~टिका भुषण दाहाल~
गान्धीजीले थप चमत्कार देखाए किनभने
उनले तीन बाँदर देखाए
मुख थुन्नेले भन्यो- “ज्यु हजुरी गरI”
कान छोप्नेले भन्यो- “नसुनेझैं गरI”
आँखा चिम्लिनेले भन्यो- “नदेखेझैं गरI”
भेला भए तीनैजना एकठाँउमा अनि
हाँसे धित मरूञ्जेल सम्म
हसाँइ सबैलाइ अनि विदा भए
फेरीनसुन्नेले हाँस्यो
नदेख्नेले सुन्यो
नबोल्नेले देख्योl
फेरी तीनैजना बाझ्न थाले
पहिलो “मैले बोलेकै छैन”
दोस्रो “मैले सुनेकै छैन”
तेस्रो “मैले देखेकै छैन”
फुत्कियो गाँठीकुरा तीन बाँदरको भेलामा
तार्किक हिसाब हेरे
अनि गान्धीजीका सत्यबादी तीन बाँदरहरूले पनि
केवल आफ्नो स्वार्थमात्र हेरे
आफ्नै स्वार्थमात्र हेरेI
रचना मई २००४
गाङ्तोक,सिक्किम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)