~अर्जुन भट्टराई~
टाल्नु पर्छ चुइने छानो, चाडो आइज भन्छिन आमा ।
संगै खाउला मुठ्ठी मानो, चाडो आईज भन्छिन आमा ।
हात पाखुरा चल्न छाडे, रोगी भै’यो दुबै जाना,,
टोलाई रहन्छ सधै सानो, चाडो आईज भन्छिन आमा ।
बाबा एक्लै बरबराउदै, मुर्छा पर्छन घरी घरी,,
धामी भन्छ गोला गानो, चाडो आईज भन्छिन आमा ।
साहुको ऋण ज्युको त्यु छ , यसपाली नि बैरी लाग्यो,,
भकारीमा छैन दानो , चाडो आईज भन्छिन आमा ।
कुन बुझाउने साहुलाई, कुन राख्ने हो भनी ,,
यही गरौ छीनो फानो, चाडो आईज भन्छिन आमा ।।
– अर्जुन भट्टराई
झापा
south korea