~अपर्णा पोखरेल~
समालोचना कहाँबाट सुरु भयो र साहित्यमा के के कुरो नभई हुँदैन, कुन कुन विद्वानले यस बारेमा चिन्तन गरे भन्ने कुराको ऐतिहासिक समीक्षा गर्ने प्रयास यस लेखमा छ । समालोचनाको पहिलो बिउ रोप्ने काम इ.पू. पाचौँ शताब्दीमा गि्रसका नाटककार एरिस्टोफेनिस -इ.पू.४४६-३८६) को ‘द प|mग्स’ -इ.पू.४०५) भन्ने नाटकबाट भएको देखिन्छ । गि्रसका नाटककार एरिस्टोफेनिस सुखान्त नाटक लेख्थे । उनले आफू भन्दा अघिका दुइटा गि्रसका दुखान्त नाटककार एस्किलस -इ.पू.५२५-४५५) र युरिपाइडिज -इ.पू.४८०-४०६) लाई आफ्नो नाटकमा पात्र बनाएका छन् र ती दुइटा नाटककारहरूको शैलीको तुलना गरेका छन् । युरिपाइडिज साहित्यमा यथार्थता हुनु पर्छ भन्छन् । वास्तविक जीवनको चित्रण साहित्यमा जति गर्यो, त्यति नै साहित्यको स्वाभाविक र सबल पक्ष हो भन्ने कुरो युरिपाइडिजको छ भने साहित्यमा यथार्थता होइन नैतिकता हुनु पर्छ भन्ने कुरो एस्किलसको छ । हामीले के के गर्नु पर्छ, गर्नु हुन्छ वा गर्नु हुँदैन भन्नेे नैतिकता र शिक्षा वा उपदेश साहित्यबाट मिल्नु पर्छ भन्ने भनाइ एस्किलसको देखिन्छ ।
साहित्यमा यथार्थता हुनु पर्छ कि नैतिकता वा शिक्षा हुनु पर्छ भन्ने दुइटा पक्षमा विवाद छ भन्ने कुरो एरिस्टोफेनिसले ‘द प|mग्स’ -भ्यागुताहरू) भन्ने नाटकमा देखाएका छन् । साहित्यको इतिहासदेखि आज सम्म पनि समालोचना गर्दा साहित्यमा यथार्थता महत्वपूर्ण हो कि नैतिकता महत्वपूर्ण हो भन्ने विवाद नै चलिरहेको छ ।
प्लेटो -इ.पू.४२७ -३४७) लेे उनको ‘रिपब्लिक’ भन्ने पुस्तकमा निम्न कुराहरू लेखेका छन् :
१. साहित्यमा यथार्थता हुँदैन,
२. गणतन्त्रमा कविले आदर्श समाजलाई कुनै प्रकारको शिक्षा दिन सक्तैन,
३. नैतिकतामा कवि कमजोर हुन्छ,
४. साहित्य काम लाग्ने चिज होइन र साहित्यले न त नैतिकता दिन्छ न त यथार्थता नै देखाउँछ । यसकारण आदर्श समाजको स्थापना कविले गर्न सक्तैन । त्यसैले साहित्यको उपयोगितै छैन । -प्लेटोले साहित्य माथि आलोचना गरेका छन् ।)
एरिस्टोफेनिसले नै उठाएका दुइटा कुरा यथार्थता र नैतिकता साहित्यमा हुँदैन भनेर प्लेटोले साहित्य आदर्श समाजका लागि अनावश्यक छ भनेका छन् ।
प्लेटो पछि उनका चेला एरिस्टोटल -इ.पू ३८४-३२२) ले साहित्यलाई उत्थान गरे । एरिस्टोटलले उनका गुरु प्लेटोले साहित्य माथि लगाएकोे आक्षेपको जवाफ दिए । एरिस्टोटलले ‘काव्यशास्त्र’ -इ.