कथा : स्वर परिक्षा

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित हुन्छ । लय बिनाको साहित्य बिधा अलिक बेरसिलो हुन्छ । हरेक मानिस ले गीत गाउने रहर गर्छ ।हरेक मानिस कबिता कथा निवन्ध आदी रचना लाई आफ्नो भावमा प्रस्तुत गर्न चाहन्छ ।तर पनि उ आफ्नै स्वर को कारण बाट अगाडि आउन सकेको हुँदैन । खास गरी गीत कविता बाचन् मा स्वर र लय रहित भयो भने अलिक खल्लो महसुस हुन्छ ।

साहित्य संगीत दिन दुखी देखी राजा महाराजा सम्म सबै लाई रुचीको बिषय पर्छ । कहिले काही राजा महाराजा सिकार खेल्ने बहानामा जंगलमा गै यकान्तमा बसी आफ्नै भाखामा गुनगुनाउने गरेको कथा यदा कदा सुन्नमा पाइछ । म सानो छंदा एउटा कथा पढेको थिय । त्यो कथाको नाम आफुलाई चिन भन्ने सिर्सकमा थियो । संगीतमा अभिरुची हुँदा हुँदै पनि स्वर ले साथ नदिदा कती मर्का पर्छ भन्ने कुरा म तपाईं हरु लाई तल एउटा पुरानो आफु लाई चिन भन्ने सिर्शकमा पढियको कथाको सारांस दिन गै रहेको छु ।

महाभारत पर्वमा कौरव पान्डु को कथा निकै लामो छ । धन दौलत सक्ती ले जतिसुकै भरी पूर्ण भय पनि राजा महाराजाहरु लाई साहित्य संगीत ले भने साथ दियको पाइदैन । पान्डु का पांच भाई पान्डव मा जेठाको नाम युधिस्टिर माइलाको नाम भिम क्रमस नहकुल सहकुल् सहदेव थिय । यि मध्य जेठा युधिस्टिर ज्यादै धर्मात्मि थिय भन्ने कथा पनि पढ्न पाईन्छ । उनी त्यस बेलाका राजा पनि थिय । जव घर परिवार मा यकजना सदस्य माथिल्लो पोस्टमा हुन्छ तव त्यस परिवार का अन्य सदस्य लाई अली घमन्ड चढ्छ । त्यस रोगले युधिस्टिर का माहिला भाई भिम पनि अछुतो रहन सकेनन । उनलाई आफ्ना दाजु युधिस्टिर ले राज्य समालेको मा र आफु निजको भाई भयकोमा निकै घमन्ड थियो । राजा खानदान

मा जती सुकै सुख संयल भय पनि साहित्य संगीतमा आखिर मेहनत नगरि सफल हुँन सक्दैनन । बल र मुर्ख्याइमा हुर्केका पारसले जसरी प्रविण गुरुङलाई चिनेनन र उुल्टै याक्सिडेण्ट गरायर उनको ज्यान लिय -शायद त्यस्तै थिय होला युधिस्टिरका भाई माहिला भिम पनि। यक दिन युधिस्टिर का भाई भिम दरवारमा बस्दा बस्दा वाक्क लागेर यकान्त बनमा गै आनन्द लिने सोच बनायछन । यका बिहानै दरवार बाट खाना खाइ वरि उनी जंगल गयछन । जंगल पुगे पछी उनी एउटा ठुलो रुखमा चढि एउटा हांगोमा बसी भाखा फिराइ गीत गाउँ थाले । घनाघोर जंगल को निकै पर नदी किनरमा धोबिको कपडाधुने अड्डा थियो अर्थात धोबी घाट थियो । धोबी पनि गाउ बाट गधा माथि कपडा राखेर नदी किनर पुगी गधा जंगल तिर लगाइ आफ्नो काममा ब्यस्त रह्यो । उता युधिस्टिर महाराज का माहिला भाई भिम पनि रुखमा बसी भाखा फिराइ गालामा हात लगायर गीत गाइरहेका थिय । झन्डै सांझ पर्नै आट्यो धोबिले आफ्नो काम सकेर गधाको खोजिमा जंगल तिर प्रवेस गर्‍यो । तर युधिस्टिर का भाई मुर्ख भिमको गीतको आवाज ले धोबिको गधा तर्सेर जगल भन्दा निकै टाढा पुगिसकेको थियो।

