~जय सिंह महरा~
पूर्ण चन्द्र उज्योमा बितेका, रातहरु याद आए !
चखेवाजोडी भएका हाम्रा साथहरु याद आए !!
कल्पना त कति कति, कति कसम पनि !
सातै जुनी सँगै जीउने बाचाहरु याद आए !!
सिरेटोले पोल्दा मुटु, पर्दा ज्यानमा पानी !
त्यो बेलामा न्यानो दिने तिम्रा हातहरु याद आए !!
कुरकुरे बैँश बखत, माया प्रिती हाम्रो !
तप्प चुहिन नसकेका मातहरु याद आए !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)