पू ३३५) मा अनुकरण सिद्धान्त लेखे । उनको अनुकरण सिद्धान्तमा अनुकरण भनेको कलात्मक नक्कल मात्र हो, कलामा जस्ताको तस्तै उद्धरण गर्न सकिँदैन, कविले कविताको रचना गर्दा कलात्मक प्रस्तुति गर्छ भनी उनले भनेका छन् । प्लेटोले कलालाई नक्कलको नक्कल मात्र हो भनेका थिए । कविले कलात्मक प्रस्तुति गर्छ वा कलात्मक अभिव्यक्ति साहित्यमा हुन्छ, वस्तु जस्तो छ त्यसलाई जस्ताको तस्तै रूपमा त राख्नै सकिँदैन, कविले कलात्मक नक्कल मात्र गर्छ । एरिस्टोफेनिसले उठाएका तिनै दुइटा कुरालाई एरिस्टोटलले के भने भने, वास्तवमा कलात्मकताका माध्यमले शिक्षालाई प्रभाव पार्न सकिन्छ र कलात्मकता भन्दा रूखो पाराले भन्ने हो भने साहित्य राम्रो नै हुँदैन । नैतिकताको दृष्टिमा पनि एरिस्टोटलको धारणा यस्तो रहृयो ः दुखान्त नाटकमा वा महाकाव्यमा एउटा नायक पात्र हुन्छ, ऊ प्रति हामी माया राख्छौँ, करुणा दिन्छौँ, त्यस्तै अर्को एउटा पात्र हुन्छ वा खलनायक हुन्छ, त्यसले डरलाई जगाउँछ, नाटकमा अन्तर्द्वन्द्व हुन्छ, नाटकले मानव मन भित्रको डर र करुणालाई जगाएर विरेचन गर्छ, साहित्यले विरेचन गर्छ । यसरी एरिस्टोटलले मन भित्र भएको मानसिक कमजोरीलाई सहित्यले हटाउँछ र विरेचन गर्छ भने । यो सिद्धान्त उनको साहित्यले नैतिकता दिन्छ भन्ने भनाइमा पर्छ । एरिस्टोटलले साहित्यमा कलात्मकता हुन्छ, सौन्दर्य पक्ष हुन्छ र साहित्यले आनन्द दिन्छ भने ।
एरिस्टोटल सम्म आइपुग्दा साहित्यमा यथार्थ, नैतिकता, कलात्मकता र सौन्दर्य आयो ।
रोमन साहित्यकार होरेस -इ.पू. ६५-८) ले उनको ‘आर्टपोएटिका’ -इ.पू. १८) भन्ने समालोचना ग्रन्थमा दुइटा कुरा भने । साहित्यमा नैतिकता हुन्छ -यो नयाँ नभई परम्परा देखि नै आएको कुरा हो) र साहित्यमा उपयोगिता हुनु पर्छ -होरेसले थपेको कुरो) भनेका छन् । होरेसले साहित्यमा आनन्द र सौन्दर्यको कुरो पनि गरेका छन् । त्यस्तै सिसिरो -इ.पू. १०६-४३) र क्विटिलियन -इ. ३५-१००) ले साहित्यमा नैतिकता र शिक्षा हुनु पर्छ भनेका छन् -यो पनि परम्पराबाटै आएको हो) ।
तेस्रो शताब्दीका समालोचक लन्जाइनस -इ. प्रथम अथवा तेस्रो शताब्दी) ले कलात्मक र उदात्तता विषयमा ‘अन द सब्लाइम’ निबन्ध लेखे । उनले साहित्यका हरेक पक्ष -शब्द, वाक्य, भाव, नायक आदि) मा उदात्तता -उत्कृष्टता) हुनु पर्छ भनेका छन् । उत्कृष्टता भनेको पनि कला नै हो । साहित्यमा गहिरो आनन्द प्राप्त हुनु पर्छ । पूर्वीय साहित्यमा क्षेमेन्द्रले औचित्य सम्प्रदाय भने झैँ यिनले उत्कृष्टतालाई प्राथमिकता दिएको देखिन्छ ।
यसरी गि्रस र रोमको परिष्कारवादी साहित्यमा उदात्तता, कलात्मकता, नैतिकता, आनन्द, सौन्दर्य, शिक्षा, यथार्थताले आफ्नो स्थान ओगट्न पुग्यो ।
युरोपमा मध्य कालदेखि पुनर्जागरण कालमा प्राचीन गि्रस र रोमकै परम्परा चल्यो । नैतिकता, यथार्थता र सौन्दर्यले नै साहित्यमा अग्रता कायम गरी रहृयो । पुनर्जागरण कालमा आएर चाहिँ पाठकलाई प्रभाव पार्ने कलामा लाक्षणिकता थपियो ।