धोबिले आफ्नो कपडा धोइ सुकाइ आफ्नो गधाको खोजिमा जंगल तिर लाग्यो । अलिक पर पुगेर नजर मार्यो तर उसको गधाको अत्तो पत्तो पाउनै सकेन । तर जगलमा आफ्नै गधा रोइ कराइ गरे जस्तो आवाज बाट धोबी आफ्नो गधा पाउने कुरामा भने ढुक्क थियो । जांदा जांदा निकै कोस पर पुगे पछी मुर्ख भिम बसेकै रुख मुनी धोबी पुग्यो । आफ्नो गधाको ठ्याक्कै स्वर पहिचानेर हानियर गयको धोबी लाई देखेर भिम ले आफ्नो गीत लाई स्टप गरी तल झरी धोबी लाई सातो हकारे । य ? पाजी साले धोबी ? तं यहाँ किन आईस ? म युधिस्टिर महाराजको माहिलो भाई भिम आज यकान्त बनमा भाका फिरायर गीत गाउने मनसायले यहाँ आयको थियं । तं पाजी धोबी मेरो यस प्रोग्राम लाई दखल दिने ? भाग यहाँं बाट नत्र म तंलाई जे जस्तो कार्वाइ पनि गर्ने छु भन्ने धम्की दिय । बिचरा धोबी को अर्को केनै पो जवाफ थियो र उ त्यहा बाट नाजवाफ बाटो ततायो । धोबी आफ्नै गधाको खोजिमा अलिक पर पुग्यो ।

यता मुर्ख भिम फेरी भाखा फिरायर फेरी गीत गाउँ थाले । समयले नेटो काटी सकेको अवस्थामा बिचरा धोबी आफ्नो गधा नपाउदा निकै चिन्तित हुँदै गयो । धेरै पर पुगेर धोबिले आफ्नो गधाको कुनै सुइको पाउछु कि भनेर कान थापेर दुई मिनेट उभियो । थ्याक्कै आफ्नै गधासंगै मेला खाने आवाज धोबिको पछाडि तिरै सुनिन्थ्यो । धोबी फेरी फर्केर त्यसै स्थान तर्फ आई पुग्यो । यता महा मुर्ख भिम खुब मच्चियर आफ्नै लयमा गीत गाई रहेका थिय । भिम का चक्षु फेरी धोबी माथि पर्न गय । तव भिमले के सोचे भने यो धोबी मसंग पंगा लिने उद्यस्यले फर्की फर्की यहाँ आयको हुनु पर्छ भन्ने सोचेर रुख को तल झरी धोबी लाई समातेर पिट्न थाले । बिचरा निरिह धोबी ले आफ्नो गधा हरायको र त्यसको खोजिमा मात्र कता जानकारी गराउदै थियो – भिमले चार थप्पड लगायर धोबी लाई त्यहा बाट भगाई दिय । रिसले आगो भयका भिम को गीत गाउने रहर भने अझै मेटियको थियन । भिम फेरी रुखमा चढि आफ्नो गीत गाउने काम लाई अगाडि बढाय । उता कानको जाली फुट्ने गरी पिटाइ खायको धोबीले आफ्नो गधाको पनि अत्तो पत्तो कतै पाउन सकेको थियन । आफ्नै बंसको जस्तो आवाज सुनेर गधा पनि जंगल छोडेर सांझ पख नै गाउ पसी सकेको थियो । अवत धोबी पाजी आउँदैन भनेर भिम पनि खुब चर्को स्वरले गीत गाउँ थाले । उता गधाको को खोजिमा हुईकियको धोबी जंगल भन्दा अलिक पर गयर फेरी भिम को हात बाट पिटियका कान जंगल तर्फै सोझ्यायो । आफोनो घरमा पालेको जन्तु को आवाज हुबहु त्यस्तै थियो । त्यसैले धोबी पनि आफ्नो गधा जंगलमा छोडेर किन यक्लै घर फर्किन्थ्यो र । उसले अब मन मनै सोच्यो कि अब जस्तो सुकै मुल्य चुकायर पनि आफ्नो गधा जंगल बाट खोजेर ल्याउने प्रतिवद्धता जाहेर गर्दै धोबी फेरी हुइकियर आवाज सुन्दै सुन्दै फेरी सोही मुर्ख भिम को लोक गीत पारीयोजना स्थलको बाटो समातेर त्यही भिम बसेको रुख मुनी बाट जांदै थियो । यक्कासी भिमको आखा धोबि तर्फ परे । धोबी ले पहिले नै हतारियर थप्पड जोगाउने तरिकाले भन्यो – हजुर महासय —–मेरो गधा यतै करायको सुनिन्छ । दया गरी गधा को खोजिमा सयोग गर्न बिन्ती गर्दछु । धोबिको बिनम्र अनुरोध सुनेर भिम ले बल्ल छल पाय कि धोबिको गधा यता हरायको होइन । बरु मेरो गीत को स्वर धोबिको गधा को जस्तै हुनु पर्छ भन्ने अडकल गरी आफुले धोबी लाई गरेको ज्यादाती को क्षेमा माग्दै भिम आफ्नो बाटो लागे । बिचरा धोबिको गधाले धोबिले कपडा धुने कास्टिक सोडा चाटेर नजिकैको खाल्डोमा मुर्छित अवस्थामा लम्पसार थियो । आफ्नो स्वरको परिक्षा राम्रो संग नबुझ्नाले बिचरा दुखी धोबी लाई ठुला बडाले कत्रो धोका दियका ? भिम ले बेलैमा आफ्नो स्वर परिक्षा को पहिचान गरेको भय जंगल मा होइन दरवार को स्टेज बाट गीत जन समक्ष सुनाउन सफल हुन्थे होला हगी ।

-कलङ्की, काठमाडौँ

(स्रोत : माझेरी डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.