मुक्तक : नेपालमै बसेर..

~सागर’सहयात्री’~

भएन केही आम्दानी, नेपालमै बसेर….।
र, सुकेन यो सिरानी, नेपालमै बसेर…।।
एउटा जागीर मलाई, दिन्थ्यौ त सरकार…
जलाईदिन्थे राहदानी, नेपालमै बसेर…।।

सागर’सहयात्री’
रामनगर-6, केरवानी
नवलपरासी।

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.