गजल : सुनीदेउ न बिन्ती

~शान्तिराम पोख्रेल ‘निर्दोस’~

मेरो पनि मनको कुरा सुनीदेउ न बिन्ती
मेरो निम्ति बरमाला उनीदेउ न बिन्ती

तिमी जुन बनि चम्केउ म छु तारा माझ
हजारौ ति तारा माझ चुनिदेउ न बिन्ती

चन्चल बनी मन मेरो उड्न खोज्छ आज भोली
तिम्रो मनभित्र राखी थुनीदेउ न बिन्ती

मायामा त कहिले पनि अंसा बंडा हुन्न होला
भाग गर्न छाडी माया गुनीदेउ न बिन्ती

भन्ने छैन जुनी जुनी तिम्ले साथ दिनु पर्छ
मलाई मात्र यही एउटा जुनीदेउ न बिन्ती

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.