मानवअधिकारसम्बन्धी एक दर्जन पुस्तकहरू प्रकाशित गराइसकेका छन् । उनी कानुनी क्षेत्रका पुस्तक लेखनमा सबै सामु चिरपरिचित त छन् नै, साहित्यिक लेखन-सृजन कार्यमा पनि आˆनो सक्रियतालाई सघन बनाउँदै छन् । कानुनी शिक्षा प्राप्तिका क्रममा विश्वविद्यालयका खुट्किला चढिरहेका दुई छोरीहरूका पिता संग्रौलाकी धर्मपत्नी गीता पाठक -संग्रौला) पनि कानुनी विषयकै प्राध्यापनमा क्रियाशील व्यक्तित्व हुन् । शिक्षित तथा अनुकूल पारिवारिक वातावरण र साहित्य सृजनामा आफू समेत अभिरुची राख्ने उनकी जीवन सँगिनी उनको साहित्य सृजनाका प्रेरणास्रोत हुन् । वरिष्ठ प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मा तथा चर्चित उपन्यासकार मेक्सिम गोर्कीबाट प्रभावित सङ्ग्रौलाले पाठकमाझ आˆनो कवित्व क्षमताको आभास भने उनको पूर्व प्रकाशित उपन्यासमा रहेका कविताबाट नै गराइसकेका थिए ।

प्राय मझौला आयामका ४० वटा छरिता कविताहरू कुँदिएको प्रस्तुत कविता सङ्ग्रह ६४ पृष्ठको आयाममा प्रकाशित छ । ‘मिडएड नेपाल’ ले प्रकाशित गरेको उक्त कविता सङ्ग्रहमा कविबारे प्रकाशकको छोटो तर चोटिलो अभिव्यक्ति छ भने डा. जीवेन्द्रदेव गिरीले भावनात्मक प्रस्तुतिसँगै संक्षिप्त रूपमा ओजिलो भूमिका कोरेका छन् । कवि सङ्ग्रौलाले भूमिकामा नै आˆना कविताबारे टिप्पणी गरेका हुनाले पनि लेखकीय मन्तव्य उल्लेख्य विषय रहेको छ । जिन्दगीका भोगाइ र आˆनो क्रियाशीलताको कारुणिक सन्दर्भलाई जोड्दै यसैबाट जन्मिएका आˆना अभिव्यक्ति नै यस सङ्ग्रहका रचना भएका हुनाले ती अभिव्यक्तिहरू कविता हुन् कि होइनन् भनी ठम्याउने काम कविले पाठकलाई नै जिम्मा दिएका छन् ।

हरेक विषय र विधाको जस्तै कविता विधाको पनि आˆना मूल्य र मान्यता हुन्छन् । पछिल्लो समयावधिमा साहित्यमा विभिन्न किसिमका प्रयोगहरू देखा परिरहेका छन् जसलाई समीक्षकहरू सकारात्मक र उपलब्धिपूर्ण नै मान्छन् । कविताका क्षेत्रमा भने समसामयिक सन्दर्भमा यसभित्रका मूलभूत दुई किसिमका शैली ः गद्य र पद्य प्रचलित देखिन्छन् । त्यसमा पद्यभन्दा गद्य कविताको लेखन परिमाणात्मक रूपमा अगाडि रहेको छ । गद्यमा लयको आवश्यकतालाई स्विकारिने भए तापनि उक्त लयको संयोजन, पंक्तिसंरचना जस्ता मापदण्डहरू के कसो हुने भन्ने चाहिँ निश्चित वा एकिन छैन, प्राय एक शब्द देखि पन्ध्र/सोह्र शब्द सम्मका पंक्ति संरचना गद्य नेपाली कविता विधामा थुप्रै भेटिन्छन् । यस्तै प्रकारको गद्य शैलीमा कविता रचेका कवि सङ्ग्रौलाले भावना र अनुभूतिको प्रवाह गद्यमा प्रस्तुत गरेकैले आˆना कविताको विधागत मूल्य र स्वरूपबारे सशंकित भएका हुन् भन्ने देखिन्छ । पंक्ति संरचनाका शाब्दिक एकाइ न्यूनतम एक शब्ददेखि लिएर अधिकतम सात शब्दसम्म र त्यसमा पनि सरदर तीनदेखि पाँच शब्दसम्मको पंक्तियोजनाको बाहुल्य रहेको हुनाले सङ्ग्रौलाका कविता भद्दा पंक्तिसंरचनाका नभई छोटा र छरिता छन् । यसबाहेक कविले सन्दर्भित गरेझैं यी कविताहरू विचार पक्षमा सबल त छँदैछन् त्यसमा भावना, कल्पना र अनुभूतिजन्य काव्यका महत्त्वपूर्ण पक्षहरू स्पष्टसँग अभिव्यञ्जित भएका छन् ।