तेह्रौँ/चौधौँ शताब्दीका दाँते -इ. १२६५-१३२१) र बोकासियो -इ. १३१३-१३७५) का कृतिमा बौद्धिकता, कलात्मकता, नैतिकता देखियो । पन्धौँ शताब्दीमा युरोपमा पुनर्जागरणकाल आयो जहाँ फेरि एरिस्टोटलकै प्रभाव पर्यो । साहित्यमा शिक्षा र नैतिकतालाई भन्दा कलात्मक अभिव्यञ्जना र कलात्मक अभिव्यक्तिलाई जोड दिइयो । अठारौँ शताव्दीमा आए पछि साहित्यमा सिसेरो -इ.पू. १०६-४३) र क्विन्टिलियन -इ. ३५-१००) को प्रभाव परेको देखिन्छ ।
पुनर्जागरण कालमै सोह्रौँ शताब्दीमा सिडनी -इ. १५५४-१५८६) ले ‘काव्यको पक्षमा’ भन्ने रचनामा काव्य ऐतिहासिक वा दार्शनिक नभई -यथार्थता महत्वपूर्ण कुरो होइन) लाक्षणिक, आलङ्कारिक र कलात्मक हुनु पर्छ भनेका छन् । उनले कविले आपmनै आदर्श लोक बनाउँछ र कलामा उदात्त -राम्रो) वा आदर्श बेहोरा भएका नायक र नायिकाहरू भित्र भएका राम्रा कुरा सिक भन्ने खालको शिक्षा दिन्छ भनेका छन् ।
अठारौँ शताव्दीको प्रारम्भमा अलेक्जेण्डर पोप -इ. १६८८-१७४४) ले प्रकृतिलाई महत्व दिए । प्रकृति भनेको यथार्थता वा स्वभाव हो । भौतिक प्रकृतिले काव्यमा उचाइ दिन्छ । मानवीय प्रकृति वा परम्परादेखि आएका विधा, विधाको प्रकृतिको सही चित्रण काव्यमा हुनु पर्छ भन्ने उनको भनाइ रहृयो ।
अठारौँ शताब्दीका डा. जोन्सन -इ. १७०९-१७८४) ले ‘सेक्सपियरका नाटकहरू’ सम्पादन गरे । त्यसको भूमिकामा उनले कथा, नाटक, कविता जस्ता साहित्यिक कृतिमा समाजमा भएका बहुसङ्ख्यक पात्र आदर्श स्वभाव भएको पात्र हुनु पर्छ भने । उनका अनुसार नाटक वा कथामा यथार्थ पात्र पढे पछि पात्रले पनि र पाठकले पनि के अनुभव गर्छ भने पात्रले बोले झैँ बोल्नु पर्छ, वास्तविक जीवनमा पनि म यस्तै हुनु पर्छ भन्छ । जोन्सनले कला वा काव्यमा वर्णन गरिएको चरित्र वा पात्र समाजमा बहुसङख्यकको प्रतिनिधित्व गर्ने स्वभावको हुनु पर्छ भने ।
अठारौँ शताब्दीको उत्तरार्धमा साहित्यमा रुसो -इ. १७१२-१७७८) को धेरै ठूलो प्रभाव छ । स्वच्छन्दतावादीहरूलाई प्रभाव पार्ने काम रुसोले गरे । /mसोका विचारमा :
१. साहित्यमा मान्छेका भावनाहरूको अभिव्यक्तिमा हुनु पर्छ ।
२. साहित्यमा कुनै प्रकारको बन्धन हुनु हुँदैन ।
काव्यमा व्यक्तिगत अनुभवहरू व्यक्त गर्नु पर्छ भन्ने दार्शनिकहरू कान्ट, स्लेगल, सेलिङ र गेटेले स्वच्छन्दतावादमा प्रभाव पारे । माथिका दार्शनिकहरूको प्रभावमा इ. १७९८ मा कलरिज -इ. १७७२-१८३४) र वर्डस्वस्र्थ -इ. १७७०-१८५०) ले ‘द लिरिकल ब्यालेड’ लेखे । त्यसमा उनीहरूले स्वच्छन्दतावादका बारेमा प्रकाश पारे । त्यस किताबको भूमिकामा उनीहरूले बेग्लाबेग्लै ६ ओटा कुरा भने :
१. भावनाहरूलाई महत्व दिने,
