~शिव घिमिरे~
“बाबु, मेरो बाबु! पर्ख, मैले तिमीलाई कहाँ-कहाँ खोजिनँ। पर्खन बाबु पर्ख।“ रुँदै भनिएको यस वाक्य सुनेर म पछाडि फर्किएँ। मलाई एक अधवैँशे महिलाले आई अँगालो हालिन्। मलाई केही डर महसुस भैरहेको थियो। तर मैले मेरो डरलाई लुकाइरहेँ। केही व्यक्तिहरुको आवाज सुनियो, “बहुलाही भागी, बहुलाही भागी।“
केही मनिसहरु आए। हेर्दा उनीहरु अस्पतालका कर्मचारी जस्ता देखिन्थे। उनीहरुले उक्त महिलाई तानेर मबाट छुट्याउन खोजे तर मैले उनीहरुलाई यसो गर्नबाट रोकेँ र उनले मलाई सुम्सुम्याई रहेकी थिइन्। मलाई पनि यस्तो महसुस भैरहेको थियो कि मेरो रक्तनलिहरुमा आमाको ममता प्रवाहित भैरहेको छ। उनले मलाई बडो ममताका साथ गहभरी आँशु पारेर हेरीरहेकी थिइन्, जसरी उनले मलाई बर्षौदेखि खोजिरहेकी थिइन्।
मैले उनलाई फकाएर प्रेमका साथ भनेँ- आमा, तपाईँ जानुहोस्, म तपाईँलाई भेट्न अबश्य आउनेछु। उनले पनि गार्हो मानेर तर आशावादी भएर हुन्छ भनिन् र मानसिक अस्पतालको एम्बुलेन्समा चढिन्। उनले मलाई हेरिरहेकी थिईन्, गाडी टाढा पुगुन्जेलसम्म पनि। म त्यहाँबाट आफ्नो बाटो लागेँ।
मलाई त्यस रात केही खनै मन लागेन। उनको त्यस्तो व्यवहार देखेर धेरै प्रश्नहरु जागे। उनी कसरी त्यस्तो मानसिक रोगी भइन्? मैले आफैँलाई प्रश्न गरेँ। मेरो मन अस्थिर भैरहेकवो थियो। रातमा निन्द्रा लागेन। मैले मनमनै भने- मैले जसरी भए पनि त्यस कारणको जगसम्म पुग्नैपर्छ।
भोलिपल्ट बिहानै म घरबाट बाहिर निस्केँ, उनलाई भेट्न। मेरो मम्मीले मलाई सोध्नुभयो- “कहाँ हिडेको यति चाँडो?” मैले सबैकुरा बेलिबिस्तार लगाएर आफ्नो बाटो लागेँ।
म मानसिक अस्पताल पुग्दा उहाँ मेरै बाटो कुरिरहनुभएको रहेछ। मैले अरुबाट सुनेको उहाँ रातभर पनि मेरै मलाई नै कुरिरहनु भएको रहेछ। उहाँ भन्नुहुदोरहेछ- “मेरो छोरो भेटियो, ऊ मलाई भेट्न आउँदैछ।“ मलाई उहाँले देखेर आँशु पनि खसालीहल्नुभयो। मेरो आँखाबाट पनि कतिखेर आँशु खसेछ पत्तैपो भएनछ। केही महिनासम्म म उहाँलाई भेट्न गइरहेँ र उहाँलाई पनि ठिक भएजस्तै भयो। अस्पतालका डाक्टरहरुले पनि उहाँलाई लगेर गएहुन्छ भन्न थाले। मलाई उहाँको बारेमा केही थहा थिएन र सोच्न थालेँ, कहाँ लाने?
मैले उनलाई भनेँ- आमा अब घर जाऔँ, हामी हाम्रै आफ्नै घर जाऔँ। उनले खुसी भएर भनिन् र त्यहाँबाट टाढा एक खरको घरमा पुर्याइन्। हाम्रो घर यही हो बाबु- उनले भनिन्।
“आमा, हामी कसरी टाढा कसरी भयौ त?” मैले प्रश्न गरेँ, जसरी म उहाँकै छोरो हुँ। उनले पनि जवाफ दिँदै भनिन्- “बाबु, हाम्रो एक सम्मन्न परिवार थियो। हाम्रो परिवारमा तेरो पिता, दाजु दुईजना, दिदी शान्ती, तँ र म खुसीका साथ बसेका थियौँ। तँ जन्मेकाले त झन् परिवारमा चमकनै आएको थियो। तेरा काकाहरुले हाम्रा सम्पत्तिमा आँखा लगाइरहेका रहेछन्। त्यसैले उनीहरुले हामीलाई र हाम्रो घरलाई सुखी र खुसी राख्ने र तिमीहरुलाई ठूलो भएपछि स्वतन्त्रताकासाथ घुमाउने र महान बनाउने भनी घरको सम्पत्ति आफ्नो हातमा लिन थाले। दिनदिनै घरको सम्पत्ति सकिँदै गयो। घरमा दु:खहरु आउँदै गए। तेरा पिता विदेश जानु भएको अहिलेसम्म आउनुभएन। तेरा काकाहरु पनि कहाँ छन् केही थाहा छैन। तेरो एक दाजु जङ्गलतर्फ पसेको छ। आर्को सरकारतर्फ लागेको छ। शान्तिलाई पनि कसले कहाँ लगेको छ केही पत्तो छैन। तेरा दाजुहरु पनि यस घर चलाउन एक अर्कामा लडिरहेछन्। एक अर्कालाई मर्न अघि सर्छन्। आ-आफ्नो समूह लिएर हिँड्छन्। यसै झगडामा धेरै निर्दोशहरुले ज्यान गुमाइसकेका छन्।“