प्रस्तुत सङ्ग्रहका कविताले थुप्रै विषयवस्तुलाई समेटेको छ । राजनीति, समाज, संस्कृति, शिक्षा, राष्ट्र, मानवीय व्यक्तिसोच, लैङ्गिक भेद जस्ता विषय सन्दर्भहरूलाई कविताले अन्तर्वस्तुका रूपमा टिपेको छ । मूल रूपमा राजनीतिक विसंगतिलाई कविताले तीव्र दनक दिएको छ भने मानवता विरोधी चिन्तनमाथि प्रहार गरी मानवतावादको पक्षमा वकालत गरेको छ । यहाँ कवि कतै मातृभूमिप्रेममा लÝनि पुग्छन् भने कतै जीवनको सिर्जनशील बँचाईलाई पूजा गर्दै दार्शनिक चिन्तनामा डुब्छन् । अर्को पक्ष, लेखक सङ्ग्रौला बिस्तारै नारीवादी लेखक ठहरिंदै छन् । ‘शिशिरमा फुलेको गुराँस’ उपन्यासमा ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्मका महिलाका पीडाको उन्मुक्तिका पक्षमा उभिएका सङ्ग्रौला यस सङ्ग्रहका कवितामा पनि विभिन्न किसिमका शोषण, असमानता, अत्याचार र दमनमा पिल्सिएका महिलाको दुर्दशालाई चित्रण गर्दै यसबारे सोच्न बाध्य बनाउँछन् ।

‘लुटिएको वसन्त’ जुन सङ्ग्रहकै नामाकरण गरिएको छ, यस सङ्ग्रहको पहिलो कविता हो । कविका भावना सरल भाषामा अभिव्यक्त भएको यस कवितामा कवि सपनामा प्रकृतिको सौन्दर्य तथा शान्तिमा रम्छन् र विगतका हिंसा, अशान्ति आदिलाई स्मरण गर्दै त्यसलाई सदा भूल्न चाहन्छन् । ‘ऐंसेलु’, ‘काफल’, ‘महचरी’ जस्ता बिम्बमा मानवता, प्रेमी, र भाइचारालाई स्वागत गर्दछन् । ‘विक्षिप्त न्याउली’ कवितामा युद्धका कारण वियोगिनु परेका मायालुहरूका पीडालाई कलात्मक र कारुणिक किसिमबाट उतारिएको छ ।

झिसमिसेमा सबैभन्दा अगाडि उठेर सकी-नसकी जाँतो चलाइरहेकी ग्रामीण बधूलाई नियाल्दा उक्त जाँताको आवाजमा उसका चीत्कारहरू मिसिएझैं लाग्छ कविलाई । ‘गर्जिरहेको जाँतो’ कवितामा समाजका विसंगतिपूर्ण र विभेदकारी मूल्य र मान्यताको गर्जनले उक्त बुहारीको अन्तर्रोदनलाई कडासँग दबाएकोमा उनी भावुक भएका छन् । विरोध र हडतालका नाममा सडकमा दिनानुदिन रबरका टायरहरू बालेर सहरका गरिब गुरुवा र निमुखा बालबालिकाको फोक्सोलाई कालो बनाई अकाल मृत्यु वरण गराउनेहरूको घोर विरोध गर्दछ ‘मुस्लाहरू’ कविता । कवि भन्छन् :

क्रान्तिको नाममा
दिनदिनै
धुँवाका यी मुस्लाहरू
बालबालिकाका जीवनहरू खाइरहेछन्
‘मुस्लाहरू’