२. मायालाई, कल्पना र आनन्दलाई यथार्थतालाई भन्दा बढी महत्व दिने,
३. प्रकृतिमा पनि आत्मा हुन्छ । प्राकृतिक उदात्ततामा जोड दिने,
४. प्रकृतिमा नै व्यक्ति र प्रकृति र व्यक्ति र समाजमा जुन असामान्जस्य वा बेमेल हुन्छ त्यसलाई प्रकृतिले नै समन्वय गर्छ ,
५. सबै उत्कृष्ट काव्य भनेको शक्तिशाली भावनाहरूको स्वच्छन्द वा छताछुल्ल आफूखुसी उच्छलन हो र
६. कविको लक्ष्य भनेको तात्कालिक आनन्द दिनु हो । काव्यमा सारा विश्व व्रम्हाण्ड वा वस्तुजगतमा देखिएको जुन ईश्वरीय सृजना हुन्छ त्यस्तो सृजना कविहरूमा हुन्छ ।
अठारौँ शताब्दीको आधातिर इमर्सन -इ. १८०३-१८८२) ले ‘पोयट’ भन्ने रचनामा कविले प्रतीक वा सङ्केतको एउटा होइन अनेक अर्थ हुन्छन् र कवि तथा साहित्यकारले एउटा कुरो लेख्छ, त्यसबाट अनेक अर्थ लगाउन सकिन्छ भन्ने धारणा व्यक्त गरे । एडगर एलेन पो (इ. १८०९-१८४९) ले कविता भित्र सौन्दर्य तत्वलाई प्राथमिकता दिएको देखिन्छ -यो परम्परादेखि नै चली आएको कुरो हो) ।
म्ाार्गरेट फुलर (इ. १८१०-१८५०) ले समालोचना आत्मपरक, वस्तुपरक र व्यापक गरी तिन किसिमका हुन्छन् भनी व्याख्या गरेकी छिन् । आत्मपरक समालोचनामा समालोचकले एउटा रचना लिन्छ र आफूलाई मन लागेको कुरो लेख्छ । आत्मपरक समालोचना प्रभावपरक हुन्छ । कुनै कृति पढ्दा पाठक जसरी प्रभावित हुन्छ त्यसरी नै गरिएको समालोचना प्रभावपरक समालोचना हुन्छ । लेखकको जीवनी र उसका अरू कृति आदि पढेर लेखकको जीवनमा यस्तो रहेछ भनेर गरिने समालोचना जीवनीपरक समालोचना हो । उनका विचारमा साहित्य वा रचनाको सिद्धान्तका आधारमा कुनै रचनामा के छ के छैन भनेर गरिने समालोचना व्यापक समालोचना हो ।
एमिल जोला -इ. १८४०-१९०२) ले ‘प्रयोगवादी उपन्यास’ -इ.१८८०) भन्ने विषयमा किताब लेखे जुन प्रतीकवादी रचना हो । उनले सो किताबमा समाजमा भएका राम्रा होइन नराम्रा कुराहरूका विश्लेषण गरे ।
माथ्यु आर्नल्ड -इ. १८२२-१८८८) को प्रभाव विश्वमा बढी परेको देखिन्छ । ‘कविताको अध्ययन’ पुस्तकमा मूल्यका आधारमा साहित्य कृतिको समीक्षा गर्नु पर्छ भन्ने कुरा सर्वप्रथम उनले गरे । आर्नल्डले समालोचना व्यक्तिगत -जीवनीपरक), ऐतिहासिक र यथार्थताका आधारमा गरी तिन किसिमका हुन्छन् भनेका छन् । यिनले कुनै पनि समालोचक निरपेक्ष भएर कुनै कृतिको समालोचना गर्यो भने पनि त्यसमा उसकै आफ्नो संस्कृतिको गहिरो प्रभाव परेको हुन्छ, त्यसैले संास्कृतिक कुराको विश्लेषण आवश्यक हुन्छस जीवन हेरेर कविताको विश्लेषण गर्ने होइन त्यसको उल्टो कविता साहित्य आदि हेरेर उसको वास्तविक जीवनमा के रहेछ भनेर त्यसबाट केलाएर उसको जीवनको विश्लेषण गर्न सकिन्छस साहित्यिक यथार्थता हेरेर जीवनको खोजी गर्न सकिन्छस बेग्लाबेग्लै परम्पराको राम्रोसँग अध्ययन र अनुसन्धान गरेर मात्र एउटा समालोचकले यो रचना उत्कृष्ट हो भनेर भन्न सक्छ र समालोचकमा कसको रचनाको समालोचना गर्ने हो, त्यस रचनाकारको संास्कृतिक ज्ञान हुनु पर्छ भन्ने आर्नल्डको भनाइ छ ।
