~स्वप्निल प्रमेश~
सायद उस्लाई फुलले पनि बिझाएको थियो
लडिन्छ कि भन्दै काँडा समाएको थियो
खै त उनी? प्रमेश! भनी सोधेकोथेँ मैले
पहिलोपल्ट उस्ले चित्त दुखाएको थियो
केही खोज्न ऐना हेर्यो अनी फोडिदियो
आज उस्ले आँफैलाइ हराएको थियो
बोल्नेहरु पर्दा पछी धेरैथरी बोले
समयले उस्लाई यस्तो बनाएको थियो
फर्किएला, मात्र सोची हुन्छ भनिदिएँ
धेरै सोची उस्ले हात हल्लाएको थियो
(स्रोत : Damkdotcom)