कवि भावुक र भावनात्मक बनेका अर्को कविता हो ‘मायाको सुगन्ध’ । भावनासँगै कल्पना पनि मिसिएको यो कविताले राष्ट्रप्रेम, मानवतावादको वकालत र मानवीय सेवाको भाव सुसेल्छ । एउटा अबोध बालकलाई देखेर जीवन र जगत्प्रति दार्शनिक चिन्तन गरी कलात्मक अभिव्यक्ति दिने मान्छे पक्कै पनि कवि हो, सर्जकले यसमा कुनै सन्देह मान्नु पर्दैन । ‘अभिवादन’ कवितामा कवि जीवनको विगत वर्तमान भविष्य र यसको निरन्तरताको शाश्वत् चिन्तनलाई एउटा बालकको बिम्बमा सहजै उतार्छन् । त्यस्तै ‘माटो’ मातृभूमिप्रतिको अगाध प्रेम बोकेको कविता हो । एकाएक कतैबाट मनै लोभ्याउने सुगन्ध आएपछि कस्तुरीले आˆनो सुगन्ध खोज्न भौतारिएझैं कवि सङ्ग्रौला उत्सुकतासाथ त्यसको खोजीमा लाग्छन् । अन्त्यमा उनी पत्तो पाउँछन् :

अनि बाँधिएका मेरा मुठ्ठी खोलें
थाहा भयो तब पो
मगमग बास्ना आइरहेको त्यो सुगन्ध त,
जमिनबाट मैले टिपेको
मेरो धर्तीको माटो पो रहेछ
‘माटो’

विभिन्न समय र परिस्थितिका मोडहरू धैर्यतापूर्वक पार गर्दै आएकी नेपाल आमा आज एकाएक परचक्रीले आˆनो अस्तित्वमा धावा बोल्दा घाइते, भयग्रस्त र त्रस्त भएकी तर उनको थाप्लामा नाचेर खाइरहेका उनका कुपुत्रहरू भने उनको अस्मिता जोगाउन, उनलाई स्याहार गर्न छोडेर अझै उनीलाई नै लुछिरहेका देखिन्छन् । बलिन्द्र धारा आँसु खसाल्दै रोइरहेकी ती आमालाई आˆनो अँगालोमा राखेर रेखदेख र संरक्षण गरी उनको ओठभरि मुस्कान ल्यउन् चाहना राख्छन् कवि ‘आमा’ कवितामा ।

भ्रष्टाचारी तथा विसंगतिले डम्पिmएकाहरूलाई प्रचुर व्यंग्य गर्छ ‘इन्फेक्टेड सगरमाथा’ कविता । आˆनो फेदीमा थुपि्रएको लुट, अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध अराजकता, मानवअधिकारमाथिको आक्रमण आदिको तातो रापले ज्वरो आई इन्फेक्सन भएको हुनाले हिउँ जम्न छोडेको र घामले डढेर सगरमाथा कालो भएको व्यंग्य गर्छन् । कवि व्यंग्यको वाणलाई कविताको ताँदोमा यसरी अझै कसिलो पार्छन् :

तर पनि किन उपचार हुँदैन उसको ?
डर होला मैला मान्छेहरूलाई,
सगरमाथामा हिउँ भरियो भने त
उनीहरूका काला करतुतहरू
छर्लङ्गै देखिने छन् त्यसको मुहारमा ।
‘इन्फेक्टेड सगरमाथा’

शिक्षा क्षेत्रमा फस्टाउँदै गएको विसंगतिमाथि ‘स्कुल’ शीर्षक कवितामा व्यंग्य गरिएको छ । ‘नेता’ कविता मूर्ख राजनीतिज्ञ र विशेषतः तत्कालीन राजामाथि प्रहार गर्दछ । त्यस्तै जिन्दगीको परिचय दिन खोज्ने वा परिभाषा दिनेहरूका बीचमा जीवनप्रतिको दृष्टिकोण र सृजनाप्रतिको हार्दिकता प्रकट गर्छन् कवि ‘सृजनशीलता’ कवितामा । जीवनको उत्कर्षताको प्राप्ति श्रम, सीप र कलामा बाँचेर नै हुन्छ भन्ने ठम्याइसँगै कवि कर्मशील विचारमा विश्वास गर्छन् :

भाग्यमा भेटिंदैन सृजना,
त्यसैले,
कतै कलममा
कतै औजारमा
कतै किताबमा छरिएको हुन्छ
‘सृजनशीलता’