उन्नाइसौँैँ शताब्दीको अन्त्यतिर अनातोले प|mान्स -इ. १८४४-१९२४) ले ‘जीवनका रचना’ भन्ने कृतिमा एउटा असल समालोचकले आफू भन्दा अगाडिका कुनै पनि विधाका उत्कृष्ट उत्कृष्ट रचना हेरेर यो विधामा यस्तो यस्तो लक्षण हुनु पर्छ भनेर समालोचना गर्नु पर्छ भनेका छन् ।
अस्कारवाइल्ड -इ. १८५४-१९००) ले हरेक साहित्यकारमा आफू खुसी स्वतन्त्र लेख्ने साहित्य शैली हुन्छ भनेका छन् । वास्तवमा कलाले जीवनको नक्कल गर्छ भन्ने कुरा एकातिर छ भने कलाको नक्कल जीवनले गर्छ भन्ने भनाइ उनको रहेको छ ।
बिसौँ शताब्दीमा आइपुग्दा त्यस भन्दा अगाडि सम्मको साहित्यिक धाराले परिवर्तन लियो । इ. १९१४ मा रुसी साहित्य सर्वप्रथम रसियाली रूपवादमा आई पुग्यो । साहित्यिकताको परिभाषा खोजियोे । भिक्टर स्लोभ्स्की -इ. १८९३-१९८४) ले पाठपरक, भाषापरक, कृतिपरक समालोचना गरे र संरचनाको अध्ययन गरे । उनले कथावस्तु, जस्ता संरचनामा आख्यानलाई हेर्ने दृष्टिकोणको, प्रतीकवादी विम्बहरूको, कलाको प्रविधिहरूको र भाषिक आधारमा कृतिहरूको गहिरोसँग अध्ययन गरे । यस किसिमको समालोचना चाहिँ भाषा वैज्ञानिक समालोचना हो ।
टि.एस.इलिएट -इ. १८८८-१९६५) को समालोचना रसियाली रूपवाद भन्दा अलि फरक किसिमको छ । टि.एस.इलिएटले वस्तुगत समीकरण वा सहसम्बन्धको कुरो गरेका छन् । कविले कविता रचना गर्नलाई विभिन्न ठाउँहरूबाट विम्ब ल्याउँछ र ती विम्बहरूलाई टल्काएर वस्तुगत समीकरण गर्छ । कलाकार तटस्थ हुनु पर्छ । इलियटका विचारमा पानी र सल्फर डायक्साइडको प्रतिक्रियामा प्लेटिनमले जसरी तटस्थ भूमिका लिन्छ, त्यस्तै कवि वा कलाकार तटस्थ हुनु पर्छ । कुनै पनि व्यक्तिको प्रतिभाको मूल्याङ्कन परम्पराका आधारमा हुनु पर्छ भन्ने भनाइ टि.एस.इलिएटको रहृयो ।
भाषा वैज्ञानिक समालोचनाको सुरुवात रसियाली रूपवादबाट आयो । यस पछि संरचनावाद र नवसंरचनावाद आयो । रोलाँ बाख्त -इ. १९१५-१९८०) ले कुनै पनि लेख वा कृति लेखी सके पछि लेखक मर्छ भन्ने धारणा अघि सारे । उनले यो नै लेखेको हो भन्ने अधिकार लेख लेखे पछि स्वयं लेखकको पनि हुँदैन भनेका छन् ।
संस्कृतिको संरचनाको खोजी लेवी ट्रस र रोलाँ बाख्तले गरे । साहित्यिक रचनाहरूमा भएका प्रतीक संकेत र बिम्बहरूको पारस्परिक सम्बन्ध, पारस्परिक तुलना र व्यतिरेकबाट बिम्बहरू ल्याएर जोडेर तुलना र विश्लेषण गरेर संरचनाको विश्लेषण गर्न सकिन्छ भन्ने भनाइ ट्रसको रहृयो । समाज, संस्कृति र भाषा ट्रसको समालोचनामा विश्लेषणका आधार थिए ।
