~तेज माझि~
गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनकालागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय समुदाय भौगोलिक क्षेत्र वा वर्गमा फरक फरक नाममा चिनिन्छन् । खासगरी लामा कथात्मक गीतहरु जसलाई बौद्घिक वर्गले गाथा भनेर नामाकरण गरेको भएपनि यो जुन समुदायमा प्रचलनमा छ त्यो समुदायमा आफ्नै प्रकारको नाममा चिनिन्छ । यसलाई पढेलेखेका जान्ने बुझ्ने क्षिरनिरविवेकी भनिने र साहित्य शास्त्रीय चिन्तनका आधारमा समीक्षा गर्नेहरुले मात्र गाथा भनेका हुन् । (पन्त, २०६८ ः२०) यस्तै नाम मध्य धमारी एक हो । नेपालको कर्णाली तथा डोटी क्षेत्रतिर प्रचलनमा रहेको (पराजुली,२०५७ ः३१२) भनिए पनि सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्लामा यो प्रचलनमा रहेको पाईन्छ । साथै भारतमा कुमाउ तथा राजस्थानतिर यसको स्वरुप फेला परेको छ । लामो गीतयूक्त कथा भएका कारणले यसलाई गाथा नै मानेर अध्ययन अनुसन्धान भईरहेकाले गाथाका बारेमा थप उल्लेख गरिनु सान्दर्भिक होला ।
लोकसमाजमा गीतहरुमा संरचित गरिएका कथाहरु गाथा हुन् । गाथाको ऐतिहासिकता खोतल्ने हो भने ई.पु ४००० वर्ष अघि रचना भएको मनिएको पूर्विय प्राचीन ग्रन्थ ऋग्वेदसम्म पुग्न सकिन्छ । ऋग्वेदमा कथा गायकलाई गाथिन शब्दको प्रयोग गरिएको छ । (परमार रु ः २०) वेदमा इन्द्र,वरुण,उषा,शोमका सुक्तहरु गाथाका रुपमा रहेका छन् । गाथा भन्न जान्ने मान्छेलाई गाथिन भनिएबाट पूर्वीय पौराणिक समाजमा गाथाको महत्वलाई दर्शाउँछ । यसैगरी पश्चिमी समाजमा पनि गाथाको परम्परा होमरका प्राचिन महाकाव्य ओडिसी र इलियड सम्म पुगिन्छ किनभने तत्कालिन समाजमा रहेका ट्रोय युद्धका वीरहरुका गाथाहरुको मौखिक परम्परावाट यी ग्रन्थहरुको श्रोत रहेको मानिएको छ । गाथाको समानार्थि शब्द व्यालेड मानिन्छ । नाच्नुको अर्थ व्यालेड शब्द इटालेली भाषाको द्यबििबचभ बाट ब्युत्पन्न भएको हो । (शर्मा र लुइँटेल.२०६३ः१५५)
परिभाषा
लोकगाथालाई विभिन्न पूर्वीय तथा पाश्चात्य विद्वान तथा अन्वेषकहरुले विभिन्न परिभाषा दिएका छन् ।
जि. एल. क्रिटिज लोकगाथा कथा भनिएको गीत हो । अथवा अर्को दृष्टिकोणवाट भन्नु पर्दा लोकगाथा भनेको गीतमा भनिएको कथा हो । (शर्मा र लुइँटेल,२०६३ः१५६)
एफ. वी. गुमर लोकगाथा अवैयक्तिक सामग्री भएको गेय पद्म हो । उत्पत्तिका दृष्टिले यो नृत्यसँग सम्वन्धित हुन्छ । (शर्मा र लुइँटेल,२०६३ः१५६)
फ्रेन्क सिजविक लोकगाथा लोकको सम्पत्तिका रुपमा रहेको सरल आख्यानात्मक गीत हो र हस्तान्तरण सरल मौखिकरुपमा हुन्छ । (शर्मा र लुइँटेल,२०६३ः१५६)
