~ॠषि लामिछाने ‘गोर्खे साइँलो’~
शिवको छटा
गुह्येश्वरी प्रवेश
असारे कुण्ड ।
हिन्दुको आस्था
श्रावणको शिवजी
लिङ्गको पूजा ।
मायाको बाढी
प्रेयसीको समुन्द्र
सुख्खा सम्बन्ध ।
खुबै रसायो
मुटु भित्रको घाऊ
प्रियाको बाढी ।
नौनी समान
सुन्दरीको हृदय
पानीको फोका
गहिरो प्रेम
उमङ्ग र उर्त्र्सग
भदौरे भेल ।
तीन पण्डित
असारे होमकुण्ड
चरु भो नौनी ।
हिउँदे कुवा
तिर्खाएको हृदय
अर्कैको खेती ।
भूँइ भासियो
चर्किएको अक्रान्त
शान्त भएन ।
गुलाफ हाँस्यो
हिउँ बर्षोको बेला
हिलो भएछ ।
नील गगन
चन्द्रमाको उन्माद
धर्ती फाटेछ ।
तातेर आयौ
पान गरेर जाउ
कुवाको पानी ।
बिदेशी बानी
सुराको रमझम
नेपाली नानी ।
ऐलेको साल
वेजोड शीतयुद्ध
भँगेरे चाल ।
आपसी मेल
ओखल र मुसल
चिउरा कुट्दा ।
भिज्दै भिजेन
नेपालको बालुवा
आँसुको धारो ।
विरसी हाँसो
दूर-भाषमा बोल्दा
गोहिको आँसु ।
चैतमा फुल्दै
खुबै मीठो सुवास
रातकी रानी ।
तीन पण्डित
तातेको होमकुण्ड
चरु भो नौनी ।
आपसी मेल
ओखल र मुसल
चिउरा कुट्दा ।
किन फसेछु
सपनाको संगम
प्यासी हृदय ।
खुबै चिलायो
अझै कन्याइदेऊ
मुटुको घाउ ।
धमिलो पानी
कुवा भित्र पोखि“दा
झ्याप्पै उम्रियो ।
पहाडी फेदी
मुसाको लुक्ने घर
मध्य रातमा ।
हिन्दुको आस्था
शिवको आराधना
लिङ्गको पूजा ।
बिदेशी बानी
सुराको रमझम
नेपाली नानी ।
नील गगन
चन्द्रमाको उन्माद
धर्ती फाटेछ ।
कसैको छैन
कोरिएको कागज
चोखो लालित्य ।
शिवको छटा
गुह्येश्वरी प्रवेश
कुण्ड दर्शन ।
यौवनी रातमा
अनारमा भरिदा
चुस्स परेछ ।
नक्कली माया
सामुन्नेको प्रेमिका
मुटुको घाउ ।
वागमा फुल्दै
मीठो सुवास पाए“
रातकी रानी ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )