गजल : हाम्रै हो

~अनिल बराल ‘गरीब चिराग अछुत’~

भावनाको वृतमा संसार सारा हाम्रै हो
नेपाली आकाश भरी लाग्ने तारा हाम्रै हो |

समताको परिधिमा को ठुलो को सानो
पानी भर्ने सार्बजानिक कुवाघारा हाम्रै हो |

मेची काली भित्रका , प्रकृतीका कोटीहरु
हिउँचुलीको हिउँदेखि , त्यो रारा हाम्रै हो |

अनगिन्ती सौन्दर्यले सिंगारिएको नेपालमा
पुर्ब देखि पश्चिमका , छहरा पहरा हाम्रै हुन् |

नजिक छ सम्बन्ध , जो जहाँ रहे पनि
हिमाल तराई एउटै , यो नारा हाम्रै हो |

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.