इन्साइक्लोपिडिया व्रिटानिका लोकगाथा अज्ञात रचनाकार भएको पद्म शैलीको नाम हो । यसमा साधारण कथा शृङ्खला र अभिप्राय हुन्छ । मौखिक प्रशारणका लागि उपयुक्त श्लोकमा लोकगाथा कलात्मक सुक्ष्मतारहित हुन्छ । (शर्मा र लुइँटेल,२०६३ः१५६)
इन्साइक्लोपिडिया अमेरिकाना लोकगाथा सरल आख्यानात्मक प्रगीत हो । ज्ञान वा अज्ञान उत्पत्ति भएको लोकगाथा कथा भनिएको गीत हो (शर्मा र लुइँटेल,२०६३ः१५६)
प्रा. मोहनराज शर्मा र खगेन्द्र प्रसाद लुइटेल कुनै प्रसंग वा घटनावलीको मौखिक वा श्रुति परम्पराद्धारा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने अज्ञात रचनाकारको आख्यानात्मक गीत संरचनालाई लोकगाथा भनिन्छ । (शर्मा र लुइँटेल,२०६३ः१५६)
मोतिलाल पराजुली लोकगीतका तरलतम् भाव र हृदयपक्षको तिक्ष्णता सँगसगै मानव भोगाइका मर्मस्पर्शी कथा व्यथा बोकेर लयात्मक सांगीतिक ध्वनि छर्दैै एउटा कलात्मक विद्याको सृजना हुन्छ, त्यो कलात्मक विद्या लोकगाथा हो । (पराजुली,२०४९ः११)
डा. कृष्णदेव उपाध्याय जनसाधारणका मौखिक परम्परामा प्रचलित कथात्मक गीतलाई लोकगाथा भनिन्छ । (पराजुली,२०४९ः२९)
माथिका परिभाषाहरु केलाउदा समग्रमा लोकगाथा आख्यान तत्व भएका लामा गीतहरुमा आवद्ध कथाहरु नै हुन् । जसलाई लोक समाजले एक पुस्तावाट मौखिक तथा श्रुति परम्परामै अर्को पुस्तालाई हस्तान्तरण गर्दछ ।
आख्यानात्मकता, गेयात्मकता, प्राचिन, धार्मिक वा समसामयिक घटनाको प्रस्तुति, अनिश्चित रचनाकार, मौलिक,मौखिक परम्परा,लोक संस्कृतिको सम्वाहक, स्थानियताको प्रचुरता, स्वभाविक, सरल, वोधगम्य, सामाजिक सम्पत्ति, लोक समाजमा प्रभाव पार्न सक्ने सामथ्र्य आदि यसका विशेषता रहेका छन् ।
लोकगाथाका तत्वहरु
(१) कथानकः–कुनै न कुनै कथा भएका गीतहरु लामा हुन् वा छोटा लोकगाथा भनिएकाले यसमा कथानक मुल तत्वका रुपमा रहेको हुन्छ । कथा कालक्रमिक घटनाक्रममा विन्यस्त तुल्याउँदा कथानक बन्दछ । यो सरल,लोकसमाजले बुझ्न सक्ने स्थानियताको रंग सहित भावमय रुपमा प्रस्तुत हुन्छ । कथानक प्रायः रैखीय ढाँचामै पाइन्छ ।
(२) चरित्र ः– कथानक कुनै न कुनै चरित्रको माध्यमले आवश्यक द्वन्द्वका साथ अघि बढ्ने भएकाले गाथामा पनि पात्र वा चरित्रको महत्वपूर्ण भूमिका हुन्छ । लोकगाथामा मानविय वा मानवेत्तर दुवै प्रकारका पाात्रहरुको भूमिका हुने गर्दछ । पात्र वा चरित्र गाथाको अनिवार्य तत्व मानिन्छ ।
(३) परिवेश ः– परिवेशले कथालाई विश्वसनिय बनाउन भूमिका खेल्दछ । कथानकमा आवश्यक परिवेशको चित्रण गरिएको हुन्छ । त्यसैले लोकगाथामा पनि परिवेश अनिवार्य तत्वका रुपमा रहेको हुन्छ ।
