~झलक आचार्य~
साझ बिहान
भाकुर्थ्यो
गाली गर्थ्यो
निचोर्थ्यो
झम्टन्थ्यो
र आफ्नो इच्छा पुरा गर्थ्यो
यस्तो लाग्थ्यो
लोग्ने नभैदिए
एक्लै दश नंग्रा खियाउथे
पसिना बगाउथे
दुर्घटना भनौ
तातो घाममा नसालु रक्सि पिएर
बीच बजारमा आलो रगत छादेर
ऊ बेबारिस मर्यो
मैले
साझ बिहान हिड्नु भएन
ठुला बडाहरु आखा फुकालेर हेर्छन
सहित बिग्रन्छ रे
मेरो शरीरमाथि
कामुक दृस्टीहरु फालेर
थुक निल्दै फोस्रो सहानुभूति पोख्छन
मैले
कसै संग हासेर बोले भने
म बेस्या हुन्छु
कसैको अगाडी अनुहार देखाए भने
म अलछिनी हुन्छु
उनीहरु भन्छन
मैले निर्धक्क हास्नु हुदैन
शिर ठाडो
उठाउनु हुदैन
सभा समारोहहरुमा
पाइला टेक्नु हुदैन
अझै उनीहरु अर्ति दीन्छ्न
मैले
जोगिएर हिड्नु पर्छ
म स्वास्नी मान्छे
स्वास्नी मान्छे जस्तो भएर हिड्नु हुदैन
जब
तातो घाममा नसालु रक्सि पिएर
बीच बजारमा आलो रगत छादेर
ऊ बेबारिस मर्यो
मेरा चुराहरु फुटेका छन्
र नाडीहरु खाली भएका छन्
मेरो सिन्दुर पुछिएको छ
र सिउदो उजाड भएको छ
त्यसैले
यतिखेर म
पुरानो खिया लागीसकेको पिंजडा भित्र
छोपिएको छु
धर्म परम्परा सस्कार
र समाज
एउटा गतिलो काडेतारमा बेरिएको छु
ए,मेरा प्रियजनहरू
म यहि पिंजडाको फलामे ढोका
भत्काउने कोशिसमा छु
यी काडेतारहरु चुडाउन
मुठ्ठी कसिरहेछु
के तपाईहरु पत्याउनु हुन्छ?
म आधा मरिसकेको
अर्थात
र आधा बाचिरहेको
स्वास्नी मान्छे हु
Ma falame dhoka vatkaune kosis ma chhu……Damdarrrr chha jhalak ji.