~दिपक घर्ति मगर~
भुल्न गाह्रो हुदैछ ति बितेका पलहरु..
कस्तो दियौं बैगुनी नबिर्सने छलहरु.
हावा अनि हुरिले हल्लायो जता ततै..
मर्नै लाग्यो बिरुवा पाको छैन मलहरु.
जस्लाइ बिश्वास गरे उसैले घात गरि..
अहिले म पाउदैछु तीमि बाट कलहरु.
जति हास्नु छ खुशी भै रमाइ बस्नु ..
म बगाउनेछु यादमा आशुका भलहरु.
मलाई जस्तो धोका नदेउ ल उसलाई..
सँघर्ष गरि जोडीलाई बनाउ है हलहरु.
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
जिन्दगिमा भोगेको कुरा हरु त कति छ कति