(४) उद्देश्य ः– शिक्षा, अर्ती ,उपदेश दिनु, अनुभवको साझेदारी गनर्,ु वितेको ऐतिहासिक घटना उजागर गर्नु जस्ता पक्ष लोकगाथामा भएपनि यसको उद्देश्य मूलतः लोकमनोरञ्जन नै रहेको पाइन्छ ।
(५) भाषा शैली ः– भाषा अभिव्यक्तिको माध्यम भएकोले भाषाले नै मानविय भाव सम्प्रेषण गर्दछ । विषय वस्तु अनुसार भाषा फरक हुने गर्दछ । लोकगाथामा सरल वोधगम्य भाषाको प्रयोग भएको पाइन्छ । लयात्मक, कोमल मधुर तथा साङ्गीतिकतापूर्ण भाषाको प्रयोग लोकगाथामा हुने गर्दछ । लोकले बुझ्न सक्ने प्रकारको भाषा भएकोले सरल शब्दहरुको प्रयोग लोकगाथामा पाइन्छ । गाथा लोकगीतहरु द्वारा संयोजित भएका कारणले लोकगीत प्रस्तुतीको शैली सरल हुन्छ । कुनै एकल र कुनै युगल वा समूहद्वारा वार्तालाप संवाद वा वर्णनात्मक शैलीको प्रयोग हुन्छ ।
लोकगाथाको उत्पत्ति
लोकगाथा उत्पत्ति सम्बन्धि विभिन्न मतहरु देखा परेका छन् । ती मतहरुलाई प्रा. डा. मोहनराज शर्मा र खगेन्द्र प्रसाद लुइटेलद्वारा लिखित २०६३ सालमा विद्यार्थी पुस्तक भण्डार भोटाहिटी बाट प्रकाशित लोक वार्ता विज्ञान र लोक साहित्यको पृष्ठ १५८ देखि १६१ सम्म सविस्तार दिइएको छ । तिनै मतहरु र मोतिलाल पराजुलीद्वारा लिखित तथा श्रीमती तारादेवी पराजुलीद्वारा २०४९ सालमा प्रकाशित नेपाली लोकगाथा को पृष्ठ ३० मा दिइएको भारतिय लोक साहित्यका मर्मज्ञ डा. कृष्णदेव उपाध्यायको लोकगाथाको उत्पत्ति सम्बन्धि समन्वयात्मक सिद्धान्तलाई आधार मानेर तिनलाई मोटामोटी रुपमा तीन वर्गमा विभाजन गर्न सकिन्छ ।
समुदायबादी सिद्धान्त ः–लोकगाथाको रचनामा समाज वा जातिको भूमिका स्वीकार गरेर यसको उत्पत्तिको सिद्धान्त प्रतिपादन गर्ने विद्वानहरुमा ग्रिम अग्रपंक्तिमा रहेका छन् । उनले यसको उत्पत्तिमा सम्पूर्ण समाजको भूमिका रहेको मत अघि सारेका छन् । यसैको निरन्तरताका रुपमा गुमरको समुदायवादले कुनै निश्चित समुदायको भूमिकालाई यसको उत्पत्तिको आधार मानेको छ भने स्टेन्थलको जातिवादी सिद्धान्तले समाज भावना संस्कार, रीतिरिवाज परम्परा समान हुने एउटै जातिका मानिसहरुवाट यसको उत्पत्ति भएको हो भन्ने मत अघि सारेका छन् । (शर्मा र लुइटेल,२०६३ः१५८–१६१)
ब्यक्तिबादी सिद्धान्त ः– लोकगाथाको उत्पत्ति वा रचना कुनै न कुनै व्यक्तिवाट भएको हो भनेर मान्ने मत जसमा विसप पर्सीको चारणवाद, स्लेगलको व्यक्तिवाद चाइल्डको व्यक्क्तित्वहिन व्यक्तिवादले यसको रचनामा कुनै न कुनै प्रकारले व्यक्तिको भूमिकालाई दर्शाउँछ । (शर्मा र लुइटेल,२०६३ः१५८–१६१)
