छोक : चुनाउ

~प्रभा भट्टराई~prabha-bhattarai

यो धरा धामको यात्रा, यात्री भैकन आइयो
यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो
उकाली जिन्दगीका यी सजिलै पार लयियो
हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो ।

डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस
कतै तीता कतै मीठा मिसिए बिष-अमृत
हाँसो-रोदनको नौलो अनौठो घोल जिन्दगी
शिलबन्दी चिठी राख्ने अनौठो खोल जिन्दगी ।

पाना पल्टाउँदै जाँदा जिन्दगीका फटाफट
आफु आँफै नभै अर्कै कोही नौलो अनगत
कतै नफा, कतै घाटा गुणा-भगा सरोबर
हिसाब जिन्दगीको यो कतै मिल्दैन उत्तर ।

घडीको सुइले आँफै धकेल्दैछ निरन्तर
छेकी समयको बाटो कोही अड्दैन आखिर
कोही बाराफझै ढुक्कै होलान् जम्नेहरु यहाँ
मेरो त जिन्दगी खोलो पानी भै बगिदिन्छु म।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.