~दिलिप योन्जन~
रोएकोछ बुद्ध आज
गोली र गन्धले
हराकोछ शान्ति यहाँ
आपासी यूद्धले
तोड-फोड आगजानी
दाजु र भाईमा पनि
तछाड-मछाड लडाईले
रगत बन्यो पानी
छोरा मर्दा आमा रुन्छे
दुखाई मातृ-भूमि
भाई मर्दा दिदी रुन्छे
फूल-माला उनी
बिधुवा बन्छे जवानीमा
शिन्दुर पुछि, फुटाई हातका चुरा
बाबा शोध्दै रुन्छ बालक
चोटमा छोपी चुरा।
सम्झोताले शान्ति मिल्छ
यूद्ध गर्ने किन……..?
नेपालीले नेपाली मारी
बीर बन्ने किन….?
सिदान्त साटै…….. बाडै……..
नबनौ बलिको बोका
जति लड्यो झनै दुख्छ
यो यूद्धको पिडा
पार्टी, सासन, कु-बिचारले
जनता बने गोली
मिल्नु बनाउनु कता हो कता
खेल्छ रगतको होली
बुद्ध हेर्दै रुन्छ
देशको काहाली
मर्नु र मार्नुले बन्दैन देश
बुझ है नेपाली
मशिले लेखौ देशको कानून
रगतले किन लेख्नुर…………….?
नरहे मानब रहन्न देश
यूद्ध नै किन गर्नुर……….?
दिलिप योन्जन
अस्टिन, अमेरिक
(स्रोत : ईलम्जुङ् डट काम)