समन्वयवादी सिद्धान्त ः– भारतीय लोकगाथाका मर्मज्ञ डा. कृष्णदेव उपाध्यायले लोकगाथाको उत्पत्ति सम्वन्धमा समन्वयवादी सिद्धान्त अपनाएका छन् । उनका अनुसार समाजमा प्रचलनमा रहेका गाथाहरु रचनामा कुतै व्यक्ति त कतै समुदायको योगदानको झलक स्पष्ट पाउन सकिन्छ । आदिम जाति हरुमा सामुहिक मनोरञ्जनको परम्परा रहेकोले समुदायका सवैे जना एकै ठाँउमा भेला भएर उत्सव मनाउने क्रममा गाथाहरुको रचना भएको पाईएको छ, भने कतै चारणहरुद्वारा सासकहरुको स्तुति परम्परामा गाथाको रचना भएको कारणले व्यक्तिपनि यसको रचनाकार भएको मानिन्छ । (पराजुली, २०४९ः३०)
यसरी विचार गर्दा जवदेखि मान्छेले चेतनाको अनुभव ग¥यो । त्यही बेला देखि गाथाको जन्म भएको मान्ने गरिन्छ । मानविय विकास क्रमको आदिम अवस्थामा उसले भोगेका वा सामना गर्नु परेका प्राकृतिक विपत्तिहरुवाट मुक्ति पाउन वा आफ्नो रक्षा गर्न कुनै अज्ञात शक्तिको आविष्कारको कल्पना ग¥यो र त्यसको स्तुति गर्न थाल्यो । यसरी धर्मगाथाको जन्म हुन गयो होला जसको जल्दो बल्दो उदाहरण कतिपय आदिवासीहरुमा प्रकृति पूजाको परम्परा यधपि कायम रहेको पाउन सकिन्छ । भने हिन्दुहरुको पौराणिक ग्रन्थ ऋग्वेदमा पनि उषा सूक्त लगायतका गाथाहरु प्रचलित र प्रख्यात छन् । यसरी हेर्दा गाथाहरुको उत्पत्ति कुनै अज्ञात शक्ति वा प्रकृतिको स्तुति गाथाहरुवाटै कालान्तरमा लोकगाथाहरुको रचना भएको हो भन्न सकिन्छ ।
धमारी
लोक साहित्यको लोकगाथा अन्तर्गत पर्ने धमारीलाई प्रचलित भूगोल तथा समुदायमा गाथा नभनी केवल धमारी मात्रै भन्ने प्रचलन रहेको छ । यो मध्य तथा सुदुर पश्चिमका सवै जिल्लाहरुमा प्रचलनमा रहेको पाउन सकिन्छ । धमारी के हो यसको संरचना कस्तो हुन्छ भन्ने वारेमा लोकसाहित्यका विद्वान अन्वेषकहरुले आफ्ना विचारहरु प्रस्तुत गरेका छन् । तापनि यसको सम्पूर्ण संरचनाको अध्ययन अनुसन्धान हुन वाँकी नै रहेको कुरा खड्किन्छ ।
धमारीलाई विभिन्न विद्वानहरुले दिएका परिभाषा निम्नानुसार रहेको पाउन सकिन्छ ।
प्रा.मोहनराज शर्मा तथा खगेन्द्र प्रसाद लुइँटेलले लोकवार्ताविज्ञान र लोकसाहित्य २०६३ मा धमारीलाई यसरी परिभाषित गर्नु भएको छ । धम र आर वाट ब्युत्पन्न शब्द धमले एक प्रकारको आवाजलाई बुझाउँछ । धमार संगीतशास्त्रमा प्रचलित शब्द हो । धमारवाट निर्मित धमारी शव्द नेपाली लोक साहित्यका क्षेत्रमा एक प्रकारको रागका साथै धार्मीक गीतसँग सम्बद्ध छ । ( शर्मा र लुइटेल २०६३,१८७)
कृष्ण प्रसाद पराजुलीले नेपाली लोकगीतको आलोक २०५७ मा धमारीलाई नेपालको डोटी कर्णाली आदि भेगमा प्रचलित जात्रा, पर्व,उत्सव,अनुष्ठान जस्ता कार्यमा गाइने लोकगाथा हो भनिएको छ । ( २०५७,३१२–३१७)
कपिलदेव लामिछानेद्वारा नेपाली लोकगाथाको अध्ययन (२०६४)मा धमारीलाई लोकगाथाको रुपमा चर्चा गरिएको पाइन्छ । त्यस्तै चुडामणी बन्धुद्वारा नेपाली लोकसाहित्य (२०५८) मा कृष्णको धमारीलाई धार्मीक गीत अन्तर्गत चर्चा गरिएको छ ।