अलि फरक शैली र प्रस्तुति रहेको कविता हो ‘लोकतन्त्र’ । लोकतन्त्र, स्वतन्त्रता जस्ता मानवअधिकारका महफ्वपूर्ण कसीलाई अराजकता र मनपरी गर्ने वस्तुका रूपमा लिने समाजका थुप्रै किसिमका पात्रहरूको हलुका प्रकारको नाराबाजी, हडताल र छाडा प्रवृत्तिलाई कविले नाटकीय शैलीमा चित्रण गरेका छन् । यस कवितामा त्यस्ता मानवता विरोधीहरूको धज्जी उडाउने कार्य खरो रूपमा गरिएको छ । बुद्ध र महान् बुद्धत्व जस्ता ज्ञान र शान्तिको प्रतीकलाई समेत भाषा, भेष, जातीयता, क्षेत्रीयता जस्ता सस्तो राजनीति गर्ने साधन बनाउन खोजिएको दृश्यको कल्पना गर्दै बुद्धत्वको पहिचान र राष्ट्रियता भूलेका वर्गहरूप्रति ‘बुद्ध’ शीर्षक कवितामा कवि सङ्ग्रौलाले थला पार्ने गरी व्यंग्य गरेका छन् ।

कविले साना साना कुरा र विषयमा पनि गहन मूल्य र भाव खोतल्दै गरेका यस सङ्ग्रहका कतिपय कवितामा पाइन्छन् । अरूको कुरा नकाटी खुरुखुरु लगनशीलतापूर्वक श्रम गर्ने एउटा कर्मी कमिलो मानिस भन्दा धेरै हदसम्म महान् छ भन्ने पुष्टि ‘कमिलो’ शीर्षक कविताले गर्दछ । मानिस एउटा अत्यन्त सानो जीव कमिलो जस्तो पनि छैन भन्ने भावका साथ मानवीय लघुत्वपनमाथिको व्यंग्य यसमा व्यञ्जित छ ।

प्रस्तुत लुटिएको वसन्त सङ्ग्रहका विभिन्न अलग अलग विषयवस्तु रहेका सृजनाहरूमा कवि सङ्ग्रौलाले मूलतः मानवतावाद, मानवीय जीवनको उन्नति र प्रगतिशील समाजको निर्माण आदि भावहरूका सम्प्रेषण गरेका छन् । सडकको पेटीमा खुला आकाशमुनि जीवनलाई ˆयाँकिरहेका मानिसहरू, तिनीहरूका आमा सडमै मर्दा मृत्यु भनेको के हो भनी बुझ्न नसक्ने अबोध रोइरहेका दुधे बालकहरू, भोकको पीडालाई थाम्न कठिन परिरहेका बेला कन्टेनरहरूमा प्लास्टिक बटुलिरहेका बालबालिकाहरू कविको विषय भएका छन् । कवि यो सरकार वा राज्य पक्षलाई सोध्न चाहन्छन् कि सडकछाप र अनाथ व्यक्ति राज्यका नागरिक हुन् कि होइनन् ? तिनीहरूका निम्ति चामल किन्न ठाडै अस्वीकार गरी आˆना निम्ति प्राडो किन्न सहजै रातो किताबमा अकूत रकम किन छुट्टयान्छ ? मूल रूपमा मृत्युले जीवनको समाप्ति ल्याउने हुनाले सृजना र नवीनताको प्राप्तिका निम्ति मृत्यु बोक्ने विचार त्यागेर जीवनलाई रोज्न कविले आग्रह गरेका छन् ।

गद्य लयमा रचिएका यस सङ्ग्रहका कविताहरूमा पंक्तिसंरचना छोटा बान्कीका छन् । संक्षिप्तमा गहन अभिव्यक्तिको प्रयास गरिएको हुनाले भाषाको सूत्रात्मक काव्य प्रयास यसमा गरिएको पाइन्छ । केही कविता बाहेक प्राय तीनदेखि पाँच अनुच्छेदका मझौला लम्बाइका कविता भएका हुनाले कविको भावना र अनुभूतिको झल्को एकै वेगमा पहाडको टाकुराबाट झरेको झरना झैं लाग्दछ । कविताभित्र उही विषयलाई तन्काउँदै पुनर्व्यख्या गर्ने किसिमको अतिव्याप्ति दोष रहेको छैन, यो यस सङ्ग्रहका कविताको सवल पक्ष हो ।

