कविता : हली

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

बाली सुकेर बीउ नै मासिने भयो
जमिन्दारी सान ऋृणमै भासिने भयो
यही बेला हल्लाको हुरी चल्छ गाउँभरि
‘सृजनाको हली भतुवा लागेको छ’

मेरो सृष्टि सुकेको लासलार्इ
उ मरेको अखबारमा सुताउँछ
इतिहासको श्रापमाथि सुत्छ, उसँगै
गुटबन्दी मातेर मस्तसँग

कुलो भत्किएर पानी खेर गएको
उसलार्इ केही विस्मात लाग्दैन
अन्नको प्राण थुनेर चप्परी विचारहरूले
सदियौं पुराना घमण्डी फरूवाले
वर्तमान छोपिरहन्छ अध्यारो इतिहासमा
उ भविष्य दफन गरेर वर्तमान रोप्छ
अनिकाल खेतभरि सन्तुष्टि फलाउँछ

अक्षरहरूको बालीनाली भष्माशुर पारेर
विषवृक्षको बगान सिँचाइ गर्छ
मेरो हली खै के गर्छ; गर्छ ?

थोत्रो मपार्इंत्वको बगैंचामा
एक हुल कालिपोकेहरू उमार्छ
युग चेतना बास्ने भालेहरू
उ ठान्छ, स्याल कराइरहेका हुन
अस्तित्वको आवाजलार्इ, उ भन्छ
यो त ब्राण्डेड सराब हो, पिउन जान्नु पर्छ
मौलिकता बोल्ने आवाजहरू
मस्तिष्कघात भएका हुन, उ भन्छ

दुश्मन जमात बनमाराझैं मौलाएको हेरेर
उसलार्इ र्इर्श्याको आनन्द फुल्छ
युगको वाक्य बसेको थाहा छ
निदाएको नौटंकी हो, उ भन्छ

युग चेतना फल्ने बालि मर्दैछ
हो, मेरो सृष्टिकै आधार झर्दैछ
विज्ञान जोत्ने जुवामा
हलुँडो भएको संस्कृति
ठीमाहा इज्जतको घर हुँदैछ
वर्णशंकर पहिचान
जातियता डस्ने ज्वालामुखीको
लाभा संस्कार हुँदैछ, मेरो बारीमा
प्याराइज भएर जिब्रो मर्दैछ
यसरी देखीदेखि खेतको अस्तित्व ढल्दैछ

मेरो बुडो हली जोत्न पनि सक्दैन
बिसाउन पनि मान्दैन
उँघौरे जाँगर नारेर, बिहान मेलोमा
उ दिनभरि निधाउँछ कम्जोरीहरूमा
बाँजो जमीन दिमागभरि ठटाउँछ
आँखाभरि सुखौरो टोलाउँछ
उ फालिमा सुत्छ कुभम्भकर्ण निद्रा
खडेरी पिएर दुनियाँ मातेको छ
सुन्यता खाएर उ कहिल्यै अघाएन
बरू भोकाइरह्यो थप सुन्यताहरू

मेरो हली जिस्किन्छ जिमेदारीहरू
उ झ्यामिन्छ, समय तरूणीहरूसँग
आधा शताब्दीको युग जुवा थाप्छ
इतिहास श्रीमतिको कुमारित्व खेल्न
जवान मौसमको वैंश मारेर, उ सधै
घमण्डको वंशावली बनाउँछ
कवित्वको बसन्तमा, उ सधै
धमिलो चेतना होली खेल्छ
उर्फ्रिन्छ, कराउँछ, रमाउँछ
सुकेको बाली माडेर सोत्तर बनाउँछ
अनि, सुन्सान गृहस्ती उभिन्छ
मेरो बुडो हलि खै के गर्छ; गर्छ ?

मेरो अक्षरको खेतबारी जोत्ने हली
निकै भयो मौन व्रत बसेको छ
जिब्रो बोल्दैन सञ्चारको भाषा
उसका कानमा समय तेल भरिएको छ
उसका हातमा विगत हातकडी झुण्डिएको छ
वर्तमान गंग्रिएर निष्प्राण प्राय
उ मृत्यु जस्तै सुन्यताहरूको समूहमा
मृतक टाउको भएका चेतनशिलहरूलार्इ
सुन्सानको पाठ पढाउन तल्लीन भएर
उ संकेत बुज्दैन उज्यालो रोएको
उ बुज्दै जूनको कुमारित्व पोखिएको
उ विगुल सुन्दैन जवान घाम ढलेको
उ बुज्न चाहदैन मातृत्व नुहिएको
उ सुन्न चाहदैन कुमारी देश लुटिएको
उ बुज्न चाहदैन पौरखको हत्या भएको
उ बुज्न चाहदैन किन किन
उसको फक्रेको जवानीको धर्नासो फुकालिएको
उ सम्झन चाहदैन घनचक्कर लाग्ने विगत
बरू मस्तसँग, उ युगको भविष्य सुत्छ

बिहान हुँदा घाम खाने पछुतो उठेर
चेतना निदाएको वर्तमान वरिपरि
मौलिक उपस्थिति सुकेको बगैंचामा
गृहस्तीजन्य सर्वस्व मरेपछि
आज अचम्म पाहुना लाग्न आएको छ
कुमारी परिस्थिति सँगै लिएर
घाम लजाएर निहुरिएको
अबेरसम्म उज्यालिएर उठ्नै सकेन
अघाउँची अभिसाप खाएर
हिजो संसाँझै सुतेको मेरो हली
आज झिस्मिसे समयबारीका पाटाहरूमा
एक्लै दुर्इ हल गोरू नारेर
निस्तब्ध उभिएको छ
मेरो जिब्राका चेतनशिल कन्पाराहरूमा

इति

चिराङ भूटान
हाल कोलोराडो अमेरिका

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.