जितेन्द्र देव गिरिले लोक साहित्यको अवलोकन (२०५७) मा लोकगीतलाई हाम्रो समाजले विभिन्न नाम दिएको छ जसमध्ये धमारी पनि एक हो भनेका छन् ( गिरि,२०५७स्११०)
नेपाली शब्दशागर २०५७ मा धमारी शब्दलाई उधुम मच्चाउने ,उत्पात,उपद्रव,नचाहिने चलाचल ,खेलवाट धुम मचाउने काम भनि अर्थ लगाइएको छ । (शर्मा, २०५७ः६९९)
वृहत् नेपाली शब्दकोश (२०४०) मा धमारीलाई खेलद्वारा धुमचक्र मच्चाउने काम भनेर परिभाषित गरिएको छ । (पोखरेल २०४०ः६८४)
यसरी विभिन्न विद्वान अन्वेषकहरुले दिएको परिभाषा हेर्दा धमारीका वारेमा समग्रताको अभाव देखिन्छ । कुनै पनि विद्वानले यसलाई आधोपान्त अध्ययन तथा समग्र विश्लेषण नगरेर केवल लोकगाथाकै एउटा विधाका रुपमा वा धार्मीक गीतका रुपमा मात्र परिभाषित गरिएको पाइएको छ ।
विशेषताहरु
आख्यानात्मकता स्– यसमा खासगरेर धार्मिक पौराणीक कथा, ऐतिहासिक वीर पुरुषका कथा, सामाजिक सांस्कृतिक विषयवस्तु समेटिएका कथाहरु संरचित गरिएका हुन्छन् । आख्यानात्मक हुनु यसको मूल विशेषता हो । आख्यान संबादात्मक र वर्णनात्मक दुबै प्रकारको हन्छ् ।
बेनामी सृजना स्– लोकसाहित्यको विशेषता नै रचनाकार अज्ञात रहनु हो । यसमा पनि रचनाकार ज्ञात हुदैँन । लोकसमाजले पुस्ता(पुस्तामा हस्तान्तरण गर्दै यसको परम्परा निरन्तर चलिरहेको पाईन्छ ।
मौखिक परम्परा स्– लोकसाहित्यले जब लिखित रुप लिन्छ त्यसले शिष्ट साहित्यतिर उन्मुख हुने बाटो तय गर्दछ । त्यसैले यसको विशेषता नै मौखिक परम्परामा जीवित रहनु हो । धमारी पनि मौखिकरुपमा हस्तान्तरण हँुदै लोकसमाजमा विद्यमान रहेको पाईन्छ ।
लयात्मकता स्– लयात्मकताले लोककाब्य श्रुतिरम्य बन्दछ र यसले लोकलाई प्रभावित बनाउने क्षमता राख्छ । यसमा स्वतन्त्र लोकछन्दको प्रयोग हुन्छ र यो गेयात्मक हुन्छ ।
स्थानियताको रङ्ग स्– लोकसाहित्यले प्रशस्त मौलिकता बोकेको हुन्छ र त्यो मौलिकता स्थानिय भाषा संस्कृति, परिवेश रहनसहनका कारणले देखापर्दछ । धमारीले पनि भौगोलिक दूरी र अवस्थिति अनुसार प्रशस्त स्थानियताको रङ्ग बोकेर मौलिक भेदसहित संयोजित रहेको पाउन सकिन्छ ।
नैसर्गिकता स्– यसमा आत्मपरक प्रस्तुतिको न्यूनता र वस्तुपरक तथा विषयपरकताको अधिकता पाईन्छ । बौद्घिक कलात्मक नभई सरल नैसर्गिक प्रकारको प्रस्तुति रहन्छ ।
पुनरावृत्ति स्– टेकपद वा स्थायी पंक्तिको पटक–पटक पुनरावृत्ति सम्झनाकालागि भएपनि कतै यो कलात्मक देखिन्छ भने कतै पट्यारलाग्दो पनि हुन्छ ।
मनोरञ्जनात्मकता स्– परोक्षरुपमा जुनसुकै सन्देश बोकेको भएपनि यसको मुल उद्देस्य लोकमनोरञ्जन नै रहेको पाईन्छ ।