कविताको अर्को उल्लेख्य पक्ष सरल र सहज भाषा शैली अँगालिनु हो । अधिकतम तद्भव र कथ्य शब्दको प्रयोगमा अनुकरणात्मक शब्दको प्रयोगलाई सन्दर्भअनुसार स्थान दिइएको हुनाले कविताको भाषिक पक्ष सराहनीय रहेको छ । बहुसंख्यक कविताहरू प्रथम पुरुष दृष्टिविन्दुुयुक्त हुनाले आत्मपरक प्रस्तुतिले कविलाई पाठकको निकट तानेको छ । जसले गर्दा सर्जकले सहजै आˆना भावना र कल्पनालाई काव्यमा अनुभूतिमूलक बनाउँदै प्रस्तुत गर्न सकेका छन् । कवि सङ्ग्रौलाले यस कृतिभित्रका कवितामा बिम्ब तथा प्रतीकको प्रयोग धेरै नै गरेका छन् । राष्ट्रको ममता मनमा सल्बलाउनुलाई ‘माटोको सुगन्ध आउनु’, ‘जाँतोको गर्जन’ लाई पुरुषप्रधान समाजको हैकम, ‘जाँतोको पिँधाई’ पिल्सिएका महिलामाथिको थिचोमिचो, ‘आमा रुनु’ नेपालको दुदर्शा हुनु, ‘सगरमाथालाई इन्फेक्सन हुनु’ देश भ्रष्टाचार र अन्यायले अस्वस्थ हुनु, ‘वसन्त लुटिनु’ जनताको सुख शान्ति हराउनु, ‘दुर्गन्ध फैलनु’ भ्रष्टाचारी कृत्यले दुर्नामी हुनु जस्ता अर्थ प्रयुक्तिका थुप्रै प्रतीकात्मक पद तथा पदावलीको प्रयोगले कविताहरू प्रतीकात्मक, आलंकारिक तथा कलात्मक छन् । यसका साथै अन्य थुप्रै बिम्बहरूका पनि प्रयोग गरिएका छन् जसका कारण व्यंग्य तथा अभिव्यक्तिको स्तर सघन बनेको छ ।

कवि सङ्ग्रौलाका कवितामा पाइने मध्ये महत्वपूर्ण पक्ष उनका कविता कोमल हुनु हो । महाकवि देवकोटाले उल्लेख गरेका कठोर शैली र नारी सुलभ कोमल शैली मध्ये सङ्ग्रौलाका कविता कोमल भाव र शैलीयुक्त छन् । अदालती बहसपैरबीमा आरोपित व्यक्तिका निम्ति कठोर कानुनी तर्कहरूबाट प्रस्तुत हुने व्यक्तित्वका मनभित्र गुम्सिएका मानवीय संवेदना, स्वच्छ समाज र सुसम्पन्न राष्ट्र निर्माण गर्ने अभिलाषा आदि संवेदनशील भावहरूलाई भावनात्मक र हार्दिक रूपमा प्रस्तुत गर्ने जमर्को कविले गरेका छन् । यस्तै हामीबीचका सोचनीय विषयहरूलाई उनले  कविताका सामग्री बनाएका छन् । भंैसीको मिसावट भएको घिउ नभई निक्खर गाईको घिउका रूपमा आˆनो अभिव्यक्तिलाई सरल, सहज र स्वस्फूर्त बनाउँदै कविले कविताहरू सृजना गरेका छन् भन्ने आशयका साथ यस कृतिका भूमिकाकार जीवेन्द्रदेव गिरी भन्छन्, “मलाई खुसी छ कविजी, तिमी यहाँका असंख्य मान्छेहरूकै माझमा छौ र यहीँको धर्ती र समाजबाट तिम्रा कविताले सम्बल बटुलेका छन् ।” एउटा समीक्षकको दृष्टिले विवेचना गर्नु पर्दा साहित्यकार युवराज सङ्ग्रौलाका थप अन्य जीवन्त साहित्यिक कृतिहरू वैचारिक चेतना तथा प्रगतिशील समाजको निर्माणमा उद्बोधन गराउने हेतुले पनि नेपाली साहित्यको फाँटमा अपेक्षित छन्, बाँकी कुरा परिमार्जित र उच्चस्तरियता प्राप्तितर्फ सर्जकले अवश्य फड्को मार्दै जानेछन् भन्ने कुरामा यस सङ्ग्रहबाट विश्वस्त हुन सकिन्छ ।

(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.