~नारायण तिवारी~
ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।
आजकाल
यो जिन्दगी धेरै फाटेको छ
र सिउन तल्लीन छु
माता–पिताका कृुराहरू
छाडिदिउ“
कर्तव्यपालनका
कुराहरू छाडिदिउ“
असमर्थताको हुरीले
आ“सु पुछिदिन
नसकेका कुरा किन गरु“
अहिले म,
अर्धाङ्गिनीको वर्तमान
र नाबालख
बालखको भविष्यप्रति
सचेत छु
कविता छैनन् मसित
यसबेला मलाई
बुझ्न
ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।
माता–पिताको कमाइमा
यसो कतै
फुक्र्या बेला
केही कविता लेखें हु“ला
आजकाल
आपूm पिता भएका बेला
सन्तानको लालन–
पालनका
निमित्तको दायित्वबोधले
सोच्दैछु,
यिनको आ“सु केले पो धु“ला †
हो,
म आफू
श्रीमती,
एउटा छोरा
र एउटी छोरी बाहेक
अर्थोक
केही देख्दिन
ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।
कुनबेला लेखौं कविता
दिनभरि परिश्रमको थकान
सा“झ बिहान
छोराछोरीको टहल
र
श्रीमतीलाई दिनुपर्ने पालो
देश सोच्ने कविता
अब क्रमशः
हराउन थाल्यो †
ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।
कविता लेख्नलाई
पहर चाहिने रहेछ
त्यो छैन
कविता लेख्नलाई एउटा घर चाहिने रहेछ
त्यो छैन
कविता लेख्नलाई अलिकति रहर चाहिने
रहेछ
त्यो छैन
कविता लेख्नलाई एउटा ठूलै शहर चाहिने
रहेछ
त्यो छैन
ठीकै भन्नुभयो तपाईंले
आजकाल म कविता लेख्दिन ।