/mसी समालोचक रोमन याकोब्सन -इ. १८९६-१९८२) र चेेक समालोचक रेनेवेलेक अमेरिका गए पछि नवसमालोचनाको जन्म भयो । उनीहरूले रूपक, बिम्ब, ऐतिहासिक स्वरूप र भाषाको साहित्यिक कृतिमा विश्लेषण हुनु पर्छ भने । यी चार ओटा कुराहरू मध्ये रूपक र बिम्बका आधारमा गरिने समालोचना भाषा वैज्ञानिक समालोचना हो ।
इ.१९४६ मा औरबाख भन्ने समालोचकको साहित्यमा ठूलो प्रभाव छ । उनले कुनै पाठको विश्लेषण गर्दा ऐतिहासिक परम्पराका आधारमा र सैद्धान्तिक समालोचनाको परम्पराको तुलना गरेर त्यो कृति कहाँ नेर पर्छ भनी समालोचना गर्नु पर्छ भनेका छन् ।
सुजान ल्याङ्गरको -इ. १८९५-१९८५) विचार रस सिद्धान्तसँग मिल्छ । कला र साहित्यले विश्लेषण वा चित्रण गरिएका जुन सार पूर्ण वा अर्थ पूर्ण भावनाहरू हुन् ती संसारभरमा निश्चित हुन्छन् भन्ने कुरो पूर्वीय साहित्यकेा रस सिद्धान्तसँग मिल्छ ।
क्यानाडाका समालोचक, पुराकथात्मक समालोचनाका प्रणेता नर्थप प|mाई -इ. १९१२-१९९१) संसारभरका साहित्यहरूमा समानता हुन्छ भन्छन् । मिथ अथवा मिथलोजिकल क्रिटिसिज्म अथवा पुराकथात्मक समालोचकले विश्वव्यापक पुराकथाहरूका आधारमा संसारभरिका समालोचना मिल्छन् भनेका छन् । प|mाईका विचारमा विश्व व्यापक पुराकथा तथा दन्त्यकथाहरूको आधारमा कुनै पनि ठाउँको साहित्य बन्छ । युङ -इ. १८७५-१९६१) को मनोवैज्ञानिक सिद्धान्तको प्रभाव नर्थप प|mाईमा पाइन्छ ।
ग्यादमर र फुको -इ. १९२६-१९८४) ले कुनै पनि साहित्यिक कृतिको अर्थ त लेखक अनुसार होइन पाठक अनुसार हुन्छ भनेका छन् । उनीहरूले पाठकले जे अर्थ लगायो त्यही अर्थ हुन्छ भन्ने पाठकपरक समालोचना बनाए । फुकोले पाश्चात्य समालोचना भनेको खाली शक्तिको आधारमा बनेको समालोचना हो भनेका छन् । उनका समालोचनामा उनले शक्तिको विश्लेषण गरेका छन् । उनले विश्वमा पाश्चात्य साहित्यको शक्तिका कारण अन्य देशका कृतिमा कतिको थिचोमिचो भई रहेको छ भन्ने चर्चा गरे । औपनिवेशिक समालोचना फुकोबाट सुरु भयो ।
साहित्यमा माक्र्स -इ. १८१८-१८८३), नित्से -इ. १८४४-१९००) र प|mायड -इ. १८५६-१९३९) को विचारको प्रभाव परेको देखिन्छ । माक्र्सको प्रभाव वाल्टर वेन्जामिन, रेमण्ड विलियम्समा परेको पाइन्छ । नारीवादी समालोचना भर्जिनिया उल्फ -इ. १८८२-१९४१) का उपन्यासमा पाइने नारीवादी चेतबाट प्रभावित समालोचना हो । नारीवादी समालोचनामा पनि माक्र्सको प्रभाव छ ।
हिजो आज साहित्यिक समालोचना गर्दा साहित्यिक कृतिमा बाहिर देख्ता एक थोक भए पनि भित्र अन्य के के कुरा लुकेको छ, त्यस्तो कुराको खोजी हुन्छ ।
