~रन्जु ‘मार्ग’~
+सुर्य भन्दापनि धेरै माथि के छ ?
-ताराहरु |
+ सुर्य भन्दापनि धेरै ठुला के छन् ?
– ताराहरु |
+के उनीहरुले धर्ती देखेका छन् ?
-छन् |
+धर्ती के हो ?
-जीवहरुको अस्तित्व ,माया र प्रेमको मुहान ,समर्पण र त्यागको पहाड |
+ यदि ताराहरु यो धर्तिमा झरे भने ?
– जन्मिन सक्दैन जीवहरु ,बाँच्न सक्दैनन प्राणहरु |
+ यो धर्तिलाई जोगाउन के गर्नु पर्छ ?
-ताराहरु झर्नु हुदैन ,मान्छेहरु नै तारा बन्नु पर्छ |
+कसरी ?
-आफ्ना शत्रुहरुलाई प्रेम गरेर !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)