“म तपाईँबाट कसरी बिछोडिएँ त?” मैले प्रश्न गरेँ उनको कान्छो छोरोको जनकारी पाउनको निमित्त। उनले जवाफ दिइन्- “म, तँ ६ महिनाको हुँदा तलाई घरमा एक्लै छोडेर घाँस काट्न वन गएको थिएँ, म फर्किदा तँ घरमा थिइनस्। मैले तँलाई धेरै ठाउँमा खोजेँ तर भेट्न सकेकी थिइन। त्यस पिछि मलाई केही पनि होस भएन, आज आएर यत्रो बर्षपछि भेटेँ बाबु।“
म त्यहाँबाट आफ्नो घर आएँ। मैले उनले भनेका सारा कुरा घरमा भनेँ। ती कुरा सुनेर मेरो मम्मीले गहभरी आँशु परेर भन्नुभयो- “बाबु, मैले तँलाई तँ यत्रो हुन्जेलसम्म पनि एउटा कुरा लुकाएकी थिएँ। तँ मेरो कोखबाट जन्मेको छोरो होइनस्। मबाट बच्चा नहुने भएपछि भौतरिँदै हिडेकी थिएँ। एकदिन एकजना मान्छे आएर बच्चा दिलाइदिने भन्यो र मैले त्यस व्यक्तिसँग तँलाई किनेको हो। तँ पक्का पनि त्यही आमाको छोरो होस्। सच्चा आमाको आँखाले कहिल्यै धोका दिँदैन, बाबु। उनले तलाई चिनिन् तर तैँले उनलाई जन्म दिने आमाको रुपमा नचिने पनि आफ्नो आमा चाहिँ मानेको छस्, मलाई थाहा छ। तँ धन्य छस्। तँ सधैँ अमर रहेस बाबु। म पनि त्यस ममतामयी भेट्न जान्छु हिड्।“
बाटोमा मलाई कसले बेच्योहोला भनेर मनमा खुलदुली भैरह्यो। तर मैले मम्मिलाई भनिन। जे होस् मैले दुई-दुई जना आमा पाएँ खुसी थिएँ। हामी दुबै आमा भएको ठाउँमा पुग्दा, हामी सबैका आँखामा आँशुका ढिक्का भरिने दृश्य देख्नु पर्यो, हामी स्तब्ध भयौँ।
गटटटटट्….. भटटटट्…..आवज थियो। कयौँका लाशहरु छरपष्ट थियो। कसैले सैनिक पषाक लगाएका थिए, कसैले तारा अङ्कित रुमाल टाउकामा बेरेका थिए। जब दुबै तर्फका सैनिक सकिए तब दुई पुरुषहरु एक अर्कालाई बन्दुक ताकिरहेका थिए। दुबै हामी सामू आए र मौका पाए एक अर्कालाई मार्ने उनीहरुको ध्या न उनीहरुको देखिन्थ्यो।
त्यो दृश्य देखेर मलाई कुनैबेला प्रयाष गर्दै लेखेको एक गजल याद आउँदैथियो:
म बाच्ने संसारमा औजारको धार चाहियो
आफ्नैलागि आफ्नैबाट आज मलाई पार चाहियो।
हत्या, हिंसा, भोकमरी फैलिँदैछ संसारमा
मलाई सुख, मलाई आराम पच्चिस गुणा चार चाहियो।
शान्ति क्षेत्र लुम्विनिमा पड्क्यो हिजो बारुद अरे
देशको हितको लागी मलाई आठौँ बार चाहियो।
आफ्नै नातालाई मारेँ मैले, आन्दोलनमा कुटी-कुटी
चाहे काट, चाहे मार सत्ताको मलाई सार चाहियो।
हिमाली भउजू, पहाडी बुहारी भए विधुवा के भो?
मलाई आफ्नो जीत, विपक्षिको हार चाहियो,
म बाच्ने संसारमा औजारको धार चाहियो
आफ्नैलागि आफ्नैबाट आज मलाई पार चाहियो।
चारै तिरबाट भयानक आवजहरु सुनिन थाल्यो। दुई राक्षषहरु त्यहाँ देखा परे। उत्तरबाट हाम्री आमाले लगाएकी उच्च शिरबन्दी र पूर्व, पश्चिम र दक्षिणबाट अर्को राक्षष हाम्री आमाको स्वयम्भूका बुद्बका झैँ नयन र तराईका सुनझैँ धानका बालाझैँ पाउजू, झरनाझैँ कपाल र सुन्दर शरीरमा आँखा लगाईरहेका थिए।
हामीलाई आमाले भन्नूभयो- “ती बन्दुक लिएका मेरा दुई छोराहरु हुन्। दुबै मेरा रक्षा गर्न चाहन्छन् तर उनीहरु आ-आफ्ना स्वार्थ पनि पूरा गर्न चाहन्छन्। यिनीहरुले कयौँका ज्यान समेत लिए, आफ्नी आमाका रक्षाका खातिर तर यिनीहरुलाई यो होष छैनकि म यो अबस्थामा पुगेकी छु।
आमाले यति मात्र के भनेकी थिइन्, दुबै मेरा दाजुहरुले बन्दुक फ्याँके र हातमा हात मिलाए, केही आत्मग्लानी भएछ क्यारे। हामीहरुले पनि उनीहरुको हातमाथि हात राख्यौ। त्यहीबेला शान्तीपनि टुप्लुक्क आइपुगिन्। हामी एक जुट भएको देखेर ती राक्षषहरु लाचार भै उभिरहेका थिए, तर मौकाको प्रतिक्षा थियो तिनीहरुलाई।
दोन्द्बकालको एक पाटोकथा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)