ऐतिहासिक सन्दिग्धतता स्– यसमा प्रयोग भएका घटना, पात्र, तिथि मिति प्रमाणिक मान्न सकिदैन । किनभने मौखिक परम्परामा विद्यमान रहेका कारण प्रत्येक पुस्तामा यसले प्रशस्त मौलिकता बोकेर आउँछ । त्यसकारण यसमा उल्लेख भएका तथ्यहरु ऐतिहासिक प्रमाणिकताको आधार बन्न सक्दैन ।
अन्त्यमा,
लोकसाहित्यको महत्वपूर्ण विधाकारुपमा रहेको लोकगाथा अन्तर्गत पर्ने धमारी विशेषगरी डोटी र कर्णाली क्षेत्रतिर प्रचलनमा रहेको भनिएपनि यसले सुदुर तथा मध्यपश्चिमका अधिकांश जिल्लामा यसको प्रचलन रहेको छ । यसमा धार्मिक, पौराणीक, ऐतिहासिक तथा सामाजिक विषयवस्तु समेटिएका लामा आख्यानहरु गीतमा आबद्ध गरिएका हुन्छन् । यसलाई विशेष अवसरमा सामूहिकरुपमा प्रस्तुत गरिन्छ । एउटै प्रकारको ताल, लय, शूरमा समान हाउभाउ सहित प्रस्तुत गरिने भएकाले यो मनोरञ्जनात्मक हुन्छ । त्यस क्षेत्रमा पछिल्लो समयमा लोकसाहित्यका अध्येयता तथा अन्वेषकहरुको चासो बढेको पाइएपनि त्यो पर्याप्त छैन । नयाँ पुस्तामा मनोरञ्जनका अन्य साधनको उपलब्धताले यसप्रतिको लगाब समाप्तप्रायः देखिन्छ । पुस्ताहस्तान्तरण हुन नसकी लोकसाहित्यका यस्ता अमूल्य श्रोतहरु समाप्त हँुदै गएका छन् । यसको गहन अध्ययन अनुसन्धानका साथै संरक्षण गरिनु आजको आवश्यकता हुनगएको छ ।
सन्दर्भकृतिसूची
गिरी, जिवेन्द्रदेव (२०५७), लोकसाहित्यको अवलोकन, काठमाडौं ः एकता प्रकाशन ।
पन्त, देवकान्त(२०३२), डोटेली लोकसाहित्य, काठमाडौं ः एशियाली अनुसन्धानकेन्द्र,त्रिभुवन विश्वविद्यालय ।
पन्त, जयराज(२०६८), लोकगाथां (कार्यपत्र) नेपाली लोकसाहित्य राष्टिय संगोष्ठी, पोखरा ः नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौ र पृथ्वी नारायण क्याम्पस ।
परमार, श्याम (…….), लोक साहित्य विमर्श अजमेर ः जयकृष्ण अग्रवाल ।
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडांै ः वीणा प्रकाशन ।
पराजुली, मोतीलाल (२०४९), नेपाली लोकगाथा, पोखरा ः श्रीमती तारादेवी पराजुली, मासबार ।
पोखरेल, बालकृष्ण (२०४०), बृहत् नेपाली शब्दकोश, काठमाडांै, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
बन्धु, चूडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडांै ः एकता प्रकाशन ।
लामिछाने, कपिलदेव (२०६४) नेपाली लोकगाथाको अध्ययन, पुल्चोक ः साझा प्रकाशन ।
शर्मा, मोहनराज, र खगेन्द्रप्रसाद लुइटेल (२०६३), लोकवार्ता विज्ञान र लोकसाहित्य, काठमाडांै ः विद्यार्थी पुस्तक भण्डार भोटाहिटी ।
शम्र्मा, वसन्तकुमार (२०५७), नेपाली शब्दसागर, काठमाडौं ः भावा पुस्तक भण्डार चावहिल ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)