~नरेन्द्रकुमार नगरकोटी~
यी मान्छेहरुको ध्यान कहाँ छ
ज्ञान कहाँ छ, विज्ञान कहाँ छ
किताब पढिरहेको बालकलाई
सघाउने अभियान कहाँ छ
एक मिनेट मौनधारण सिवाय
शहीदहरुको सम्मान कहाँ छ
समाधि खोजिरहेछु समाधि
मेरो आफ्नै चिहान कहाँ छ
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)