सायमन द ब्यो -इ. १९०८-१९८६) ले गोरा जाति होइन काला पश्चिमाहरूको पक्षमा साहित्यिक समालोचना गरे । कसरी गोरा जातिले साहित्यका माध्यमबाट काला जातिलाई अन्याय गरी रहेका छन्, उनका समालोचनामा त्यस कुराको खोजी हुन्छ ।
ज्याक डेरिडा -इ. १९३०-२००४) मा नित्सेको प्रभाव छ । फुकोले साहित्यको अविश्वास गरेका थिए भने डेरिडाले साहित्यमा सबै कुरोको अविश्वास गरे । ईश्वरकै अविश्वास नित्सेमा थियो । विनिर्माणवादका प्रणेता डेरिडा कुनै पनि कृतिको यही अर्थ हो भन्नु हुँदैन भन्दछन् । एउटा कृति भित्र अनेक अर्थहरू आउन सक्छन् । अर्थ भित्र तथ्य हराएकाले कुनै पाठको धेरै अर्थ लागेपछि सही अर्थ त के हो के हो भन्ने हुन्छ । त्यस्ता थुप्रै अनिश्चितताका बिचमा यही अर्थ सही हो भन्ने ठोकुवा गर्न सम्भव रहँदैन । एउटै रचनाको व्याख्या एउटाले एक किसिमले गर्छ भने अर्कोले अर्कै किसिमले गर्न सक्छ । यसरी एउटै कृतिको थुप्रै अर्थ आउने गरी गरिने कृतिको समीक्षा नै विनिर्माणवाद हो । विनिर्माणवादीहरूले कृतिको विश्लेषण गर्दा यो हो कि त्यो हो भन्ने अनिश्चितताहरूको खोजी गर्छन्, विसङ्गति र विरोधाभासहरूको खोजी गर्छन् । उत्तरआधुनिकतावादी समालोचना अर्थको अनिश्चितता भन्ने कुरामा टुंगिन्छ ।
एरिस्टोफेनिसबाट सुरु भएको समालोचनामा यथार्थता, नैतिकता, आदि कुराहरू साहित्यमा हुनु पर्छ भन्ने विभिन्न समालोचकका भिन्दा भिन्दै मान्यताहरू राखेको देखिन्छ । पुनर्जागरणकाल पछि विभिन्न वाद प्रतिवादका माध्यमद्वारा समालोचनाहरू गरिए । साहित्यमा आदर्श, यथार्थता आदि कुराहरूमा आधुनिकतावाद सम्म विवाद नै रहेको देखिन्छ ।
संस्कृतको अध्ययन पाश्चात्य जगतले गरे पछि भाषा विज्ञानको जन्म भयो । उत्तर आधुनिकतामा आएर कथा, कविता नाटकहरूको केन्द्र भताभुङ्ग भयो । एरिस्टोटलले काव्यमा के के भयो भने कथा, कविता, नाटक बन्छ भन्ने सिद्धान्त बनाएका थिए । ती सबै सिद्धान्त विनिर्माणवादमा आएर भत्किए । विनिर्माणवादमा कथा भित्र कविता, नाटक, समालोचना सबै भित्रिए । यसरी आज आएर साहित्यमा कुन कुन कुरो आवश्यक छ भन्ने अन्योल थपिएको छ ।
सन्दर्भ सूची
- त्रिपाठी, वासुदेव, -२०३०), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, पहिलो भाग प्रथम संस्करण, साझा प्रकाशन, काठमाडौँ ।
- Abrams, M.H., A Glossary of Literary Terms, Prism Books Pvt. Ltd, Bangalore, India
- Adams, Hazard, (2000), Critical Theory since Plato, Harcourt Brace Jovanovich Publisher.
- Britannica 2009, students’ edition
- en.wikipedia.org/wiki/……
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )